Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

गृहमन्त्रिले नै आचारसंहिता उल्लङ्घन गरेर शक्तिको दुरुपयोग–महासचिव पोखरेल

2017 Jun 23 4:20 PM 35

विज्ञापन

Birat Cancer Hospital
गृहमन्त्रिले नै आचारसंहिता उल्लङ्घन गरेर शक्तिको दुरुपयोग–महासचिव पोखरेल
विराटनगर । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले गृहमन्त्रिले नै आचारसंहिता उल्लङ्घन गरेर शक्तिको दुरुपयोग गरेको दाबी गरेका छन् । प्रेस चौतारी मोरङले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गृहमन्त्रीले आचारसंहिता उल्लङ्घन गरेको दाबी गरेका हुन् । विराटनगर महानगरका एमाले मेयर उम्मेदवार विनोद ढकालको चुनावी अभियानमा बिहीबारदेखि संलग्न पोखरेलले भने– ‘तपाईँहरुले थाहा पाउनुभयो भएन, गृहमन्त्रीले मोरगं पथरी गाउ पालिकामा गएर प्रहरी चौकी बनाइदिन्छु भन्दै भाषण गरे ।’ उनले गृहमन्त्रीले भद्दा ढंगले आचारसंहिता उल्लङ्घनमा लागेको बताए । बुधबार पूर्वाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीमा सहभागी हुन सरकारी रकम खर्चिएर विराटगर आइपुगेका गृहमन्त्री जनार्दन शर्मा बिहीबार बिहान सुन्दरहरैंचा र रंगेलीमा गएर चुनावी कार्यक्रममा सहभागी भएका थिए । उनी माओवादी केन्द्र कटहरीले आयोजना गरेको एउटा कार्यक्रममा सोही दिन बेलुका सहभागी थिए । एमाले महासचिव पोखरेलले आचारसंहिताको कार्यान्वयनमा आयोगको भूमिका नदेखिएको भन्दै आयोग ‘कसैको लाचार छायाँ’ बन्न नहुने टिप्पणी गरे । उनले सरकारले निर्वाचनसँग निर्वाचन मिति तोक्ने अधिकार भएपनि त्यसको दुरुपयोग गर्दै मिति सारिरहनु गैरजिम्मेवारी भएको आरोप लगाए । ‘सरकारले निर्वाचन टार्न नसकेपछि पटक–पटक सारेको हो ।’ उनले सरकारले सचिवको हेरफेर, द्वन्द्वपीडितका नाउँमा आचारसंहिता विपरीत ६ अर्ब रुपैंया निकासा गरेर आचारसंहिताको खिल्ली उडाएको बताए । प्रदेश नम्बर १ को चुनावी आकांडाबारे जवाफ दिंदै नेता पोखरेलले पहिलो चरणको निर्वाचनभन्दा दोस्रो चरणमा एमालेले बढी सिट जित्ने जिकिर गरे । वर्तमान आवश्यकताका आधारमा फोरम लोकतान्त्रिकसँग सहकार्य गरिएको पनि स्पष्ट पारे । स्थानीय स्तरमा जनताको भावना र आबश्यकता अनुसार नै चुनाबको तालमेल भएको हो तसर्थ हिजो के भए के भयो त्यो कुरा हैन् बर्तमानलाई हेरेर सहकार्य गर्नु नै राम्रो हो–महासचिब पोखरेलले बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?