Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एनआइसी एसिया बैक २० औ बर्षमा प्रबेश

2017 Jul 24 9:20 AM 38

विज्ञापन

Birat Cancer Hospital
एनआइसी एसिया बैक २० औ बर्षमा प्रबेश

विराटनगरर । बैक पनि साथि पनि– भन्ने मुल नारा रहेको एनआइसी एसिया बैक कोशी क्षेत्रीय कार्यालय बिराटनगरले आफनो १९ औ बर्ष पुरा गरी २० औ बर्ष पुगेको उपलक्ष्यमा बिबिध कार्याक्रमहरु सम्पन्न गरेको छ । कोशी जोन क्षेत्रीय कार्यालय बिराटनगरले शुरुवात देखि नै बिभिन्न काम गर्दै आएको छ । बिजेशन सेक्टर ध्यान दिदै सामाजिक क्षेत्रलाई पनि सशक्त बनाउन सफल नेपालको ठुलो कर्मशियल बैक एनआइसी एसिया बैकले नेपालको पुर्बि क्षेत्र तथा अन्य भु–भागमा समेत बिबिध कार्याक्रम गरेको छ । सो अनुसार नै कोशी क्षेत्रीय कार्यालयले अनाथहरुलाई सामान बितरण, बृद्धाहरुलाई भोजन तथा अन्य सामाग्री प्रदान, शैक्षिक संस्थाहरुमा सहयोग र बिभिन्न स्थानमा बृक्षारोपण समेत गरेको क्षेत्रीय कार्यालय बिराटनगरका प्रमुख सन्तोष बुढाथोकीले बताउनु भयो । बिराटनगरबाट शुरु गरेको यो बैक बिभिन्न अन्य बैकिङ कर्पोरेटहरुसंग सहकार्य गर्दै र मर्ज हुदै आजको यो एनआइसी एसिया बैकको रुपमा आएको हुनाले हामी सबै मिलेर सामाजिक उत्तरदायित्वलाई अगाडि बढाउन पर्ने दायित्व हामी र सबै नेपालीको काँदमा आएको बैकका सुचना अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिनु भयो । बैकको आफनो सभाहलमा पत्रकार सम्मेलन गरी सो कुरा जानकारी गराउनु भएको हो । १ सय १९ वटा आफनो शाखा रहेको सो बैकले आफनो शाखा बिस्तारका क्रममा रहेको र छिटै नै नेपाल भरि २ सय शाखा खोल्ने लक्ष्य रहेको समेत जानकारी गराउनु भयो । हाल बैकले ४ बिस्तारित काउन्टर, एटीएम र ४ हजार रेमिटेन्स काउन्टरबाट जनतालाई सेवा प्रदान गरीरहेको छ । नेपाल राष्ट्र्र बैकको निति अनुसार नै हाम्रो बैकले नेपालमा रहेको बिभिन्न भौगोलिक क्षेत्रमा जनताको पहुँच बैक सम्म पुगोस भन्ने नितिलाई नै अबलम्बन गरीरहेको कोशी जोन क्षेत्रीय कार्यालय बिराटनगरका प्रमुख सन्तोष बुढाथोकीले जानकारी गराउनु भयो । बैकमा हाल ५ लाख ७० हजार भन्दा बढी निक्षेपकर्ताहरु रहेका छन् भने २० हजार भन्दा बढी ब्यबसायिक ऋणी रहेका छन । यसै गरी गएको आर्थिक बर्ष २०७३÷७४ मा बैकले खुद मुनाफा १ अर्ब ४२ करोड आम्दानी गरेको प्रमुख बुढाथोकीले बताउनु भयो ।

संस्थाको हित र बैकको निति नियमले सबै हाम्रा सेवा ग्राहीलाई सक्दो सेवा दिईरहेको बैकका क्षेत्रीय क्याड इन्चार्ज हिराप्रसाद पौडेलले जानकारी गराउनु भयो । क्षेत्रीय क्याड इन्चाज हिराप्रसाद पौडेलले कार्यक्रम सन्चालन गर्नु भएको थियो भने बैकका अन्य कर्मचारीहरु सर्भिस मेनेजर रुपा श्रेष्ठ, रिजनल सेल्स अफिर्सस असिम रेग्मी लगायतले आफनो आफनो मनत्ब्य राख्नु भएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?