Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

टिकट बितरण बिवादले सिरहामा देउवा र पौडेल पक्षधरबीच कुटाकुट, रणभूमी बन्यो पार्टी कार्यालय

2017 Sep 7 11:01 AM 41

विज्ञापन

Birat Cancer Hospital
टिकट बितरण बिवादले सिरहामा देउवा र पौडेल पक्षधरबीच कुटाकुट, रणभूमी बन्यो पार्टी कार्यालय

सिरहा । कोषाध्यक्षको छोरालाई टिकट दिएपछि सिरहामा नेपाली काँग्रेसका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ । उम्मेदवार छनौट गर्दा काँग्रेस कोषाध्यक्ष सितादेवी यादवका छोरालाई टिकट दिएपछि दुई पक्षबीच खुकुरी हानाहान भएको हो । कोषाध्यक्ष यादवका छोरा डा. सुभाषचन्द्र यादवलाई सिरहा नगरपालिकाको लागि मेयरको टिकट दिएपछि असन्तुष्ट उपेन्द्र यादव पक्षबीच खुकुरी हानाहान भएको हो ।

दुई पक्षबीच भएको झडपमा १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति संजय यादव, बुधन यादव, देबनाथ सहनी, राजेश्वर यादव, रामबाबु यादव, अरुण यादव, जगदिश यादव लगायत कार्यकर्ता घाइते छन् । घाइतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ ।  झडपस्थललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए । सिरहा नगरपालिका पूर्वउपमेयर समेत रहेका उपेन्द्र यादवले भने मेयर र आफ्ना पक्षका नेतालाई वडा अध्यक्षसम्म दाबी गर्दै आएका थिए । कोषाध्यक्ष सीतादेवीका छोरालाई टिकट दिइएपछि उपेन्द्र पक्षले पार्टी कार्यालय घेराउ गरेको थियो । यसक्रममा दुवै पक्षबीच खुकुरी हानाहान भएको हो । यसैबीच लहानमा एमालेका मेयर उम्मेदवार मुनी साहको घरमा मंगलबार साझ विस्फोट गराइएको घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चाले लिएको छ । मोर्चाका नेता विप्लबले टेलिफोन मार्फत घटनाको जिम्मा लिएका हुन् । मधेस विरोधी पार्टीबाट उम्मेदवारी दिएको भन्दै बम विस्फोट गराइएको जनाएको छ ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो