Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

आफनो क्षेत्रमा म चार हजार बढी मतले सहजै जित्छु – पूर्बमन्त्रि लालबाबु पण्डित

2017 Nov 7 9:33 PM 29

विज्ञापन

Birat Cancer Hospital
आफनो क्षेत्रमा म चार हजार बढी मतले सहजै जित्छु – पूर्बमन्त्रि लालबाबु पण्डित
बिराटनगर । एमालेका पोलिटव्युरो सदस्य तथा पूर्बमन्त्रि लालबाबु पण्डितले विराटनगरलाई महानगर हुनबाट बन्चित गराउने कााग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइराला नै भएको जिकिरे गरेका छन् । प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पण्डितले विराटनगरलाई पहिलो चरणमै महानगर बनाउन गरिएको संघर्ष कााग्रेस केन्द्रिय सदस्य कोइरालाले बिभिन्न अडचन हालेर असफल बनाएको र आफनो भोटको राजनिती गरेको बताए । अहिले कागजमा बनेको महानगरपालिकाले विराटनगरबासीको पुर्वाधारमा कुनै काम नगर्ने भएको हुदां यसलाई बनाउन र महानगरको स्तर उकास्न सकिने बताए ।llll एमाले पार्टीले तत्कालीन टङ्कीसिनवारी गाविस समेतलाई गाभेर विराटनगरलाई महानगरपालिका बनाउनु पर्ने अभियान चलाएको तर स्थानीय तह पुन:संरचना आयोगमा गएर बुझदा आयोगका अधिकारीहरुले नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालालाई राजी गराउनुहोस् अनि मात्र हामी विराटनगरलाई महानगरपालिका बनाउछौ र टङ्कीसिनवारीलाई पनि महानगरपालिकामा गाभ्न सकिने जानकारी दिएको तितो अनुभव सुनाएका छन् । मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पण्डितले आफू मन्त्री हुदा गरेको कामलाई स्मरण गर्दै भने,‘विराटनगरलाई महानगर बनाउन स्थानीयले सरकार समक्ष प्रस्ताव गरेका थिए तर कााग्रेस नेता कोइरालाले आपत्ति जनाउदै महानगर बन्न दिएनन् ।’ पूर्वमन्त्री समेत रहेका पण्डितले चुनावी स्वार्थ पुरा गर्न कोइरालाले तत्कालको टंकिसिनवारी गाविसका जनताहरु विराटनगरमा गाभिन तयार रहेको भएपनि उनले अस्विकार गरी बाधा उत्पन्न गराएको आरोप लगाए । कोइराला तत्काल उक्त ७ नम्बर क्षेत्रका सांसद पनि थिए । वाम गठबन्धनबाट चुनावी प्रतिस्र्धामा रहेका पण्डितले बुढीगंगा गाउापालिकालाई समेतलाई मिलाएर बृहत्तर विराटनगर महानगर बनाउने र विराटनगरलाई प्रदेशको राजधानी बनाउने एजेण्डा लिएका छन् । पत्रकारहरु माझ नेता पण्डितले भने,‘पहिले विराटनगरलाई महानगर बनाउन हुंदैन भनेर बाधा हाल्नेहरु अहिले लाज पचाएर विराटनगरमै भोट मागिरहेका छन् ।’ उम्मेदवार पण्डितले आफूसाग चुनाव लड्ने पैसा नभएको तर आफनो क्षेत्रका मतदाता र विदेशमा रहेका नेपालीहरुले आर्थिक संकलन गरेर सहयोग गरिरहेको सुनाए । पण्डितले कोइरालालाई पैसाबाला प्रतिस्र्धीको संज्ञा दिदै भने,‘पैसा खर्चेकै भरमा जनताले भोट दिएर विजयी गराउदैनन् । म जस्तै आत्मबिश्वासी र सदाचारीलाई विजयी गराउनछन् ।’ नेपालको माया गर्ने र सुशासन रुचाउनेहरुले विशेष माया सद्भावका साथ विजयी गराउने उनले दाबी गरे । म चार हजार बढी मतले सहजै जित्छु ।’ सो क्षेत्रमा विराटनगरको ५, ६, ७, ९, ११ र १२ नम्बर र सुन्दर हरैचा नगरपालिकाको २, ३, ४, ५, ६, ७ नम्बर वडा रहेको छ । क्षेत्र नम्बर ६ मा १ लाख १० हजार ३ सय २२ जना मतदाता छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?