Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगर महानगरपालिका ९७ पदका लागि ६ सय ६८ जनाले उम्मेदवारी

2017 Jun 19 10:27 AM 66

विज्ञापन

Birat Cancer Hospital
विराटनगर महानगरपालिका ९७ पदका लागि ६ सय ६८ जनाले उम्मेदवारी

अबिजाल बिष्ट बिराटनगर । असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन विराटनगर तथा जिल्लाका १७ ठाउँमा उम्मेदवारी मनोनयनदर्ता प्रक्रिया आइतबार सम्पन्न भएको छ । विराटनगर महानगरपालिका ९७ पदका लागि ६ सय ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मेयरमा १४, उपमेयरमा ११ र वार्ड अध्यक्ष तथा सदस्यहरुमा ६ सय ४३ जनाको उम्मेदवारी परेको छ । यसै गरी स्वतन्त्र तथा बागी उम्मेदवार समेत उठेका छन् । यसबाट के प्रस्ठ हुन्छ की यस निर्बाचनमा स्वतस्वफुर्त मतदाताहरु ीनर्बाचनमा सहभागि हुने संकेत देखिन्छ र आंकाक्षीहरु प्नि बढी नै देखिन्छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी मनोनयन दर्ता प्रक्रियामा विभिन्न राजनीतिक दलका प्रतिनिधिका अलवा स्वतन्त्र र दलका वागी व्यक्तिहरुको पनि सहभागिता रहेको छ । उम्मेदवारी मनोनयन दर्ताका क्रममा दल तथा स्वतन्त्र उम्मेदवारहरु अत्यन्तै उत्साहका आ–आफ्ना चुनाव चिन्ह, झण्डा, ब्यानरसहित वीरेन्द्रसभागृहमा उपस्थित भएका थिए । उम्मेदवारी मनोनयनदर्ता प्रक्रियामा कुनै बाधाविरोध उत्पन्न नभएकाले उम्मेदवार तथा दलका कार्यकर्ताहरु निकै उत्साही देखिएका थिए । मेयरमा नेपाली काँग्रेसबाट भीम पराजुली, एमालेबाट विनोद ढकाल, संघिय समाजवादी फोरमबाट उमेश यादव, राप्रपाबाट प्रल्हाद शाह, नेकपा मालेबाट लिलो राजवंशी, चुरे भावर एकता पार्टीबाट घनश्याम टण्डन, नेपाल समावेशी पार्टीबाट गोपालप्रसाद गिरीले उम्मेदवारी दर्ता गराएका छन् । यसै गरी स्वतन्त्रबाट मेयरमा राजकुमार कार्की, पुष्पनारायण प्रधान, जगतप्रसाद अज्र्याल, ताराबहादुर तामांग, गणेशराज विष्ट, सन्तोष सरकार, र शिव पराजुलीले उम्मेदवारी दर्ता गराउनु भएको छ । मेयरमा नेकपा एमाले र उपमेयरमा फोरम लोकतान्त्रिकवीच तालमेल भएर उम्मेदवारी दर्ता भएको छ । यस्तै मेयरमा संघिय समाजवादी फोरम र नेकपा माओवादी केन्द्रवीच तालमेल भएर उम्मेदवारी दर्ता भएको छ । उपमेयरमा नेपाली काँग्रेसबाट इन्दिरा कार्की, नेकपा माओवादी केन्द्रका तर्फबाट नमिता न्यौपाने, फोरम लोकतान्त्रिकबाट सुचि चौधरी, नेकपा मालेबाट पाण्डव पासवान र राप्रपाबाट शोभा श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट उपमेयरमा श्यामप्रसाद घिमिरे, उत्तम ढुंगेल, मुन्ना खान, खुशिलाल यादव र कुरवान मियाँ र विनोदकुमार यादवले उम्मेवारी दर्ता गराएका छन् । यस्तै बिराटनगर महानगरपालिकाका सबै वडाहरुमा उम्मेदवारहरुको तथ्यागं यस्तो देखिएको छ । जुन निम्न अनुसार रहेको छ । वार्ड नं. १ बाट वार्ड अध्यक्ष र सदस्य गरि ३३ जना, २ बाट ३५ जना, ३ बाट २३ जना, ४ बाट ३० जना, ५ बाट ३५ जना, ६ बाट ४५ जना, ७ बाट ३२ जना , ८ बाट ४० जना, ९ बाट ४१ जना, १० बाट ३१ जना, ११ बाट ३४ जना, १२ बाट २७ जना, १३ बाट ३२ जना, १४ बाट ४४ जना, १५ बाट ३० जना, १६ बाट ३३ जना, १७ बाट ३६ जना, १८ बाट ३६ र १९ बाट २६ जनाको उम्मेदवारी परेको छ । निर्वाचनमा सहभागी नहुने भन्दै राष्ट्रिय जनता पार्टीले बहिस्कार गरेको छ । निर्वाचनमा अवरोध पुग्ने आशंका सो पार्टीका १४ जना जिल्लास्तरी नेता तथा कार्यकर्तालाई स्थानीय प्रशासनले तीन दिनअघिदेखि पक्राउ गरी हिरासतमा राखेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला