Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

हाम्रो दुहवी र राम्रो दुहवी बनाउन सक्ने मेयरका उम्मेदवार– विनय पोखरेल

2017 Jun 17 6:48 AM 38

विज्ञापन

Birat Cancer Hospital
हाम्रो दुहवी  र राम्रो दुहवी बनाउन सक्ने मेयरका उम्मेदवार– विनय पोखरेल
रोशन वेन्गानी! विराटनगर दुहवी नगरपालिकामा नेकपा एमाले नगरकमीटीले चुनावी अभियानलाई सशक्त बनाएको छ । नेकपा एमाले सुनसरीले दुहवी नगरपालिकामा विनय पोखरेललाई नगरको मेयर पदमा उम्मेदवार  खडा गरी दुहवी नगरकमीटी अभियानलाई अझ सशक्त बनाएको हो । तनमुना स्थायी घर भएका ६५ वर्षिय विनय पोखरेलले दुहवी नगरपालिकालाई सबैको साझा नगरका रुपमा विकास गर्ने सहित दीर्घकालिन र अल्पकालिन ५ वर्षे योजना अघि सारेका छन् । ४ वर्ष भित्र योजनाहरु पुरा गरि ५ औ वर्षमा ति योजनाहरुको समिक्षा गरिने निकटम सुत्रवाट जानकारी प्राप्त भएको छ l  विराटनगर महानगरपालिका र इटहरी उपमहानगरपालिकालाई जोड्ने काम हाम्रो दुहवी नगरपालिकाले गर्ने हुदां यसलाई योजनाबद्ध कार्ययोजना बनाउन सके मात्र दुहवी  नगरपालिकाको बिकास हुने कुरामा उम्मेदवार पोखरेल ढुक्क छन् र आफु संग त्यस्तो भिजन, मिसन र कार्ययोजना सहितको खांका रहेको र आफु त्यो मिसन पुरा गर्न दृढ भएर लागि पर्ने प्रण पनि उम्मेदवार पोखरेल गर्छन l दुहवी नगरपालिका भित्र हुने बिभिन्न सामाजिक र राजनीतिक गतिबिधिमा पोखरेल सक्रिय छन् । मेरो उम्मेदवारी भनेको समग्र दुहवी नगरको विकास यहाँका जनताको चाहना अनुसार हुनेछ यहाँको मुख्य समस्या भनेको सडक, ढल खानेपानी जस्ता विकासका पूर्वाधारहरु पनि हुन् । २० वर्षसम्म जनप्रतिनिधी नभएको अवस्थामा स्थानीय जनताले सोचे जस्तो विकासका पूर्वाधार पाउन सकेका छैनन् । यसका लागि मैले ५ वर्षका लागि दीर्घकालीन र अल्पकालिन योजना बनाई त्यस योजनालाई साकार पार्न अहोरात्र  खटी हाम्रो नगर राम्रो नगर बनाउने संकल्प गरेको छु भनि लागि परेका मेयर पोख्रेल, पार्टीको निणर्य र स्थानिय जनताका माग अनुसार नै अब दुहवी नगरपालिकामा घुम्ति शौचालय, पार्क, लक्षित वर्ग दलित र सुकुम्वासीहरुका लागि एकिकृत वस्ती निर्माण, नगर भित्र पछाडी पारिएका मुसहर, डुम लगायतका विपन्न वर्गका लागि रोजगारीमुलक सिप र दक्षताका आधारमा काम, व्यस्त वजारमा तत्कालै आकासे पुल बनाउने योजनाहरुको अवलम्वन गर्ने, विशाल औद्योगिक तथा व्यापारिक प्रर्दशनी स्थल निर्माण लगायत शहरी योजना बनाएर दिगो शहरी विकास, अस्पताल र स्पोर्टस् भिलेज निर्माण गर्ने आफनो पार्टीको घोषणा पत्रका उल्लेख गरीएको हुनाले सोही अनुसार नै जनता समक्ष जाने प्रतिबद्दता ले नै गर्दा जनताको मेयर हुनेमा उनि विस्वस्त छन् l दुहवी नगरका युवा, बृद्ध लगायत सबैको मानस पटलमा अहिले नेकपा एमाले कै घोषणा पत्रको चर्चा रहेको र विनय पोख्रेल नै हामो दुहवी राम्रो दुहवी बनाउन सक्षम मेयर हुन् भनि दुहवी नगरका युवा सुजितको भनाई रहेको छ l दुहवीमा अहिले चुनावी माहोल तातेको छ सबै पार्टीहरु आफ्नो अजेण्डा लिएर जनता संग घर दैलो गर्दैछन l

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?