Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगर महानगरपालिका ९७ पदका लागि ६ सय ६८ जनाले उम्मेदवारी

2017 Jun 19 10:27 AM 36

विज्ञापन

Birat Cancer Hospital
विराटनगर महानगरपालिका ९७ पदका लागि ६ सय ६८ जनाले उम्मेदवारी

अबिजाल बिष्ट बिराटनगर । असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन विराटनगर तथा जिल्लाका १७ ठाउँमा उम्मेदवारी मनोनयनदर्ता प्रक्रिया आइतबार सम्पन्न भएको छ । विराटनगर महानगरपालिका ९७ पदका लागि ६ सय ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मेयरमा १४, उपमेयरमा ११ र वार्ड अध्यक्ष तथा सदस्यहरुमा ६ सय ४३ जनाको उम्मेदवारी परेको छ । यसै गरी स्वतन्त्र तथा बागी उम्मेदवार समेत उठेका छन् । यसबाट के प्रस्ठ हुन्छ की यस निर्बाचनमा स्वतस्वफुर्त मतदाताहरु ीनर्बाचनमा सहभागि हुने संकेत देखिन्छ र आंकाक्षीहरु प्नि बढी नै देखिन्छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी मनोनयन दर्ता प्रक्रियामा विभिन्न राजनीतिक दलका प्रतिनिधिका अलवा स्वतन्त्र र दलका वागी व्यक्तिहरुको पनि सहभागिता रहेको छ । उम्मेदवारी मनोनयन दर्ताका क्रममा दल तथा स्वतन्त्र उम्मेदवारहरु अत्यन्तै उत्साहका आ–आफ्ना चुनाव चिन्ह, झण्डा, ब्यानरसहित वीरेन्द्रसभागृहमा उपस्थित भएका थिए । उम्मेदवारी मनोनयनदर्ता प्रक्रियामा कुनै बाधाविरोध उत्पन्न नभएकाले उम्मेदवार तथा दलका कार्यकर्ताहरु निकै उत्साही देखिएका थिए । मेयरमा नेपाली काँग्रेसबाट भीम पराजुली, एमालेबाट विनोद ढकाल, संघिय समाजवादी फोरमबाट उमेश यादव, राप्रपाबाट प्रल्हाद शाह, नेकपा मालेबाट लिलो राजवंशी, चुरे भावर एकता पार्टीबाट घनश्याम टण्डन, नेपाल समावेशी पार्टीबाट गोपालप्रसाद गिरीले उम्मेदवारी दर्ता गराएका छन् । यसै गरी स्वतन्त्रबाट मेयरमा राजकुमार कार्की, पुष्पनारायण प्रधान, जगतप्रसाद अज्र्याल, ताराबहादुर तामांग, गणेशराज विष्ट, सन्तोष सरकार, र शिव पराजुलीले उम्मेदवारी दर्ता गराउनु भएको छ । मेयरमा नेकपा एमाले र उपमेयरमा फोरम लोकतान्त्रिकवीच तालमेल भएर उम्मेदवारी दर्ता भएको छ । यस्तै मेयरमा संघिय समाजवादी फोरम र नेकपा माओवादी केन्द्रवीच तालमेल भएर उम्मेदवारी दर्ता भएको छ । उपमेयरमा नेपाली काँग्रेसबाट इन्दिरा कार्की, नेकपा माओवादी केन्द्रका तर्फबाट नमिता न्यौपाने, फोरम लोकतान्त्रिकबाट सुचि चौधरी, नेकपा मालेबाट पाण्डव पासवान र राप्रपाबाट शोभा श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट उपमेयरमा श्यामप्रसाद घिमिरे, उत्तम ढुंगेल, मुन्ना खान, खुशिलाल यादव र कुरवान मियाँ र विनोदकुमार यादवले उम्मेवारी दर्ता गराएका छन् । यस्तै बिराटनगर महानगरपालिकाका सबै वडाहरुमा उम्मेदवारहरुको तथ्यागं यस्तो देखिएको छ । जुन निम्न अनुसार रहेको छ । वार्ड नं. १ बाट वार्ड अध्यक्ष र सदस्य गरि ३३ जना, २ बाट ३५ जना, ३ बाट २३ जना, ४ बाट ३० जना, ५ बाट ३५ जना, ६ बाट ४५ जना, ७ बाट ३२ जना , ८ बाट ४० जना, ९ बाट ४१ जना, १० बाट ३१ जना, ११ बाट ३४ जना, १२ बाट २७ जना, १३ बाट ३२ जना, १४ बाट ४४ जना, १५ बाट ३० जना, १६ बाट ३३ जना, १७ बाट ३६ जना, १८ बाट ३६ र १९ बाट २६ जनाको उम्मेदवारी परेको छ । निर्वाचनमा सहभागी नहुने भन्दै राष्ट्रिय जनता पार्टीले बहिस्कार गरेको छ । निर्वाचनमा अवरोध पुग्ने आशंका सो पार्टीका १४ जना जिल्लास्तरी नेता तथा कार्यकर्तालाई स्थानीय प्रशासनले तीन दिनअघिदेखि पक्राउ गरी हिरासतमा राखेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो