Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

रंगेली मेयरको पहिलो निणर्यः– राति ८ बजेदेखि मदिराजन्य बस्तु बिक्री वितरणमा रोक

2017 Jul 12 7:02 AM 34

विज्ञापन

Birat Cancer Hospital
रंगेली मेयरको पहिलो निणर्यः– राति ८ बजेदेखि मदिराजन्य बस्तु बिक्री वितरणमा रोक

मोरगं । मोरगं जिल्लाको पुरानो सदरमुकाम रंगेली नगरपालिकामा निर्बाचित मेयर तथा उपमेयरको सपथ ग्रहण सम्पन्न भएको छ । रंगेली नगरपालिकाको ९ वटै वडाबाट निर्वा्चित प्रतिनिधिसहित मेयर दिलीप बगडिया र उपमेयर केशवकुमारी खरालले सपथ ग्रहण गरेका हुन् । नगरपालिकाको सभाहलमा निर्वाचन अधिकृत कार्यालयले आयोजित सपथग्रहण कार्यक्रममा निर्वाचन अधिकृत पुण्यप्रसाद पाठकले मेयर बगडिया, उपमेयर केशबकुमारी खरालसहित वडा अध्यक्षहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । अन्य ३६ जना वडा सदस्यहरुलाई मेयर बगडियाले सपथ ग्रहण गराएका थिए । सो अवसरमा सभासद शिवकुमार मण्डल लगायतले विजय जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए । सपथ ग्रहण लगत्तै नगरपालिका अधिकृत लक्ष्मीप्रसाद रेग्मीलगायत कर्मचारीहरुले जननिर्वा्चित मेयर तथा उपमेयरसहित प्रतिनिधिहरुलाई नगरपालिकामा स्वागत गरेको छ । पदभार ग्रहण गर्दे सोमबारै बसेको पहिलो वैठकले रंगेली नगरपालिकाको गुरुयोजना बनाएर नगरको चौतर्फि विकास गर्ने, नगर प्रहरी व्यवस्था गरी नगरपालिकामा रहेको दमकल सञ्चालनमा ल्याउने, वडा कार्यालयहरुलाई व्यवस्थित गरी वडा कार्यालयबाटै सेवा प्रवाह गर्ने, समाजिक सुरक्षा भत्ताका अध्यावधिक गरी राज्यले प्रदान गर्ने सुविधासँगै नगरपालिकाले थप सुविधा प्रदान गर्ने, राति ८ बजेदेखि मदिराजन्य बस्तु बिक्री वितरणमा रोक लगाउने, सडक किनारमा गाईबस्तु बांध्ने तथा गोवर राख्ने कार्यलाई निषेध लगाउने र नगरपालिका क्षेत्रभित्र रहेको सार्वजनिक जग्गाको अभिलेखीकरण गर्ने निर्णय समेत गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?