Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेकपा एमाले मोरगं जिल्ला बाढी प्रभावित क्षेत्रमा होमियो

2017 Aug 19 5:39 PM 63

विज्ञापन

Birat Cancer Hospital
नेकपा एमाले मोरगं जिल्ला बाढी प्रभावित क्षेत्रमा होमियो

सन्जिव कुमार कट्वाल 

विराटनगर । नेकपा एमाले मोरङले बाढी प्रभावित क्षेत्रहरुमा सबै स्वयंसेवक टोलीहरुले टहरा, सरसफाई, घरबनाउने लगायतका काम गर्न थालेका छन् । एमालेले पहिचाहन गरेका क्षेत्रमा र विराटनगरका अति प्रभावित क्षेत्रमा जिल्ला स्तरका नेता देखि जनबर्गिय संगठनका सबै जिम्मेवार नेता लगायत कार्यकर्ता र आस्थाका केन्द्र भएको सबै जनताहरु यो बिपत्तको धडीमा जुट्न लागेको पुर्ब अध्यक्ष महेश रेग्मीले बताउनु भयो । यो राजनैतिक भन्दा माथि उठेर पिडितहरुको महलम लगाउन एमालेले जुनसुकै काम पनि बाकी नराख्ने गरी स्वयंसेवक टोली परिचालन गरिएको केन्द्रिय सदस्य जीवन घिमिरेले बताउनु भयो । एमाले निकट मोर्चा संगठनहरुको बिभिन्न पटक विराटनगरमा वसेको वैठकले ब्यापक रुपमा परिचालन गरी विराटनगरको परोपकारघाट, आसपासमा स्वयंसेवक टोलीले काम शुरु गरेको मोर्चा विभागका प्रमुख रुपेश खतिवडाले बताउनु भयो । बाढी तथा डुवान प्रभावित क्षेत्रमा महामारी फैलन सक्ने भन्दै तत्काल संवन्धित निकायलाई स्वास्थ्य उपचारका लागि ध्यानाकर्षण समेत गराएको मोर्चा प्रमुख खतिवडाले बताउनु भयो । सरकारी तवरवाट वितरण भईरहेको राहत सामाग्री पारदर्शी नभएको भन्दै पारदर्शी गर्न पनि बैठकले माग समेत गरेको छ । मोर्चा संगठन प्रमुख खतिवडाले भन्नुभयो,‘राहत वितरणमा ढिलाइ भएको भन्दै छिटो छरितो र चुस्त दुरुस्त गर्नका लागि संवन्धित पक्षमा डेलिगेशन गइरहेको र हाम्रो पार्टीले एकदम नजिकबाट नियाली रहेको समेत बताउनु भयो । यो कसैको लागि हैन् मात्र पिडितको राहतका लागि हामी लागेका हो । मोर्चा संगठनको बैठकले बाढी पीडित तथा प्रभावितहरुको जिल्लाभरको तथ्यांक संकलनका लागि पेशागत महासंघ र स्वास्थ्य शिविर सञ्चालनका लागि राष्ट्रिय स्वास्थ्यकर्मी संघलाई जिम्मा दिने निर्णय समेत बिभिन्न बैठकमा निणर्य गरेको छ । खाद्य गुणस्तर र कृतिम महंगी भएको भन्दै अनुगमन गर्नका लागि संवन्धित पक्षको ध्यानाकर्षण वैठकले गराएको छ । वाढीका कारण विभिन्न शैक्षिक संस्थामा शैक्षिक सामाग्रीको वितरणका लागि पहल गर्ने वैठकले निर्णय गरेको मोर्चा संगठन विभागका प्रमुख खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार छिटै नै सवै जनसंगठनको वैठक वसी वाढी पीडितको राहतका लागि स्पष्ट खाका ल्याउन पनि निर्देशन दिईएको छ । वैठकमा जनवर्गिय संगठनका प्रमुख तथा प्रतिनिधिहरुले वाढी र डुवानका कारण पीडित तथा प्रभावित भएकाहरुलाई तत्काल राहतको आवस्यकता रहेको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए । यसै गरी बिराटनगर महानगरपालिकाका सबै वडाहरुमा बडा संयोजकले सबै स्थानमा सक्ने सहयोग गर्नका लागि बिभिन्न टोलिहरु समेत खटेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला