Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

युनियनका पत्रकार र काँग्रेस उम्मेदवारबीच अन्तरसम्वादः– ‘विराटनगर सञ्चार क्षेत्रकै हब बन्न सक्छ’

2017 Jun 17 4:07 PM 33

विज्ञापन

Birat Cancer Hospital
युनियनका पत्रकार र काँग्रेस उम्मेदवारबीच अन्तरसम्वादः– ‘विराटनगर सञ्चार क्षेत्रकै हब बन्न सक्छ’

अबिजाल बिष्ट

विराटनगर । नेपाली काँग्रेसबाट विराटनगर महानगरपालिकाका उम्मेदवार भीम पराजुली र उपमेयर उम्मेदवार इन्दु कार्कीले नगरमा सञ्चारक्षेत्रको विकासमा सकारात्मक भूमिका खेल्ने बताउनु भएको छ । नेपाल प्रेस युनियन मोरङसँग भएको अन्तरसम्वाद कार्यक्रममा मेयर पदका उम्मेदवार पराजुलीले एक नम्बर प्रदेशको सम्भावित राजधानीको रुपमा रहेको विराटनगरमा सञ्चार क्षेत्रको विकासमा आफूले सहयोग गर्ने बताउनु भयो । पराजुलीले भन्नुभयो,‘क्षेत्रगत रुपमा हेर्दा विराटनगरले पूर्वकै करिडोरमा सञ्चारको नेतृत्व लिन सक्ने भएकोले यो क्षेत्रमा सञ्चारको विकास जरुरी छ ।’ उहाँले विराटनगर औद्योगिक नगर भएकोले मुर्झाएको उद्योग, कलकारखाना र औद्योगिक विकासमा काँग्रेसले समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनु भयो । उपमेयरकी उम्मेदवार इन्दु कार्कीले महिला हकहित र अधिकार संरक्षणका लागि आफ्नो पहिलो भूमिका हुने बताउँदै काँग्रेसका तर्फबाट आफूले ठूलो समुदायको नेतृत्व गर्ने अवसर पाएको बताउनु भयो । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लिलावल्लभ घिमिरेले अन्य महानगरमा काँग्रेसले भोगेको पराजलयलार्य पाठ मानेर औद्योगिक तथा राजनीतिक सहर विराटनगरमा विजयी हुन जनप्रिय कार्यक्रम लिएर अघि बढ्नु सुझाव दिनुभयो । युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष शेखर रेग्मी र सल्लाहकार अनन्तराज न्यौपानेले विराटनगर बहुसांस्कृतिक सहर भएकोले पनि यहाँ रणनीतिक हिसाबले काँग्रेसले चुनावी अभियानलाई घनीभूत रुपमा अघि बढाउनु पर्ने सुझाव दिनुभयो । प्रेस युनियनका जिल्ला सभापति मिनकुमार नोविदतले मेयर र उपमेयरका उम्मेदवारलाई विजयको लागि शुभकामना दिनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?