Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर विराटनगरमा सार्वजनिक

2017 Jul 27 3:02 PM 48

विज्ञापन

Birat Cancer Hospital
अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर विराटनगरमा सार्वजनिक
विराटनगर । विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुको तथ्याङ्कलाई कम्प्युटाइज गरी अभिलेखनमा सहजीकरण गर्ने अन्तराष्ट्रियस्तरको सफ्टवेयर “जेफेड”को वेटा भर्सन एक समारोह वीच विराटनगरमा सार्वजनिक भएको छ । जेफेड नाम दिएको सो सफट्वेयर तीन वर्षको अथक मेहनत लगाएर तयार गरिएको उच्च स्तरको विद्यालयका लागि बनाइएको सफ्टवेयर हो । विराटनगरका युवाहरुको समुहबाट निर्मित यो सफ्टवेयर पूर्णरुमा कस्टमाईज्ड सफ्टवेयर हो । आफ्नो मेहनत तथा सैद्धान्तिक अध्ययनलाई प्रयोगात्मक रुपमा प्रयोग गरी तयार गरिएको जेफेड सफ्टवेयर विद्यालय, कलेज तथा अन्य शैक्षिक संस्थाहरुमा अति उपयोगी हुने जेफ्टवेयर सोलुशन प्रा.लि.का निर्देशक मोहन तबदारले बताउनु भयो । यस कार्याक्रमका प्रमुख अतिथि क्यान मोरगंका अध्यक्ष तथा नेपाल सुचना प्रविधी काउन्सिलका सदस्य निर्मल तामाङ्गले ग्रामिण क्षेत्रमा रहेका शैक्षिक संस्थाहरुमा यस्ता सफ्टवेयरलाई लैजान सके त्यहांका विद्यालय र विद्यार्थीहरुको स्तरोन्नतीमा टेवा पुग्ने थियो र यसका लागि जेफ्टवेयरले अभियान चलाउनुपर्ने भाव व्यक्त गर्नुभयो । यो सफट्वेयरबाट विद्यालयमा विद्यार्थीहरुको रेकर्ड, शैक्षिक गतिविधिको अभिलेख, शिक्षक कर्मचारीहरुको पूर्ण विवरण, आदि शैक्षिक संस्थामा गरिने सम्पुर्ण गतिविधीहरुको वैज्ञानिक तरिकाबाट कम्प्युटाइज गर्न सकिने र फुल भर्सनको सफ्टवेयर  सुद्धढ र सवल हुने निर्देशक तबदारले बताउनु भयो । कार्यक्रममा जेफ्टवेयर सोलुशन प्रा. लि. का अध्यक्ष शंकर भटटराई, टेक्निकल अफिसर संदिप भगत, ओ. वि. डट नेटका सरोज कार्की, टेक बी सोलुशन प्रा. लि.का अजित चापागाईं, ईनोभेटिभ लर्निङ्ग सेलका प्रवन्धक मनोज संग्रौला, पाईला टेक्नोलोजीका प्रवन्धक पर्वतराज झा लगायतले मन्तब्य राख्नु भएका थियो ।zefed-2

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?