विराटनगर÷इष्टर्न कलेज अफ इन्जिनियरिंग विराटनगरका बिद्यार्थीहरुले सैद्धान्तिक र प्रयोगात्मक ज्ञान बिदेशमा पनि लिन पाउने भएका छन् । कलेजले प्राबिधिक अनुभव आदानप्रदानका लागि विद्यार्थीहरुको अन्तराष्ट्रिय संगठन (इन्टरनेशनल एसोसियसन फर दि एक्सचेन्ज अफ स्टुडेन्टस फर टेक्निकल एक्सपेरियन्स) नेपालसँग समन्वय गरी आफ्ना विद्यार्थीलाई बिदेश पठाउन थालेको हो । अहिले भारत, कोलम्बिया र प्यालेस्टाइनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू इष्टर्न कलेज अफ इन्जिनियरिङ विराटनगरमा इन्टर्न गरिरहेका छन् । प्राचार्य अमित सुरानाका अनुसार कोलम्बियाका डानियल भेगा साउन पाँच गतेदेखि इन्टर्न गरिरहेका छन् । क्याम्पसको सिभिल तथा इलेक्ट्रिकल र कम्युनिकेशन÷कम्प्युटर विभागमा इन्टर्न गर्न निकट भविष्यमा स्पेनबाट विद्यार्थीहरू आउन लागेको प्राचार्य सुरानाले जानकारी दिनुभयो । यसैगरी प्यालेस्टाइनका बाकर अमिन कायेम बोजेयेह तीन महिनादेखि क्याम्पसमा इन्टर्न गरिरहेका छन् । पूर्वाञ्चल विश्वविद्यालयसँग समन्वय गरी इष्टर्न कलेज अफ इन्जिनियरिंग विराटनगरले आफ्ना केही विद्यार्थीलाई अष्ट्रेलिया, प्यालेस्टाइन, कोलम्बिया, स्पेन लगायतका मुलुकमा इन्टर्न अध्ययनका लागि पठाउने तयारी शुरू गरेको छ । करिब तीन महिनमा पहिलो चरणमा विद्यार्थीहरू इन्टर्नका लागि विदेश जाने प्राचार्य सुरानाले बताउनुभयो । प्राविधिक अनुभव आदानप्रदानका लागि विद्यार्थीहरूको अन्तर्राष्ट्रिय संगठनसँग ८० राष्ट्रका विश्वविद्यालयहरू आबद्ध छन् । संगठनमा आबद्ध भएका विश्वविद्यालयमा इष्टर्न कलेजले आफ्ना विद्यार्थीहरूलाई इन्टर्नका लागि पठाउन सक्ने प्राचार्य सुरानाको भनाई छ ।
इष्टर्न कलेजका विद्यार्थीले विदेशमा इन्टर्न गर्न पाउने
ट्रेन्डिङ
समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार
Mar 1
