Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराट मेडिकल कलेज टंकीसिनवारीले बाढीपिडितलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

2017 Aug 19 6:33 PM 47

विज्ञापन

Birat Cancer Hospital
विराट मेडिकल कलेज टंकीसिनवारीले बाढीपिडितलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
धु्रब कट्वाल (फोटो पत्रकार)

विराटनगर । विराट मेडिकल कलेज टंंकीसिनवारीले बाढी पीडितहरुका लागि निःशुल्क स्वास्थ्य बिभिन्न स्थानमा शिविरको आयोजना गरी सम्पन्न गरेको छ । बुढिगंगा गाउँपालिका २ का वाढी पिडितहरुको स्वास्थ्य परिक्षण गरिएको हो । बाढी पीडितहरुलाई वसोवास गरेकै स्थानमा उपचार गरिएको विराट मेडिकल कलेजका बरिष्ट मार्केटिगं अफिसर कृष्ण कंडेलले बताउनु भएको छ । गत श्रावण २६ गते शनिबार आएको महामारी बाढीले सो क्षेत्रका धेरै बालबालिकालाई प्रभावित बनाएको छ । घरबार बिहीन भएका छन् । बस्नको लागि स्थान छैन् । यस्तै अबस्था रहे रोगले बिकराल रुप लिन सक्ने अबस्था देखे पछि यो अभियान शुरु गरिएको बरिष्ट मार्केटिगं अफिसर कंडेलले बताउनु भयो । हामी र हाम्रो मेडिकल कलेजको टिम नै गएर सम्भावित क्षेत्रमा अबलोकन गरेका छौ । बुढीगंगा गाउपालिकाका अध्यक्ष तथा उपाध्यक्ष सग कुरा कानी गरेका छौ । अति संबेदनशिल र गर्नै पर्नै स्थान भएकोले जिल्ला प्रशासन कार्यालय मोरगं र जिल्ला जनस्वास्थ्य मोरगंबाट स्वकृति प्राप्त भए पछि हामी यस एरियामा होमिएका छौ र हामीले सहयोग बिभिन्न क्षेत्रबाट गरि नै रहने मेडिकल कलेजका युनिट प्रमुख सुदिर राठौरले बताउनु भयो । प्रभावित क्षेत्रमा रहेका वालवालिका, अशक्त तथा सुत्केरीहरुलाई जाच तथा परामर्श दिईएको छ । वाढी पीडितहरुका लागि विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा निःशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था गरिएको सो अस्पतालका म्यानेजर अरविन्द मण्डलले जानकारी दिनुभयो । बुढिगंगा गाउपालिकाको ५७ घर परिवारलाई आज पानि शुद्धिकरण गर्ने उपाय तथा रोग नियन्त्रणबारे आवश्यक परामर्श दिइएको थियो । कलेजको टोलीले व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिन सर्वसाधारणलाई सचेत गराएको थियो । डाक्टरहरुको टिमले रेफर गरेका सबै बिरामीहरुलाई मेडिकलले निःशुल्क उपचार समेत गर्ने गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?