Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रमुख दलहरू समानुपातिक फेरबदल गर्दै

2017 Oct 17 11:05 AM 15

विज्ञापन

Biratkhavar
प्रमुख दलहरू समानुपातिक फेरबदल गर्दै
समानुपातिक सांसदका लागि हतारमा सूची बुझाएका दलहरूले अधिकांश नाम फेरबदल गर्ने भएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्रसहित प्राय: सबै दलले बुझाएको सूची ‘डमी’ मात्र भएको नेताहरूले प्रतिक्रिया दिएका छन् । एमालेबाट अध्यक्ष केपी ओलीसहित मुख्य नेताहरू प्रत्यक्षबाट प्रतिनिधिसभाका लागि चुनाव लड्दै छन् । ११ जना स्थायी समितिका सदस्यमध्ये ५ जना समानुपातिकतर्फ उम्मेदवार भएका छन् ।आयोगमा आइतबार बुझाइएको समानुपातिक सूचीमा स्थायी समिति सदस्यहरू  डा. पुष्प कँडेल, सोमनाथ प्यासी, मुकुन्द न्यौपाने, अमृत बोहरा र केशव बडाल रहेको पार्टी स्रोतले कान्तिपुरलाई जनायो ।अन्य नाम बुझाइए पनि स्थायी समितिले पास नगरेकाले व्यापक फेरबदल हुने भएको छ । ‘केही वरिष्ठ नेताहरूबाहेक अन्य नामका सन्दर्भमा सोमबारदेखि नै छलफल सुरु भएको छ । पार्टीले चाँडै अन्तिम नामावली तयार पार्नेछ,’ पार्टीका एक सचिवले बताए। कांग्रेसका पनि शीर्षदेखि अधिकांश केन्द्रीयस्तरका नेता प्रत्यक्षबाटै चुनाव लड्ने भएका छन् । कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित अधिकांश केन्द्रीय सदस्य प्रत्यक्षमा लड्दै छन् । यसअघि समानुपातिकबाट उम्मेदवार रहेकाहरू पनि धेरैजसो प्रत्यक्षमै चुनाव लड्ने भएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिले अपवादबाहेक यसअघिका समानुपातिक सांसदलाई उम्मेदवार नबनाउने निर्णय लिएको थियो । यस्तो अपवादमा धेरैजसो महिला नेत्री परेका छन् ।कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने यसपटक समानुपातिक उम्मेदवारमा छन् , सिटौला राप्रपासँगको गठबन्धनपछि समानुपातिकमा बस्ने भएका हुन् ।राप्रपाको प्रभाव रहेको उक्त निर्वाचन क्षेत्रमा राप्रपाका महामन्त्री राजेन्द्र लिङदेन चुनाव लड्ने सम्भावना छ । सिटौलासहितको नाम समानुपातिकमा राखेर कांग्रेसले आयोगमा सूची पेस गरेको छ ।ती नाममा हेरफेर गरिने पार्टी नेताहरूले जनाएका छन् । आयोगले बन्दसूचीमा रहेका समानुपातिकका नाम कात्तिक १२ भित्र संशोधन गर्ने सीमा तोकेको छ । आइतबार बुझाइएका बन्दसूची सच्याउन, संशोधन गर्न र नाम फिर्ता लिन, दाबीविरोधजस्ता विभिन्न प्रक्रिया पूरा गरेपछि आयोगले मंसिर ३ गते अन्तिम रूप दिनेछ । यसअघि रुपन्देही ३ बाट झिनो मतले चुनाव जितेका बालकृष्ण खाँड यसपटक समानुपातिक उम्मेदवारमा छन् । आफू चुनाव हाँक्नका लागि समानुपातिकमा बसेको खाँडले बताए । पार्टी कोषाध्यक्ष सीतादेवी यादवसमेत यसपटक समानुपातिकमा छिन् । उनी सिरहा ३ बाट यसअघि निर्वाचित थिइन् । केन्द्रीय सदस्य सुजाता कोइराला, महालक्ष्मी उपाध्याय डिना यसपटक पनि समानुपातिकमै परेका छन् । डिना राप्रपासँगको गठबन्धनकै कारण समानुपातिकमा गएकी हुन् । ‘अझै प्रत्यक्षमै चुनाव लड्ने इच्छा छ, लबिङ पनि गरिरहेकी छु,’ उनले भनिन्, ‘समानुपातिकमा बस्ने रहर छैन ।’ उपाध्याय यसअघिका दुवै चरणमा समानुपातिकबाट सांसद भएकी थिइन् । केन्द्रीय सदस्यहरू कुलबहादुर गुरुङ, दिलेन्द्र बडु, किशोर राठौर, बहादुर लामा, पार्वती डीसी चौधरी, मानबहादुर विश्वकर्मा, सीता गुरुङ, पुष्पा भुसाल, लक्ष्मी परियार र सुजाता परियार पनि समानुपातिकमा छन् । कुलबहादुर गुरुङ, मानबहादुर विश्वकर्मा, सुजाता परियार, लक्ष्मी परियार र सीता गुरुङले अघि पनि समानुपातिकबाट सुविधा लिइसकेका हुन् । चौधरी र लामा दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित हुन् । केन्द्रीय सदस्यहरूमध्ये यसअघि समानुपातिकमा रहेका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने यसपटक सुनसरी ४ बाट चुनाव लड्ने सम्भावना छ । अर्का केन्द्रीय सदस्य प्रकाशशरण महत काठमाडौं ५ र मीनेन्द्र रिजालले मोरङ २ बाट चुनाव लड्ने तयारी गरेका छन् । राष्ट्रिय जनता पार्टीले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नाम एक नम्बरमै राखेर समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । राजपका ६ जना अध्यक्षहरूमा ठाकुरको नाम मात्र प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूचीमा समेटिएको छ । पार्टी स्रोतका अनुसार ठाकुरले आफ्नो स्वास्थ्यका कारण र अन्यले पनि अवसर पाउनुपर्ने भन्दै चुनावमा नउठ्ने इच्छा नेताहरूसँग राखेका थिए । उनले समानुपातिकतर्फबाट पनि आफूलाई उम्मेदवार नबनाउन भने पनि पार्टीले उनलाई समानुपातिकतर्फको सूचीमा राखेको छ । पार्टी उपाध्यक्ष वृषेशचन्द्र लालका अनुसार जनताबीच गएर मधेसको मुद्दा बुझाउने र पार्टीका पक्षमा मत माग्न जिल्लाजिल्ला घुम्ने उद्देश्यले ठाकुर चुनावमा उठ्न नचाहेका हुन् । उनलाई सर्लाहीको ४ र महोत्तरीको ३ निर्वाचन क्षेत्रबाट चुनावमा उठ्न आग्रह आएको थियो । ‘प्रत्यक्षतर्फ नउठ्ने र समानुपातिकबाट पनि सांसद नबन्ने उहाँले इच्छा राख्नुभएको हो । उहाँले आफूलाई मधेसका मुद्दामा मात्रै काम गर्ने गरी केन्द्रित गर्न खोज्नुभएको छ,’ लालले भने, ‘तर, पार्टीले उहाँलाई समानुपातिकतर्फको सूचीमा राखेको छ ।’ कांग्रेसमा रहँदा ०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा ठाकुर सर्लाहीको तत्कालीन निर्वाचन क्षेत्र ५ बाट विजयी भएका थिए । कांग्रेस छाडेर मधेस राजनीतिमा होमिएयता उनी दुई पटक ०६४ र ०७० मा भएको संविधानसभा निर्वाचनमा सर्लाहीको तत्कालीन निर्वाचन क्षेत्र नम्बर ६ बाट दुवै पटक पराजित भएका थिए । राजपाले ठाकुरबाहेक पार्टी महासचिव चन्दा चौधरी, पछिल्लो पटकका समानुपातिक सांसद अकबाल अहमद, वरिष्ठ नेताहरू रामनरेश राय र निर्जला राउतलगायतलाई समानुपातिकको बन्दसूचीमा राखेको छ । पार्टी महासचिव मनीष सुमनले पार्टीको शीर्ष तहमा रहेका अधिकांश नेतालाई प्रत्यक्षतर्फबाट उठाउने नीति पार्टीले लिएको बताए । उनी स्वयं सप्तरी २ बाट प्रदेशसभा निर्वाचनमा उठ्ने तयारीमा छन् । सुमनका अनुसार पार्टीले प्रदेश नम्बर ४ बाहेक सबै प्रदेशमा समानुपातिकतर्फबाट उम्मेदवार बनाएको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फको १ सय १० वटै सिटका लागि उम्मेदवारको सूची आयोगमा बुझाएको छ । पार्टीका अन्य अध्यक्षहरू राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव तथा दोस्रो तहका नेताहरू वृषेशचन्द्र लाल, लक्ष्मणलाल कर्ण, सर्वेन्द्र शुक्ल, जितेन्द्र सोनललगायत नेता प्रत्यक्षबाट चुनावमा उठ्नेछन् । सुमनका अनुसार स्थानीय चुनावमा उम्मेदवार भएकालाई समानुपातिकको सूचीमा समेटिएको छैन । त्यस्तै यसअघि समानुपातिकबाट सांसद भएकालाई सकभर बन्दसूचीमा राखिएको छैन । संघीय समाजवादी फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र उपाध्यक्ष रेणु यादवसहितका केही वरिष्ठ नेतालाई समानुपातिकको सूचीमा राखेको छ । उपेन्द्र यादव, अशोक राई, रामसहाय यादव र लालबाबु राउतलगायत नेता प्रत्यक्षबाट उम्मेदवार हुनेछन् । पार्टी उपाध्यक्ष लालबाबु राउतले प्रतिनिधिसभाको समानुपातिकतर्फको १ सय १० वटै सिटमा र ७ वटै प्रदेशका लागि समानुपातिक उम्मेदवारी दिइएको बताए । यो खबर आजको कान्तिपुरबाट लिइएको हो ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु