Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

उर्लाबारी नगरपालिकामा काँग्रेसका सबै उम्मेदवार घोषणा

2017 Jun 17 4:03 PM 49

विज्ञापन

Birat Cancer Hospital
उर्लाबारी नगरपालिकामा काँग्रेसका सबै उम्मेदवार घोषणा

शंकर दाहाल

बिराटनगर । नेपाली काँग्रेस मोरगंले उर्लाबारी नगरपालिकाको मेयर तथा उपमेयर लगायत ९ वटै वडाका अध्यक्ष सहित सबै सदस्यहरुको नामाबली सहित उम्मेदवारको नाम घोषणा गरेको छ । काँग्रेस उर्लाबारी नगर चुनाव प्रचार प्रसार समितिले एक कार्यक्रमबीच पार्टी महासमिति सदस्य ललित अधिकारीले सबै उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् । जस अनुसार असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा उर्लाबारी नगरपालिकाको मेयरका लागि खड्ग फागो र उपमेयरमा सीता कार्कीको नाम घोषणा गरिएको छ । मेयर पदका उम्मेदवार फागो यस क्षेत्रका सामाजिक व्यक्तित्व हुन् । गरिव तथा विपन्न वर्गका मानिसहरुको उपचारमा सहयोगी भावना प्रकट गर्दै आएका फागो काँग्रेस क्षेत्र नम्बर ९ का क्षेत्रीय सभापति पनि हुन् । उपमेयरकी उम्मेदवार कार्की नेपाल महिला संघको केन्द्रिय सदस्य हुन् । उनी महिला हकहितका विषयमा आवाज उठाउँदै आएकी छन् । महिला राजनीतिबाट सक्रिय थापा मोरङमा प्रभावशाली नेतृका मानिन्छिन् । काँग्रेसले उर्लाबारी – १ नम्बर वडाको अध्यक्षमा गोबिन्द्रप्रसाद भट्टराईलाई उम्मेदवार बनाएको छ । महिला सदस्यमा सीतादेवी थम्सरा लिम्बू, दलित महिला सदस्यमा कृष्णकुमारी रसाईली, खुल्ला सदस्यमा सरन लामा र यामकुमार घिमिरेलाई उम्मेदवार बनाएको छ । यस्तै उर्लाबारी–२ नम्बर वडाको अध्यक्षमा राजन कँडेल,महिला सदस्यमा बानु सुब्बा,दलित महिला सदस्यमा फुलसरी विश्वकर्मा,सदस्यमा मेखबहादुर धिमाल र बाबुराम श्रेष्ठ उम्मेदवार रहेका छन । उर्लाबारी–३ नम्बरको अध्यक्षमा गञ्जबहादुर कार्की,महिला सदस्यमा तुलशा घिमिरे,दलित महिला सदस्यमा सम्झना मोते(महत),सदस्यमा सोमप्रसाद घिमिरेको उम्मेदवार रहेका छन । यसैगरी उर्लाबारी–४ नम्बरको अध्यक्षमा सर्वजीत भण्डारी,महिला सदस्य अरुणा थापा,दलित महिला सदस्यमा सुनिता गहतराज,सदस्यमा चन्द्रजीत फोम्बो र कल्याण राईको उम्मेदवार रहेका छन । उर्लाबारी – ५ नम्बरको अध्यक्षमा भानुभक्त शर्मा पराजुली,महिला सदस्य देवीकला राई,दलित महिला सदस्यमा रामकुमारी विक,सदस्यमा तुलबहादुर थापा (रोहित) र सुकदेव पोद्दारको उम्मेदवार रहेका छन् । उर्लाबारी – ६ नम्बरको अध्यक्षमा चिन्तामणी पौडेल,महिला सदस्यमा दुर्गावती लिम्बू,दलित महिला सदस्यमा सरिता महरा,सदस्यमा सचिन शाक्य र अम्बिका तामाङको उम्मेदवार रहेका छन् । यस्तै, उर्लाबारी – ७ नम्बरको अध्यक्षमा वीरबल थापा,महिला सदस्यमा शोभितमाया तामाङ,दलित महिला सदस्यमा मञ्जु परियार,सदस्यमा छत्रबहादुर कार्की र सन्तोष निरौलाको नाम घोषण गरेको छ । उर्लाबारी – ८ नम्बरको अध्यक्षमा सुरेश अधिकारी,महिला सदस्यमा निर्मला पराजुली,दलित महिला सदस्यमा झरना बर्देवा,सदस्यमा मेदनीप्रसाद चिमरिया र भरतकुमार बस्नेतलाई कांग्रेसले उम्मेदवार बनाएको छ भने उर्लाबारी – ९ नम्बरको अध्यक्षमा समिर तुम्बाहाम्फे,महिला सदस्यमा साबित्रा बस्नेत,दलित महिला सदस्यमा मनमाया दर्जी,सदस्यमा माधवप्रसाद सुबेदी र सदस्यमा रुद्र सुब्बा उम्मेदवार रहेका छन । नेपाली काँग्रेस नगर कार्यबाहक सभापति बाबुराम बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्रिय समितिका सल्लाहकार तेजकुमार रिजालको स्वागत मन्तब्य राखेका थिए । उक्त घोषणा सभामा जिल्ला सदस्य प्रकाश खड्गी,नेपाल महिला केन्द्रिय सदस्य शोभा पाुलुङ्वा,महाधिवेशन प्रतिनिधि भीमलाल गहतराज लगायतको आतिथ्यता रहेको थियो । बाक्लो कार्यकताका उपस्थितीका बीच कार्यक्रमको सञ्चालन काँग्रेस उर्लाबारीका नगर सचिव विष्णु गुरागाईंले गरेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो