Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

३ हजार म्यादी प्रहरीको लिखित परिक्षाको रिजल्ट आज

2017 Oct 26 9:23 AM 23

विज्ञापन

Birat Cancer Hospital
३ हजार म्यादी प्रहरीको लिखित परिक्षाको रिजल्ट आज

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले ३ हजार म्यादी प्रहरीको लिखित परिक्षाको रिजल्ट आज प्रकासित गर्ने भएको छ ।

दुई दिन रात भरि कपि चेक गर्दा पनि नसकिए पछि परिक्षाको रिजल्ट बुधबार ३ बजे हुने भनिए पनि आज बिहीबार प्रकासित गर्ने गरी सुचना टांस गरी सुचना प्रदान गरिएको थियो । तर धेरै गरिबका छोरा छोरीहरु केही काम होला र केही पैसा भयो भने घरमा खोले भात खान पाइएला भन्ने सोचमा आएको ती म्यादी प्रहरीहरुको रिजल्ट साच्चै निश्पक्ष होला या भनसुनमा होला त्यो त आजको रिजल्ट ले नै देखाउने छ । आगामी मंसिरको तेस्रो साता हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा म्यादी प्रहरीका लागि मोरङ जिल्लामा करिब १२ हजारले निबेदन दिएका थिए । भाइटिकाको भोलि पल्ट देखि फिजिकल टेष्ट भएकोमा ७ गते लिखित परिक्षा भएको थियो । जसको रिजल्ट आज प्रकासित गर्ने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । म्यादी प्रहरीमा भर्नाका लागि निवेदन दिएकाहरुमध्ये शारिरिक तन्दुरुस्ती परीक्षामा करिब ६ हजार भन्दा बढीले पास गरेको थिए । यसरी पास गरेका निवेदकहरुको लिखित परीक्षा दिएका थिए । स्थानीय सहिद रंगशालामा भएको परीक्षामा ६ हजार २ सय २९ जना सहभागि भएका थिए । परीक्षार्थीलाई १ सय पूर्णाङकको २५ वटा प्रश्न सोधिएको थियो । मोरङका लागि ३ हजार १ सय ५७ जना म्यादीको कोटा निर्धारण गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक अरुण कुमार बि.सी.ले जानकारी दिनुभयो । म्यादी प्रहरीमा भर्नाका लागि मोरङबाट ११ हजार १ सय ३७ जनाले आवेदन दिएकामा शारीरिक तन्दुरुस्ती परीक्षामा २ हजार ४ सय ७० जना असफल र २ हजार ४ सय ३८ जना अनुपस्थित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो