Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

आफ्नो ठाउँको लागि केही गरौ भन्ने भित्र देखिकै सपनालाई साकार पार्न मेरो उम्मेदवारी- यदु बिस्ट

2017 Sep 28 3:09 PM 64

विज्ञापन

Birat Cancer Hospital
विराटनगर, मायोनर l पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको प्राप्तीको आन्दोलन देखि राजनीति एवम समाजसेवामा बिगत तिन दशक देखि सक्रिय नेपाली कांग्रेसका यूवा नेता यदु बिष्टले आसन्न प्रदेश सभाको चुनाबमा मोरड क्षेत्र न २ को प्रदेश सभा ख(२) बाट प्रत्यक्ष तर्फ प्रदेश सांसदको उम्मेदवारी दिने घोषणा गरेका छन । नेपाली काड्ग्रेसको तर्फबाट टिकट दिएको खण्डमा आफूले उम्मेदवारी लिने बिष्टले बताए । स्थानीय स्तरमा विकाश निर्माणमा सक्रिय भइ उक्त क्षेत्रका असाहय एवम दिनदुखिको सेवामा अहोरात्र खट्ने बिष्ट सादा जीवन उच्च विचार राख्ने एवंम संधै जनताको समिपमा रहने नेता बिष्टले टिकट पाएको खण्डमा प्रदेश सांसद जित्ने र समृद्ध प्रदेश बनाउने स्थानीय कार्यकर्ताले बताउदै आएका छन् । नेपाली कांग्रेसको आस्थामा कृयाशिल भएतापनी सदैव पार्टी र जातिभन्दा माथी उठेर राम्रो काममा अहोरात्र सहभागी जनाउने गरेका बिष्टले टिकट पाए अन्य पार्टीबाट पनि मन जितेर मत तान्ने स्थानीय स्तरमा चर्चा हुन थालेको छ l आपसी सदभाव, विकास, समानता र कांग्रेसको जितका लागि उहाँलाई टिकट दिनुपर्ने बताउछन् । आफ्नो ठाउँको लागि केही गरौ भन्ने भित्र देखिकै सपनालाई साकार पार्न मेरो उम्मेदवारी हो, बिष्टले कुराकानीको क्रममा भने युवाको जोस अग्रजको होसका साथ अघि बढनेछु युवा तथा जेष्ठ सबैको मनमा बस्न सफल उनी, जनताको पिरमार्कामा सधै हर तवरबाट सहयोग गर्ने गरेका छन विद्यार्थी जिवनकाल २०४६ सालको जनाअन्दोलनमा सक्रिय भूमिका निर्वाहा गरेका विष्ट २०४९ सालमा महेन्द्र मोरड क्याम्पसमा नेपाल विद्यार्थी संघको तर्फबाट पहिलो स्वतन्त्र विद्यार्थी यूनियन (स्व.वि.यू.) सभापति समेत भएका थिए । २०५२ सालमा ने.बि. संघको केन्द्रीय सदस्य, २०५४ सालमा नेपाल तरुण दलको पूनःस्थापना भएपछि दलको केन्द्रीय सदस्य, नेपाली काड्ग्रेसको १२ औ महाधिवेशनबाट नेपाली काड्गे्रस मोरड जिल्ला सचिवको समेत जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेका विष्ट १४ औं महाधिबेशनबाट महाधिवेशन प्रतिनिधि समेतको जिम्मेवारी निर्वाहा गरिरहेकोमा आफुले यस पटक प्रत्यक्ष तर्फ प्रदेश सांसदमा पार्टीको टिकट पाउने कुरामा पूर्ण विश्वस्त छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला