Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सतर्कता नपनाउँदा लोहोन्द्रा खोलाको पुल भत्कियो, ८० करोड रकम स्वाहाँ

2017 Aug 19 4:53 PM 68

विज्ञापन

Birat Cancer Hospital
सतर्कता नपनाउँदा लोहोन्द्रा खोलाको पुल भत्कियो, ८० करोड रकम स्वाहाँ

धु्रब कट्वाल(केसी)

बिराटनगर । सुनसरी मोरगं आयोजनाले तयार गरेको नयां पुलको संरचना यति खेर देख्न पाईदैन् न त यसको कुनै अबशेष छ न त कुनै संरचनाको अंश नै । पूर्व सतर्कता अपनाउँदा यो आयोजनामा ८० करोड नोक्सान भएको छ ।

बाढीले नहरको मुहानै थुनिएको थियो । गाउलेहरुले नहरको ढिल काटेर पानी हाले पछि क्षति बढी भएको यति खेर अनुमान गर्न थालिएको छ । पुलले कुल ६० क्युमेक्स पानी बग्न सक्ने क्षमताको थियो । तर पानीको बहाव बढदै जादा मुख्य नहरले समेत पानी थेग्न नसके पछि लोहोन्द्रा खोलाको १ सय ५३ मिटर लामो पुल नै भत्काइदियो । अब पुल बनाउनु परेमा थप ४० करोड लाग्नेछ । तर यो अनुमान मात्र हो अझ थप बिबरण आएको छैन् तसर्थ लागत लिने काम भएको आयोजना प्रमुख कुञ्चजभक्त श्रेष्ठले बताउनु भयो । नहरको नालीबेली के थियो ? आयोजना प्रमुख श्रेष्ठका अनुसार सुनसरीको चतरादेखि मोरङको केरौनसम्म गरी मुख्य नहर ५३ किलोमिटर लामो छ । सप्तकोशी नदीको पानी यही नहर र नहरका शाखा हुदै सिचाई गर्ने गरिन्छ । जसमध्ये ४२ किलोमिटरमा पर्ने कसेनी भन्ने स्थानमा लोहन्दा खोला र मुख्य नहरको भेट हुन्छ । यही स्थानमा लोहन्द्रा खोलालाई पक्की डुँड बनाएर माथिबाट बगाइएको छ र यसमुनि क्रङ्क्रिटको सुरुङ बनाएर तल सुरुङैसुरुङ मुख्य नहर लगिएको छ । यसलाई इन्जिनियरिङका भाषामा ‘साइफन’ भनिन्छ । यस्तो ‘साइफन’ १ सय ५३ मिटर लामो छ । महेन्द्र राजमार्गमा पर्ने झुम्काबाट उत्तर बग्ने दत्तकिच्चा खोलाको बाढी बग्दै बग्दै आएर २७ गते राति नै मुख्य नहरमा पस्यो’,उनले भने झुम्कादेखि उत्तर मुख्य नहरलाई २ ठाउँ मानिसले काटे र गाउँमा भरिएको पानीलाई निकास दिए । यसरी विभिन्न १७ ठाउँमा मुख्य नहर काटेर वस्तीको पानी मिसाएपछि खोल्साखोल्सीको पानी जाने ठाउँ पनि त्यस दिन मुख्य नहर नै भयो ।’ ढिलोमा पनि भदौ २२ गतेसम्ममा मुख्य नहरमा पानी छाड्ने अभियानका साथ काम भइरहेको आयोजनाले जनाएको छ । लोहन्दासम्म मुख्य नहरको पानी ल्याउन सकिने आयोजना प्रमुख श्रेष्ठले बताउनु भयो । धानमा पानी चाहिने समय अझै छ, असोजको पहिलो हप्तासम्म चाहिन्छ’, तसर्थ यसका लागि अहिले पनि भदौ २२ गतेभित्र पानी छाड्ने तयारीमा छौँ । अहिले अस्थायी मर्मत भइरहेको आयोजना प्रमुख श्रेष्ठले बताउनु भयो । आयोजनाको एक मुख्य र २२ शाखा नहरबाट दुई जिल्लाको गरी ६८ हजार हेक्टर क्षेत्रमा सिँचाइ हुन्छ । लोहन्द्रामा मुख्य नहर नै फुटेपछि १२ हजार ३६५ हेक्टर क्षेत्र नहरको सिँचाइबाट वञ्चित भएको छ । अब कुल ५५ हजार ६ सय ३५ हेक्टरमा मात्र सिँचाइ सम्भव भएको आयोजना प्रमुख श्रेष्ठले बताउनु भयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला