Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बाम एकता बिश्लेषण, सुर्य नै चुनाब चिन्ह

2017 Oct 5 11:55 AM 37

विज्ञापन

Birat Cancer Hospital
बाम एकता बिश्लेषण, सुर्य नै चुनाब चिन्ह
बिराटनगर । अबिजाल बिष्ट । ६७ बर्ष पछि नेपालमा बाम एकताको प्रयास शुरु भएको छ । हुन त अझै थुप्रै खुडकिला बाकी नै छन् । पशुपति नाथको कृपाले केही भएन भने नेपालमा अब दुई शक्ति मात्र देखा पर्ने छन् । यो राज्यको लागि त फाइदा नै हुनेछ तर इतिहासले यो कुरा साबित गरेको छ की बाम एकता भन्दा पनि बाम अनेकतामा टुक्रिने र आफनो स्वार्थको राजनिती गर्ने परिपाटी फस्टाएको देखिन्छ । जे होस् शुरुआत भएको छ । केही नि अगाडि मात्र नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति तथा अन्य नेताहरुले हात समाएर हामी एक भयौ है भन्ने संकेत गरे । नेपालको पूर्व प्रधानमन्त्रिहरुले कानेखुशी गरे, कुम मिलाए, भाषण गरे अनि दर्शक तथा कार्यकर्ताहरुले मज्जाले तालि बजाए । यो सन्देश लामो समय सम्म जान्छ भन्ने संकेत गरे । चुनावी तालमेल र त्यसपछि विधिवत् पार्टी एकीकरणको घोषणा गर्दा पाँच पूर्व प्रधानमन्त्री एउटै मञ्चमा बसेर कुराकानी समेत गरे । दुईपटक प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र नयाँ शक्तिका संयोजक तथा पूर्व प्रधानमन्त्रि बाबुराम भट्टराई मञ्चमा लहरै बसे । एमाले कार्यालय सचिव समेत रहेका कृष्णगोपाल श्रेष्ठले मन्चको चाजो पाजो मिलाएका थिए । सुरुमा मञ्चको अघि र पछि सिट राखिएको थियो । नेताहरु आएपछि श्रेष्ठले सबैलाई एउटै लहरमा राख्ने व्यवस्था मिलाएर कुराकानी र कुम मिलाउने ब्यबस्थापन समेत गरेको देखियो । एमालेका वरिष्ठ नेता झलनाथ खनाल सहमतिपत्र हस्ताक्षर गर्ने बेला मात्र मञ्चमा आइपुगेका थिए । कार्यक्रम सञ्चालन एमाले उपमहासचिव विष्णु पौडेलले गरे । तीन दलबीचको छबुँदे सहमतिपत्र भने गृहमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्माले वाचन गरेर सुनाए । पौडेलले एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष दाहाल र नयाँ शक्तिका संयोजक भट्टराईलाई पालैपालो आसन ग्रहण गराए । आसन ग्रहण निम्ति आग्रह गर्दा भट्टराईले मुठी बटारेर लालसलाम गरे । हलमा ताली गुञ्जियो । कार्यक्रम सुरु भएपछि बल्ल ब्यानरको फ्लेक्स टाँसियो । खचाखच भरिएको कार्यक्रम स्थल राष्ट्रिय सभागृहमा केही नेताहरु कुर्सी नपाएर उभिएका थिए । केही कार्यकर्ता दसैंको रातो टीका र जमरा लगाएरै सहभागी भएका देखिन्थे। सहमतिपत्र हस्ताक्षरसँगै नेताहरुले हात मिलाए । हात उचालेर एकता प्रदर्शन गरे । माओवादी केन्द्रका नेता तथा यो सहमतिमा मुख्य भूमिका खेलेका नारायणकाजी श्रेष्ठले अगाडि बसेका सबै नेतासँग हात मिलाउन भ्याए। उनी यो सहमतिबाट सबभन्दा खुसी देखिन्थे । थुक्का र चुडकिला भनेर फेरी हँसाउन भुलेनन् ओलीले राजनीतिक व्यंग्य र वाकपटुतामा चतुर एमाले अध्यक्ष ओलीले पार्टी एकता कार्यक्रममा पनि हँसाउन भुलेनन्। उनले तीन पार्टीबीचको एकताले कतै निन्द्राको ट्याबलेट बढी बिक्ने हो कि भन्ने आफूलाई डर रहेको बताए। ओलीले कांग्रेस लक्षित व्यंग्य गरिरहँदा चुनावी मुखमा एकताको सहमतिबाट उत्साहित नेता कार्यकर्तामा हाँसो फैलिएको थियो। ओलीले देशको जन्मकुण्डलीमा २०७४ सालमा देशभक्त वामपन्थी सरकार बन्ने लेखेकाले कसैले मेट्न नसक्ने दाबी गरे । पुसपछि रातको समय समेत दिदीबहिनी राति एक्लै हिँड्न सक्ने वातावरण बन्ने गरी अवाञ्छित गतिविधि नयाँ सरकारले रोक्ने ओलीको दाबी थियो। तालमेल कांग्रेसविरुद्ध होइन, निरन्तरतामा क्रम भंगता अनि बाम एकता – दाहाल माओवादी अध्यक्ष दाहालले शान्ति प्रक्रियामा आएजस्तै पार्टी एकताको सहमतिलाई निरन्तरताको क्रमभंगताको उपमा दिए । उनले दस वर्षअघि समेत एकताको गृहकार्य भएको उल्लेख गर्दै अहिले अधुरो काम पूरा गरेको बताए। उनले वस्तुगत आवश्यकता र मनोगत चाहना मिलेपछि बल्ल एकताका लागि समय आइपुगेको उल्लेख गरे । दाहालले तालमेल कसैका विरुद्ध परिलक्षित नभएको स्पष्ट पारे। ‘यो स्वाधिनता र समृद्धिको पक्षमा छ,’ उनले भने, ‘लोकतान्त्रिक शक्ति र परिवर्तन पक्षधर शक्तिसँग तालमेल हुनसक्छ।’ उनले मधेसकेन्द्रित दलहरुसँग पनि तालमेल गर्न सकिने बताए । भट्टराईको उद्घोष – समृद्धिका लागि बाम एकता, एमाले नै माउ पाटी हो । नयाँ शक्तिका संयोजक भट्टराईले पार्टी एकता समृद्धि लक्षित रहेको बताए । एउटा पुस्ताले मुलुकको एकीकरण गरेको, अर्को पुस्ताले मुलुकलाई लोकतान्त्रीकरण गरेको र यो पुस्ताले समृद्ध बनाउने उनको भनाइ थियो। उनले निर्वाचनमा दुईतिहाइका साथ प्रत्यक्ष निर्वा्चित प्रणाली स्थापना गर्नुपर्ने बताए । एमाले अध्यक्ष ओलीले बाबुराम भट्टराई प्रतिनिधि सभा निर्वाचनमा सूर्य चुनाव चिह्न लिएर सहभागी हुने उद्घोष गरे। यो घोषणाले हलमा ताली गुञ्जियो भने मञ्चमा बसेका भट्टराई मुस्कुराए । उनले ह्रदयेश त्रिपाठी सूर्य चिह्नमा उम्मेदवार बन्न लागेको प्रसंग पनि कोट्याए। माओवादी केन्द्रका नेता पनि सूर्य चिह्नबाट चुनाव उठ्न कानुनी अप्ठेरो हल गर्ने तयारी भइरहेको उनले उल्लेख गरे। ‘सूर्य यस्तो चिज हो जुन यसको खेतमा लाग्छु उसको खेतमा लाग्दिनँ भन्दैन,’ ओलीले आफ्नो पार्टीको चुनाव चिह्नको प्रचारसमेत गर्न भ्याए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो