Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सतर्कता नपनाउँदा लोहोन्द्रा खोलाको पुल भत्कियो, ८० करोड रकम स्वाहाँ

2017 Aug 19 4:53 PM 38

विज्ञापन

Birat Cancer Hospital
सतर्कता नपनाउँदा लोहोन्द्रा खोलाको पुल भत्कियो, ८० करोड रकम स्वाहाँ

धु्रब कट्वाल(केसी)

बिराटनगर । सुनसरी मोरगं आयोजनाले तयार गरेको नयां पुलको संरचना यति खेर देख्न पाईदैन् न त यसको कुनै अबशेष छ न त कुनै संरचनाको अंश नै । पूर्व सतर्कता अपनाउँदा यो आयोजनामा ८० करोड नोक्सान भएको छ ।

बाढीले नहरको मुहानै थुनिएको थियो । गाउलेहरुले नहरको ढिल काटेर पानी हाले पछि क्षति बढी भएको यति खेर अनुमान गर्न थालिएको छ । पुलले कुल ६० क्युमेक्स पानी बग्न सक्ने क्षमताको थियो । तर पानीको बहाव बढदै जादा मुख्य नहरले समेत पानी थेग्न नसके पछि लोहोन्द्रा खोलाको १ सय ५३ मिटर लामो पुल नै भत्काइदियो । अब पुल बनाउनु परेमा थप ४० करोड लाग्नेछ । तर यो अनुमान मात्र हो अझ थप बिबरण आएको छैन् तसर्थ लागत लिने काम भएको आयोजना प्रमुख कुञ्चजभक्त श्रेष्ठले बताउनु भयो । नहरको नालीबेली के थियो ? आयोजना प्रमुख श्रेष्ठका अनुसार सुनसरीको चतरादेखि मोरङको केरौनसम्म गरी मुख्य नहर ५३ किलोमिटर लामो छ । सप्तकोशी नदीको पानी यही नहर र नहरका शाखा हुदै सिचाई गर्ने गरिन्छ । जसमध्ये ४२ किलोमिटरमा पर्ने कसेनी भन्ने स्थानमा लोहन्दा खोला र मुख्य नहरको भेट हुन्छ । यही स्थानमा लोहन्द्रा खोलालाई पक्की डुँड बनाएर माथिबाट बगाइएको छ र यसमुनि क्रङ्क्रिटको सुरुङ बनाएर तल सुरुङैसुरुङ मुख्य नहर लगिएको छ । यसलाई इन्जिनियरिङका भाषामा ‘साइफन’ भनिन्छ । यस्तो ‘साइफन’ १ सय ५३ मिटर लामो छ । महेन्द्र राजमार्गमा पर्ने झुम्काबाट उत्तर बग्ने दत्तकिच्चा खोलाको बाढी बग्दै बग्दै आएर २७ गते राति नै मुख्य नहरमा पस्यो’,उनले भने झुम्कादेखि उत्तर मुख्य नहरलाई २ ठाउँ मानिसले काटे र गाउँमा भरिएको पानीलाई निकास दिए । यसरी विभिन्न १७ ठाउँमा मुख्य नहर काटेर वस्तीको पानी मिसाएपछि खोल्साखोल्सीको पानी जाने ठाउँ पनि त्यस दिन मुख्य नहर नै भयो ।’ ढिलोमा पनि भदौ २२ गतेसम्ममा मुख्य नहरमा पानी छाड्ने अभियानका साथ काम भइरहेको आयोजनाले जनाएको छ । लोहन्दासम्म मुख्य नहरको पानी ल्याउन सकिने आयोजना प्रमुख श्रेष्ठले बताउनु भयो । धानमा पानी चाहिने समय अझै छ, असोजको पहिलो हप्तासम्म चाहिन्छ’, तसर्थ यसका लागि अहिले पनि भदौ २२ गतेभित्र पानी छाड्ने तयारीमा छौँ । अहिले अस्थायी मर्मत भइरहेको आयोजना प्रमुख श्रेष्ठले बताउनु भयो । आयोजनाको एक मुख्य र २२ शाखा नहरबाट दुई जिल्लाको गरी ६८ हजार हेक्टर क्षेत्रमा सिँचाइ हुन्छ । लोहन्द्रामा मुख्य नहर नै फुटेपछि १२ हजार ३६५ हेक्टर क्षेत्र नहरको सिँचाइबाट वञ्चित भएको छ । अब कुल ५५ हजार ६ सय ३५ हेक्टरमा मात्र सिँचाइ सम्भव भएको आयोजना प्रमुख श्रेष्ठले बताउनु भयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो