Live
| सोमबार, भदौ २१, २०८३
EN
arya newro
BiraKhabar
मनोरञ्जन

विराटनगरमा "MUSICAL FEST २०७४"

2017 Sep 23 4:58 PM 164

विज्ञापन

Birat Cancer Hospital
चाडवाडको मौसमलाई लक्षित गर्दै सांगीतिक माहोल अझ तात्ने गरेको सर्ववीधितै छ । काठमाडौँ, धरान र पोखरामा त झन् सांगीतिक माहोलले चाडवाडको रौनक नै अर्कै बनाउछ, ती सहर बाहेक अन्य सहर हरुमा सांगीतिक माहोल भएता पनि सांगीतिक कार्यक्रम, कन्सर्ट न्युन हुन्छन । विगत केहि वर्ष देखि विराटनगर क्षेत्रमा पनि केहि सक्रिय युवाहरुको अथक मेहनत र प्रयासले केहि मात्रमा भए पनि सांगीतिक माहोल सिर्जना गरि चाडवाडलाई अझ रमझम पूर्ण बनाउन सफल भएका छन् । यसै सन्दर्भमा दशैं, तिहार एवम छैठ पर्वको समयमा विगत केहि वर्ष देखि निरन्तर रुममा विविध सांगीतिक ब्याण्ड र संस्कृतिक समूहहरुले विभिन्न कार्यक्रमहरु गर्ने गरेका छन् । विगत १० वर्ष देखि विराटनगरमा निरन्तर रुपमा सांगीतिक कार्यक्रम गर्दै आउनु भएका स्यान्ट्रो महत र “ग्रीन लिफ ब्याण्ड” ले चाडवाडलाई अझ भब्य बनाउनका लागि "MUSICAL FEST २०७४" नामक कार्यक्रम ल्याउने भएको छन् ।" यो कार्यक्रम संगीत प्रेमीहरुका लागि लक्षित गरेर ल्याइएको कार्यक्रम हो" संयोजक स्यान्ट्रो महत भन्छन। स्यान्ट्रो महत आफै विराटनगरलाई कार्य क्षेत्र बनाएर चर्चामा रहेका EVENT MANAGER / SOCIAL WORKER हुन् l उनि सार्है मेहनती, मिलनसार व्यक्ति हुन त्यसैले पनि यस क्षेत्रमा हुने प्राय जसो सबै EVENT मा EVENT MANAGEMENT का लागि उनैलाई सम्झन्छन् उनको कार्यशैली एकदमै उत्कृस्ट रहेको छ l निकै व्यस्तताका बिचमा पनि हामीलाई समय दिएर हाम्रा सम्बादाता अस्मिता बराल संग "MUSICAL FEST २०७४" कार्यक्रमको बारेमा केहि जानकारी दिन भ्याए l हाम्रा सम्बादाता संग भएको सम्बाद यस प्रकार रहेको छ । १."MUSICAL FEST २०७४" कस्तो कार्यक्रम हो ? यो कार्यक्रम र अन्य सांगीतिक कार्यक्रममा के फरक छ ? "MUSICAL FEST २०७४" यो विसुद्ध सांगीतिक र मनोरन्जनात्मक कार्यक्रम हो । यो कार्यक्रम हामीले आज भन्दा १० वर्ष अगाडी देखि सुरु गरेका हौ । पहिले LIVE MUSIC CONCERT भनेर कार्यक्रम संचालनमा थियो , पोहोर देखि "MUSIC FEST" नामकरण गरेका हौ । विराटनगरमा पनि विसुद्ध सांगीतिक कार्यक्रमहरु गर्न सकिन्छ, यहाँ पनि सांगीतिक माहोल छ भन्ने बुझाउन र राष्ट्रिय स्तरका कलाकारहरुको प्रतक्ष्य सांगीतिक प्रस्तुति पस्कनका लागि हो । पोहोर हामीले चर्चित कलाकार सुगम पोख्रेल र स्थानिय ब्याण्डको प्रस्तुति पस्केका थियौ । कार्यक्रम एकदमै राम्रो भएको प्रतिक्रिया पायौ तेही भएर पनि यसपाली अझ राम्रो र परिस्कृत रुपमा प्रस्तुत गर्न कडा मेहनतका साथ लागि परेका छौ । यो विसुद्ध सांगीतिक कार्यक्रम भएको र सबै वर्गलाई ध्यानमा राखेर बनाईएको हुनाले र सांगीतिक माहोल स्थानीय स्तरमा भिजाउन सफल रहेको हुनाले पनि यो कार्यक्रम अन्य सांगीतिक कार्यक्रम भन्दा फरक छ । २. "MUSICAL FEST २०७४" यो विसुद्ध सांगीतिक र मनोरन्जनात्मक कार्यक्रम हो भन्नु भयो यसपाली तपाईहरुले के के पस्कदै हुनुहुन्छ? "MUSICAL FEST २०७४" यो विसुद्ध सांगीतिक र मनोरन्जनात्मक कार्यक्रम नै हो, त्यही भएर पनि हामी निरन्तर रुपमा विगत १० वर्ष देखि कार्यक्रम गर्न सफल भएका छौ । येसपली हामी LIVE BAND PERFORMANCE, SOLO PERFORMANCE, COMEDY SHOW CULTURAL DANCE अनि अन्य बिशेष प्रस्तुतिहरु राखेका छौ । ३. येसपाली तपाईहरुले महानगरवासीलाई सांगीतिक कलाकार पनि रोज्न अवसर दिनु भाको रैछ? के यो सम्भव छ ? हामी नाफा मुखी कार्यक्रम भन्दा पनि बिशेष रुपमा सांगीतिक र मनोरन्जनात्मक कार्यक्रम पस्कने जमर्कोमा छौ त्यही भएर पनि हामीले महानगरवासीहरुको भाव बुझेर हाम्रो बजेटले सक्ने सम्मको महानगरवासीहरुको रोजाईको कलाकार मंचमा प्रस्तुतिका लागि ल्याउने जमर्को गरेका हौ । आट गर्नु पर्छ सकिन्छ । धेरैको रोजाईमा सुगम पोखरेल, निशान भट्टराई, बुद्ध लामा, शिव परियार भनेर हाम्रो FACEBOOK मा भनि राख्नु भएको छ । ४. अन्त्यमा "MUSICAL FEST २०७४" को वारेमा बुझन र जान्न चाहने र सहयोग गर्न चाहनेलाई तपाई के भन्नु हुन्छ ? "MUSICAL FEST २०७४" सफल बनाउन र हामीलाई यस्तो कार्यक्रमहरु गर्न प्रेरणा दिने सबै प्रति आभार प्रकट गर्दछौ । सबैको सहयोग र चाहनाले नै हामी सफल हुन्छौ l हाम्रो कार्यक्रमका बारेमा बुझन र जान्न चाहनेहरुले हाम्रो FACEBOOK र कार्यालयमा आएर वा 9842088088 मा सम्पर्क गरेर बुझ्न सक्नु हुनेछ  l बडा दशैं, तिहार र छैठ पर्वको सबैमा शुभकामना हाँसी, खुशी रमाइलो गरेर चाडवाड मनाऔ l वाढी पिढीत तथा दुखीको सहयोग गरौ । धन्यवाद

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक  नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति