Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

होसियार ! सुताइबाट थाहा हुन्छ जीवनका धेरै कुरा ...

2017 Sep 25 8:23 AM 40

विज्ञापन

Birat Cancer Hospital
विराटनगर, मायोनर l निन्द्रा सबैलाई प्यारो लाग्छ कतिको त ओछ्यान देख्न साथ लडी हाल्ने बानी हुन्छ । ओच्छ्यानमा तपाईं कसरी सुत्नुहुन्छ? भन्ने कुराले तपाईंको व्यक्तित्वको रहस्य खोलिदिन्छ भन्ने कुरो हालसाल एक अध्यनले पत्ता लगाएको छ । स्कटल्यान्डको एडिनबरामा रहेको स्लीप सेन्टरका निर्देशक क्रिस इडजीकोव्स्कीका अनुसार तपाईंले सुत्ने तरिकाले तपाईंको व्यक्तित्वका बारेमा बताउँछ भनि खोज गरेका छन् । विराटनगर, मायोनर l निन्द्रा सबैलाई प्यारो लाग्छ कतिको त ओछ्यान देख्न साथ लडी हाल्ने बनि हुन्छ । ओच्छ्यानमा तपाईं कसरी सुत्नुहुन्छ? भन्ने कुराले तपाईंको व्यक्तित्वको रहस्य खोलिदिन्छ भन्ने कुरो हालसाल एक अध्यनले पत्ता लगाएको छ । स्कटल्यान्डको एडिनबरामा रहेको स्लीप सेन्टरका निर्देशक क्रिस इडजीकोव्स्कीका अनुसार तपाईंले सुत्ने तरिकाले तपाईंको व्यक्तित्वका बारेमा बताउँछ भनि खोज गरेका छन् । त्यस्तै, शारीरिक भाषाविज्ञ रोबर्ट फिप्सले पनि सुत्ने पोजिसनबाट व्यक्तित्व र जीवनप्रतिको दृष्टिकोण थाहा लाग्ने बताउँछन् । यसबाट तपाईंको दिन कति तनावपूर्ण, कस्टपूर्ण थियो, तपाईं कति चिन्तित, खुसि हुनुुहुन्थ्यो र जीवनमाथि तपाईंको कति नियन्त्रणमा छ भन्ने थाहा लाग्छ । तपाईं अडैल हुनुहुन्छ, हाकिम पाराको हुनुहुन्छ र कल्पनाशील सपनामा रम्नुहुन्छ कि आफूलाई नै आलोचना गर्ने खालको हुनुहुन्छ या तपाई कस्तो हुनुहुन्छ भन्ने कुरा पनि सुताईको पोजिसनले खोल्छ । धेरैजसो मान्छे छातीमा हात राखेर, घुँडा मारेर फिटल पोजिसन (गर्भमा बसेको बच्चा) मा सुत्छन् । चिन्ता लिने मान्छेहरूले यस्तो पोजिसनमा सुत्ने गरेका छन् । तनावपूर्ण दिनपछि आराममा पुगेको आभास पाउन मान्छे यसरी सुत्छन् । यसरी सुत्ने मान्छे बाहिर चाहिँ रफटफ देखिन्छन् भने भित्रभित्रै चाहिँ लजालु र संवेदनशील हुन्छन् । नयाँ मान्छेसँग खुल्न उनीहरू समय लगाउँछन् तर बिस्तारै उनीहरू सामाजिक हुन थाल्छन् । कोल्टे परेर सिधा खुट्टा अनि दुवै हात सिधा पारेर सुत्ने मान्छे समाजमा घुलमिल गर्न सक्ने खालका, सजिला र विश्वासी हुन्छन् । यिनीहरू कहिलेकाहीँ ठगीमा पर्न सक्छन् । यसलाई लग पोजिसन भनिन्छ । अर्काथरी मान्छे कोल्टे सुत्छन् तर दुवै हात अगाडितिर तन्काउँछन् । यसलाई यर्नर पोजिसन भनिन्छ । उनीहरू खुल्ला व्यक्तित्वका हुन्छन् तर कहिलेकाहीँ शंकालु व्यवहार देखाउँछन् । यिनीहरू ढिलो गरी निर्णय लिन्छन् र लिएको निर्णयमा अडिग रहन्छन् । अर्काथरी मान्छे ढाडलाई मुनि पारेर सिधा तन्केर सुत्छन् । उनीहरूको हात पनि सिधा तन्किएको हुन्छ । यसलाई सोल्जर पोजिसन भनिन्छ । यस्ता मान्छे अनुशासित हुन्छन् । आफू र अरूका लागि यिनीहरू उच्च अपेक्षा राख्छन् । शान्त र रिजर्भ्ड खाले हुन्छन् यिनीहरू । अर्काथरी मान्छे पेट थिचेर सुत्छन् भने यिनीहरूको टाउको एकातिर हुन्छ अनि दुवै हात सिरानी नजिकै हुन्छ । यसलाई फ्रीफल पोजिसन भनिन्छ । यस्ता मान्छे समाजमा घुलमिल गर्न सक्छन् र छुच्चा पनि हुन्छन् । भित्रभित्रै नर्भस हुन्छन् अनि आलोचनाप्रति संवेदनशील पनि हुन्छन् । अर्काथरी मान्छे ढाडलाई मुनि पारेर खुट्टा फट्याएर अनि हातलाई टाउकोनेर तन्काएर सुत्छन् । यसलाई स्टारफिस पोजिसन भनिन्छ । यस्ता मान्छेले साथीलाई महत्व दिन्छन् । आकर्षणको केन्द्र हुन यस्ता मान्छे मन पराउँदैनन्, बरू अरूको समस्या सुन्ने अनि दुःखमा परेकालाई सहयोग गर्ने खालका हुन्छन् । जे जस्तो भए पनि सुताइको पोजिसन बाट धेरै कुरो पत्ता लाग्ने कुरा को पुस्टि भै सकेको छ l एजेन्सीहरु बाट...

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो