Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

भुजा खाएको तस्बिर देखाएर प्रधानमन्त्री हुन खोज्नेलाई दिएको काउन्टर, किन छ स्वागतयोग्य ?

2017 Sep 7 10:23 AM 32

विज्ञापन

Birat Cancer Hospital
भुजा खाएको तस्बिर देखाएर प्रधानमन्त्री हुन खोज्नेलाई दिएको काउन्टर, किन छ स्वागतयोग्य ?
अनन्तराज न्यौपाने बिराटनगर । मोरङ जिल्ला, साबिकको क्षेत्र नम्बर ७ मा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् नेपाल महिला सङ्घका पूर्व केन्द्रीय अध्यक्ष डा. डिला सङ्ग्रौलाको नेतृत्वमा बाढीपीडितलाई वितरण गरिएको राहतले मोरङ काङ्ग्रेसमा हडकम्प मच्चिएको छ । मानौँ काङ्ग्रेसभित्रको उकुसमुकुस, शोषण र त्यहाँ पन्पिन खोजेको कथित राजशाही विरूद्धको आवाज राहत सामग्रीका रूपमा उदाएको हो र निर्वाचन क्षेत्रभरि त्यसका किरणहरू विद्रोहका रूपमा तरङ्गित भएका हुन् ।5555 पार्टीमा १० वर्ष क्रियाशील सदस्य भएको कीर्ते कागज र अभिलेख बनाएर जालसाजी गर्दै काङ्ग्रेसको केन्द्रीय नेतृत्वमा पुगेका डा. शेखर आफ्नै निर्वाचन क्षेत्रमा भने कति अलोकप्रिय छन् भन्ने तथ्य राहत वितरणमा उपस्थित बाढीपीडितको आवाजले स्पष्ट पारेको थियो । डा. शेखर कसरी जाली कागजात र अभिलेख तयार पारेर काङ्ग्रेसको केन्द्रसम्म आइपुगे भन्ने विषयमा छुट्टै खोजपूर्ण आलेख तयार हुनसक्छ । उनै शेखरको असहिष्णु व्यवहारप्रति उनका कार्यकर्तामात्र नभएर ग्रास रुटका मतदाता पनि राम्ररी परिचित रहेछन् भत्रे तथ्य राहत वितरणका कार्यक्रममा छर्लङ्ग भएको सहजै देखिन्थ्यो ।

21149916_1521473404613650_3526033731516333198_nअन्तर्वार्ता, भाषण, रेडियो, टेलिभिजन र पत्रपत्रिका लगायतका सञ्चार माध्यममा आफ्नै पार्टीका नेतालाई प्रहार गरेर सस्तो लोकप्रियता बटुल्ने उनको गजबको शैली छ । यस्तो कथित लोकप्रियताका लागि उनी स्वर्गीय सभापतिद्वय गिरिजाप्रसाद र सुशील कोइरालाका पनि आलोचक रहे । गिरिजाप्रसादले एक पटक डा. शेखरलाई पन्छाएर छोरी सुजातालाई संविधान सभामा पु¥याए । त्यस बखतका पत्रपत्रिकाले गिरिजाप्रसाद धृतराष्ट्र भएको भन्दै टिप्पणी गरेथे । डा. शेखरले त्यही बेला विराटनगरमा पत्रकार सम्मेलन गरेरै धृतराष्ट्र भन्दै समीक्षा गर्ने पत्रकारहरू धन्यवादका पात्र छन् भन्ने वक्तव्य दिएथे । पारिवारिक कलहबाट दिक्क भएका गिरिजाप्रसादले पहिलो संविधान सभाको निर्वाचनमा हारेका शेखरलाई क्षेत्र नंं. ७ को उपनिर्वाचनमा फेरि टिकट दिए । नेपाली काङ्ग्रेस पार्टीभित्र आफ्नो परिवारको शासनसत्ता कायम छ भन्ने सन्देश कोइराला निवासले दिने क्रमको एउटा शृङ्खला थियो त्यो । गिरिजाप्रसादको अवसानपछि डा. शेखर आफू उनको अर्को अवतार भएको वहाना गर्दैछन् भन्ने बुझ्न कसैलाई गाह्रो छैन । कसैको जयनेपालका सट्टामा उनी हात उठाएर जयनेपाल फर्काउँदैनन् बरु मुन्टो बटारिदिन्छन् । तर केही मान्छेको समूह देखे भने गिरिजाप्रसादकै जस्तो हात हल्लाएर आफू अर्को गिरिजाप्रसाद हुन खोजेको अभिनय गर्छन् । निश्चय पनि उनी स्वर्गीय गिरिजाप्रसादका भतिजा हुन् तर अर्को गिरिजा अवश्य होइनन् । गिरिजाप्रसाद आफ्नै कठिन सङ्घर्ष, रोमाञ्चक क्रियाशीलता र जबर्जस्त सङ्गठन शैलीबाट स्थापित नेता थिए । बिपीका भाइ त तारिणी र केशवप्रसाद पनि थिए तर गिरिजाप्रसादको क्रान्तिकारिता र अथक मेहनतका तुलनामा उनीहरू ओझेलमा परे । तर आफूलाई गिरिजाप्रसादको नयाँ अवतार घोषणा गर्न खोज्ने डा. शेखरमा आफ्ना स्वर्गीय कान्छा काकाकै जस्तो त्याग, तपस्या र बलिदानसहितको व्यक्तित्व गाँसिएको छ त ? अहिलेको काङ्ग्रेस पुस्ताले यो प्रश्नको उत्तर खोज्नु आवश्यक छ । हो, नेपाली राजनीतिमा स्वर्गीय नोना कोइरालाको योगदानलाई कसैले अवमूल्यन गर्न सक्तैन । प्रजातन्त्र र लोकतन्त्रको स्थापनाको लडाईंमा नोनाले निर्वाह गरेको भूमिका सबैका लागि अनुकरणीय र पे्ररणास्पद पनि छ । तर काङ्ग्रेसका सारा नेता र कार्यकर्ता कोही जेल, कोही भूमिगत र कोही निर्वासनमा रहँदा डा. शेखर के गर्दै थिए ? उत्तर सबैका मुखमा सजिलै आउँछ– उनी नयाँ दिल्लीमा डाक्टरी पढ्दै थिए ।21151419_1521473431280314_9059856189149829531_n कोइराला परिवारकै सदस्य भएका कारण उनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कार्यकाल रेक्टर र दुई कार्यकाल उपकुलपतिको जागिर खान सफल भएका हुन् । उनको तेस्रो कार्यकालको नियुक्ति हुने बेलामा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएको अवस्था थियो र सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । जानकारहरूलाई अझै थाहा छ, त्यति बेला पनि डा. शेखरलाई तेस्रो पटक उपकुलपति बनाउन नोनाले तत्कालीन प्रधानमन्त्री थापासित हारगुहार गरेकी र गिरिजाप्रसादलाई अनुरोधका लागि थापाकहाँ पठाएकीसमेत थिइन् । तर कोइराला परिवारको यो अभ्यासले सार्थकता हासिल गर्न सकेन । बिपी प्रतिष्ठानमा चौथो पटक जागिर पाउन नसकेपछि डा. शेखर राजनीतिमा आउन बाध्य भएका हुन् । उनी राजनीतिमा त आए– सँगसँगै छलकपट, कीर्ते, जालसाँची र असहिष्णुता पनि लिएर आए । कीर्ते गरेर बनाइएको क्रियाशील सदस्यता लिएर आए । अब उनी आफूभन्दा अगाडिका सबै काङ्ग्रेसीलाई मास्ने अभियानमा छन् । यस क्रममा पहिलो सिकार त उनले तत्कालीन जिल्ला सभापति अशोक कोइरालालाई नै बनाए । अब कोइराला थरको कुनै पनि व्यक्ति मोरङको राजनीतिमा उभियो भने शेखरको राजनीति स्थापित हुन सक्तैन भत्रे भयले नोनाले जिल्ला अधिवेशनका बेला अशोकलाई असहयोग गरिन् । फलतः अमृत अर्यालले विजयको रातो टीका लगाए । डा. शेखर राजनीतिमा प्रवेश गरेसँगसँगै पुराना काङ्ग्रेस सफाया गर्ने अभियान सुरु भयो । त्यसोत यसअघि पनि २०४६ पछि मुक्तिप्रसाद चापागाईं, विनय रिजाल, प्रदीप ओझा, शम्भु रिजाल, बद्रीनारायण बस्नेत, रामबहादुर श्रेष्ठ, नारायणप्रसाद कोइराला, रमाप्रसाद रिजाल, विनोद अर्याल, शान्ता घिमिरे, श्याम घिमिरे, मुकुन्द नेपाल, जगतमान आङदम्बे, कृष्णबहादुर राउत, श्रीहरि मानन्धर, जनार्दन निरौला, चन्द्र चुडाल, ईश्वरी भेटवाल, हरिनारायण चौधरी लगायतका सयौँ नेता र कार्यकर्ता कोइराला निवासको एम्बुसमा परिसकेका थिए । डा. शेखरको राजनीतिमा आगमनसँगसँगै यो अभियान अझ तीव्र भएको छ । डा. शेखरकै ठाडो हस्तक्षेपमा तत्कालीन टङ्कीसिनवारी गाविसका भुवनेश्वर मण्डलजस्ता पुराना नेतालाई घरको न घाटको पारिएको छ । दीपक लोहनी, जनार्दन निरौला र रञ्जन थापाजस्ता पञ्चायत कालदेखि सङ्घर्ष गरेकाहरू पार्टीको आन्तरिक निर्वाचनमा हराइएका छन् । सूदन कार्कीहरू आफ्नो भूमिका खोजी गरिरहेका छन् । हुँदा हुँदा रुक्मिनी कोइराला र दामोदर कोइरालाजस्ता आफ्नै समर्थकलाई समेत आफ्ना अन्ध समर्थकका अगाडि शेखरले कुनै स्थान दिएका छैनन् । बरु डोमिनेट गरेर राखेका छन् । निश्चय पनि अति भएपछि विद्रोह सुरु हुन्छ । साबिकको क्षेत्र नम्बर ७ मा अहिले भएको विद्रोह त्यस्तै स्वाभाविक परिणतिको यथार्थ दृष्टान्त हो । राहत वितरणसँगसँगै पार्टीका सङ्घर्षशील, त्यागी र पुराना कार्यकर्ताले एउटा चेतावनी पनि बाँडिरहेका छन् । अन्धभक्तहरूले घेरिएका डाक्टर कोइरालाको अन्तर्चक्षु खुलेछ भने त ठिकै हो होइन भने भुजा खाएको फोटो फेसबुकमा देखाएर प्रधानमन्त्री र केन्द्रीय सभापति बन्ने सपना र प्रचार केवल दिवास्वप्न हुनसक्छ । खासमा पार्टीभित्र आफूसित असहमति राख्ने कार्यकर्तालाई फरक विचारका होइन आफ्ना व्यक्तिगत विरोधीका रूपमा व्यवहार गर्ने र तिनलाई हिटलरझैँ दमन गर्ने प्रवृत्ति देखिन्छ डाक्टरमा । स्थानीय तहको भर्खरै सम्पन्न निर्वाचनमा उनको यही शैलीका कारण बुढीगङ्गाजस्तो सुरक्षित क्षेत्रबाट काङ्ग्रेसले हात धुनु प¥यो । महानगरपालिकाका वडामा त्यस्तै हाल भयो । तर पनि उनको चेत खुलेको अनुभूति कार्यकर्ताले गरेका छैनन् । उल्टै सीमित केही कार्यकर्ताको भजनमण्डली भजनमा रमाइरहेको छर्लङ्ग हुन्छ । लोकतन्त्रको मर्म, मूल्य र मान्यता अनि समावेशिताका सम्बन्धमा उनले मुलुकभरि गरिरहेको भाषण र उपदेशलाई उनले आफ्नै जिल्ला निर्वाचन र निर्वाचन क्षेत्रमा कति कार्यान्वयन गरेका छन् भनेर खोजी गरियो भने हात लाग्यो शून्य फेला पर्नेछ । त्यसैले डा. डिला सङ्ग्रौला, सूदनबहादुर कार्की, दीपक लोहनी र जनार्दन निरौलाजस्ता नेताले गरेको विद्रोह जायज र स्वाभाविक छ । त्यत्तिकै प्रशंसा, स्वागत र सम्मानयोग्य पनि छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो