Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मोतियाबिन्दु रहित महानगर तथा हिलो र धुलोमुक्त महानगर बनाउने मेयर पराजुलीको घोषणा

2017 Jul 11 9:09 PM 40

विज्ञापन

Birat Cancer Hospital
मोतियाबिन्दु रहित महानगर तथा हिलो र धुलोमुक्त महानगर बनाउने मेयर पराजुलीको घोषणा

अबिजाल बिष्ट बिराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वा्चित मेयर भीम पराजुलीले विराटनगर महानगरपालिकाकालाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त र पारदर्शी बनाइने प्रतिबद्धता ब्यक्त गर्देै महानगरपालिकालाई मोतिया बिन्दु रहित महानगरपालिका बनाउने घोषणा गरेका छन् । विराटनगर महानगरपालिकाका नवनिर्वा्चित मेयर र उपमेयर लगायत वडा अध्यक्ष सहित सबै सदस्यहरुले सपथ लिदै मंगलबारवाट पद बहाली गरेका छन् । साथै सबै वडा अध्यक्षहरु र सम्पुर्ण सदस्यहरुले आफनो आफनो वडा कार्यालयमा गएर पदबहाली गरेका छन् । बिराटनगर स्थित बिरेन्द्र सभागृहको हलमा मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलबाट शपथ लिँदै मेयर पराजुलीले एक सय दिनमा विराटनगरवासीलाई धुलो र हिलोबाट मुक्त गराउनका लागि ठोस कार्य गरिने बताए । विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउनका लागि ठोस भूमिका निर्वाह गरिने र महानगरमा मातृभाषाको पाठ्यक्रम समावेश गरिने जानकारी समेत उनले दिए। सो अवसरमा उपप्रमुख इन्दिरा कार्कीले विराटनगरलाई शान्त र हराभरा तथा भयमुक्त महानगरका रुपमा विकसित गरिने बताउँदै अन्यायमा परेका महिलालाई न्यायका लागि अन्यत्र कतै जानु नपर्ने अवस्था ल्याइने दृढता व्यक्त गर्नुभयो । कार्यक्रममा उपप्रमुख कार्की र वडाका अध्यक्षले पनि शपथ लिएका थियो । सो अवसरमा नेपाली काँगे्रसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले विराटनगरको विकासमा सबै एक जुट भएर लाग्नुपर्नेमा जोड दिए । सांसद पुष्कर आचार्य, प्रजिअ यज्ञराज कोइराला र महानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाले विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने औंँल्याएका थिए। पदबहाली लगत्तै एक सय दिन भित्र विराटनगर महानगरका खाल्डा खुल्डी पुर्ने, तीन वर्ष्भित्र विराटनगरलाई हिलो र धुलोबाटमुक्त गर्ने, सामाजिक सुरक्षा भत्तालाई सहज र प्रभावकारी बनाउने र विराटनगर महानगरपालिकालाई मोतिया विन्दु रहित बनाउने योजना मेयर पराजुलीले अघि सारेका छन । उनले एडिबी परियोजनामा निर्माणको काम अघि बढिरहेको योजनालाई तीन वर्ष भित्रै सम्पन नगरी नगर क्षेत्रमा सबै तिर पक्की सडक निर्माण गरी सक्ने समेत वताए । त्यसैगरी निजी अस्पालको सहकार्यमा निःशुलक मोतिया विन्दूको शल्याक्रिया गरी नगरलाई मोतियाविन्दू मुतm शहर बनाउने अभियान चलाउने पनि जानकारी दिए । सामाजीक सुरक्षा भत्तालाई सबै वडा मार्फत घर घरमा र्पुयाउने योजना समेत उनले सुनाए । भष्ट्राचामुत नगर बनाउन पराजुलीले विषेश कार्यक्रम लिएर अगाडि बढ्ने सोच समेत रहेको बताएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो