Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सरकारले राज्यसत्ताको दुरूपयोग गर्यो : ओली

2017 Sep 16 3:40 PM 40

विज्ञापन

Birat Cancer Hospital
सरकारले राज्यसत्ताको दुरूपयोग गर्यो : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष के. पि. शर्मा ओलीले सरकारले राज्यसत्ताको दूरूपयोग गरी राज्यका निकायहरूलाई स्वतन्त्र रूपमा काम गर्न नदिएको बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले संवैधानिक निकायहरू सरकारको रबर स्टाम्प जस्तो भएको आरोप लगाउनुभयो । निर्वाचन घोषणा भइ आचार संहिता समेत लागू भइसकेको स्थितीमा जिल्ला न्यायाधिशहरूको सरूवा गरेकोमा अध्यक्ष ओलीले आपत्ती जनाउनु भयो । राज्यका संयन्त्रहरूलाई कमजोर बनाएर प्रजातन्त्रलाई नै कमजोर बनाउन वर्तमान सरकार उद्धत रहेको अध्यक्ष ओलीको टिप्पणी थियो । सरकारको सय दिनको मूल्याङ्कन गर्दै वर्तमान सरकारले धेरै वटा रेकर्ड कायम गरेको अध्यक्ष ओलीले टिप्पणी गनुभयो । वर्तमान सरकारले जम्बो मन्त्रिपरिषद मात्र होइन भ्रष्ट्राचार, अनियमितता र स्वेच्छाचारितामा पनि रेकर्ड तोडेको अध्यक्ष ओलीले तर्क गर्नुभयो । आफु र आफ्नो पार्टी देश र जनताको पक्षमा अबिचलित भएर लाग्ने भन्दै अध्यक्ष ओलीले राष्ट्रियता र प्रजातन्त्र कमजोर बनाउन नदिने उद्घोष गर्नुभयो । गलत काम हुन नदिने भन्दै अध्यक्ष ओलीले देश र जनताको एकता एवम् सद्भावलाई भाड्न तथा बिथोल्न एवम् सामाजिक विद्वेश र बितण्डा मच्चाउन नदिने बताउनु भयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?