Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मातृत्व सेवा र परिवार नियोजनको उपयोगित पेपरवर्क प्रस्तुति सम्पन्न

2017 Jul 31 8:25 AM 42

विज्ञापन

Birat Cancer Hospital
मातृत्व सेवा र परिवार नियोजनको उपयोगित पेपरवर्क प्रस्तुति सम्पन्न

बिराटनगर । जनता आदर्श बहुमुखि क्याम्पस बिराटनगरले निरन्तर मातृत्व स्वास्थ्य सेवा र प्रस्तुति पश्चात परिवार नियोजन सेवाको उपयोगिता अनुसन्धानरत पेपरवर्क प्रस्तुत गरेको छ । पूर्वाञ्चल विश्वबिद्यालयले अनुसन्धान गर्ने बिषयगत कुरा तर्फ अगाडि बढीरहेको र यसलाई अझ सशक्त बनाउन र अनुसन्धान भएका बिषयलाई प्रकासित गर्नु पर्ने कुरामा बिश्वबिद्यालय लाग्ने कार्यक्रमका प्रमुख अतिथि तथा अनुसन्धान महाशाखा प्रमुख प्रा.डा. मिनराज ढकालले बताउनु भयो । विश्वबिद्यालयका प्रध्यापकहरुले अनुसन्धान गरेका बिभिन्न बिषयहरुलाई अनुसन्धानमा मात्र सिमित नराखी यसलाई प्रकाशन तथा प्रकासित गर्नु पर्ने आजको आबश्यकता भएको संकेत गर्नु भयो । यसरी प्रकासित गरिएका ती बिषयहरु बिभिन्न अन्तराष्ट्र्रिय तथा राष्ट्र्रिय गैह्सरकारी संस्थाहरुले स्रोतका रुपमा ग्रहण गर्ने सक्ने र सबैका लागि अभिलेख हुने कुरा प्रा.डा. ढकालले बताउनु भयो । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक कलेज तिनैपैनीमा रहेको म्यानेजमेन्ट क्याम्पसको मिनीहलमा सन्चालन भएको सो पेपरवर्क कार्यक्रममा डा. कोमलप्रसाद दुलाल, डा. रमेशबाबु काफ्ले र पि.एच.डि.का लागि अध्ययनरत कृष्णप्रसाद पाण्डेले सयुक्तरुपमा तयार पारिएको सो पेपरवर्कको प्रस्तुति डा. रमेशबाबु काफ्ले गर्नु भएको थियो । बच्चा जन्मेको १२ महिना भित्र हुने बिभिन्न समस्या र आइपर्ने स्वास्थ्यका बिभिन्न सुचकहरुबारे छलफल गरिएको थियो । सो अबधीमा परिवार नियोजनको प्रयोग गर्दा हुने फाइदाबारे छलफल गरिएको थियो । बच्चा जन्म भएको एक बर्ष भित्रमा परिवार नियोजन सेवा उपयोगको दर बढाउन सो अनुसन्धान अध्ययनले देखाएको कुरा डा. कोमलप्रसाद दुलालले बताउनु भयो । १२ महिना भित्र परिवार नियोजनको सेवा उपयोग बढयो भने मातृत्व सेवा बढने हुनाले यस बिषयलाई ब्यापक छलफल र बहसको बिषय बनाउनु पर्नेमा अधिकांश प्रध्यापकहरुको जोड थियो । डा. कोमल प्रसाद दुलालले कार्यक्रम सन्चालन गर्नु भएको सो कार्यक्रमको म्यानेजमेन्ट क्याम्पस बिराटनगरका क्याम्पस प्रमुख डा. उत्तम रेग्मीले अध्यक्षता गर्नु भएको थियो । कार्यक्रममा १५ जनाको सहभागिता थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो