Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगरलाई प्रादेशिक राजधानी बनाइने – महेश आचार्य

2017 Nov 6 1:50 PM 54

विज्ञापन

Birat Cancer Hospital
विराटनगरलाई प्रादेशिक राजधानी बनाइने – महेश आचार्य
नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकको समृृद्धिका लागि राष्ट्रिय विकासको एजेण्डामा नेपाली काँग्रेस राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने बताउनुभएको छ ।नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्र र मानवअधिकारको संरक्षणका साथै हिमाल, पहाड र तराईलाई खण्डित हुन नदिन ठोस् रणनीतिका साथ नेपाली काँग्रेस निर्वाचनमा होमिएको स्पष्ट पार्नुभयो । मोरङ क्षेत्र नं–४ का प्रतिनिधि सभाका उम्मेदवारसमेत रहनुभएका नेता आचार्यले प्रादेशिक राजधानी विराटनगरलाई बनाउने साझा संकल्पका साथ अगाडि बढ्ने उल्लेख गर्नुभयो ।केन्द्रीय सदस्य आचार्यले सोअनुरुप विराटनगरको पूर्वाधार निर्माणका लागि सुहाउँदो सडक सञ्जाल, पाँच वर्षमा रंगशालाको पूर्णता दिने, सभागृह निर्माण, अस्पतालमा सुधारका साथै चीनसम्म सडक विस्तारका लागि विराटनगर–किमाथान्का सडक निर्माणमा जोड दिने बताउनुभयो । अर्का केन्दीय सदस्य एवं मोरङ क्षेत्र नंं–२ का उम्म्ेदवार डा मीनेन्द्र रिजालले ‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसको नेतृत्वमा समृृद्धि र अभियान’ मूलनाराका साथ काँग्रेस निर्वाचनमा होमिएको प्रशंग उल्लेख गर्दै मोरङको क्षेत्र नं–२ लाई राष्ट्रिय पहिचानको क्षेत्र बनाउने उद्घोष गर्नुभयो । मधेशी, पहाडी र जनजातिलाई जोड्ने पार्टीको रुपमा नेपाली काँग्रेस रहेको भन्दै उहाँले मधेशीलाई विदेशी देख्ने राष्ट्रवादलाई रोक्नुपर्ने विषयमा जोड दिनुभयो ।नेपाल प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसको तर्फबाट मोरङ क्षेत्र नं १ का उम्मेदवार एवं पार्टी सभापति डिगबहादुर लिम्बू, क्षेत्र नं ३ का उम्मेदवार सुनील शर्माले नेपाली काँग्रेसद्वारा नै मुलुकको समृृद्धि हुने उल्लेख गर्दै मोरङमा स्वास्थ्य, शिक्षा, सुकुम्बासी, नदी नियन्त्रणलगायतका समस्याको समाधानका लागि ठोस् पहल गर्ने प्रतिबद्धता प्रकट गर्नुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला