सिरहा । कोषाध्यक्षको छोरालाई टिकट दिएपछि सिरहामा नेपाली काँग्रेसका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ । उम्मेदवार छनौट गर्दा काँग्रेस कोषाध्यक्ष सितादेवी यादवका छोरालाई टिकट दिएपछि दुई पक्षबीच खुकुरी हानाहान भएको हो । कोषाध्यक्ष यादवका छोरा डा. सुभाषचन्द्र यादवलाई सिरहा नगरपालिकाको लागि मेयरको टिकट दिएपछि असन्तुष्ट उपेन्द्र यादव पक्षबीच खुकुरी हानाहान भएको हो ।
दुई पक्षबीच भएको झडपमा १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति संजय यादव, बुधन यादव, देबनाथ सहनी, राजेश्वर यादव, रामबाबु यादव, अरुण यादव, जगदिश यादव लगायत कार्यकर्ता घाइते छन् । घाइतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ । झडपस्थललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए । सिरहा नगरपालिका पूर्वउपमेयर समेत रहेका उपेन्द्र यादवले भने मेयर र आफ्ना पक्षका नेतालाई वडा अध्यक्षसम्म दाबी गर्दै आएका थिए । कोषाध्यक्ष सीतादेवीका छोरालाई टिकट दिइएपछि उपेन्द्र पक्षले पार्टी कार्यालय घेराउ गरेको थियो । यसक्रममा दुवै पक्षबीच खुकुरी हानाहान भएको हो । यसैबीच लहानमा एमालेका मेयर उम्मेदवार मुनी साहको घरमा मंगलबार साझ विस्फोट गराइएको घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चाले लिएको छ । मोर्चाका नेता विप्लबले टेलिफोन मार्फत घटनाको जिम्मा लिएका हुन् । मधेस विरोधी पार्टीबाट उम्मेदवारी दिएको भन्दै बम विस्फोट गराइएको जनाएको छ ।टिकट बितरण बिवादले सिरहामा देउवा र पौडेल पक्षधरबीच कुटाकुट, रणभूमी बन्यो पार्टी कार्यालय
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन
May 10
