Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

टंकीसिनुवारीलाई विराटनगरमा गाभिन नदिने शेखर कोइराला हुन् : लालबाबु पण्डित

2017 Nov 8 7:14 AM 16

विज्ञापन

Biratkhavar
टंकीसिनुवारीलाई विराटनगरमा गाभिन नदिने शेखर कोइराला हुन् : लालबाबु पण्डित
नेकपा एमालेका पोलिटब्युरो सदस्य लालबाबु पण्डितले साविक मोरङको टंकीसिनुवारी गाविसलाई विराटनगर महानगरमा गाभिन नदिन कांग्रेस नेता शेखर कोइरालाको हात रहेको आरोप लगाएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर मोरङले मंगलबारदेखि सुरु गरेको ‘पत्रकारसँग उम्मेदवार छलफल’ कार्यक्रममा बोल्दै नेता पण्डितले यस्तो आरोप लगाएका हुन् । सो क्षेत्रबाट कांग्रेस उम्मेदवार डा. शेखर कोइरालासँग प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा रहेका नेता पण्डितले एकदिन मात्र विराटनगर महानगरमा गाभिएको टंकीसिनुवारी पछि नगाभिएपछि आफूले १५ हजारभन्दा बढी स्थानीयको हस्तारक्षर राज्य पुनर्संरचना आयोगलाई बुझाउँदा सोही क्षेत्रबाट निर्वाचित तात्कालीन सांसद कोइरालासँग कुरा मिलाउन भनेको र उनले टंकीलाई विराटनगरमा गाभ्न अस्वीकार गरेको आरोप लगाए । उनले आफूले निर्वाचन जितेमा विराटनगरलाई प्रदेशको राजधानी बनाइछाड्ने उद्घोषसमेत गरे । विराटनगरलाई प्रदेशको राजधानी बनाउनका लागि आफू दृढ संकल्पित रहेको नेता पण्डितको भनाइ थियो । उनले अहिले विराटनगर नाम मात्रैको महानगरपालिका भएको भन्दै यसलाई साँच्चैको महानगर बनाउने बताए । नेता पण्डितले विराटनगरलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउने साथै क्षेत्र नम्बर ६ मा रहेको अव्यवस्थित बसोबासलाई व्यववस्थित बनाउने बताए ।कार्यक्रममा क्षेत्र नम्बर ६ क का प्रदेशसभा उम्मेदवार जीवन आचार्यले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने बताए । उनले जोगवनी–किमाथान्का हुँदै चीनसँग व्यापार बढाउनका लागि पहलकदमी गर्ने समेत बताए । सुन्दर–हरैंचामा रहेको हसिना सिमसारलाई पूर्वकै पर्यटकीयस्थलको रुपमा विकास गरिने आचार्यले बताए ।क्षेत्र नम्बर ६ (ख) का उम्मेदवार रमेश पोखरेलले विराटनगर रिङरोडको स्तरोन्नति, प्रविधिमय नगर, विराटनगरलाई राजनीतिक पर्यटन क्षेत्र, स्मार्ट सिटी र युवालाई स्वरोजगार बनाउनमा आफू लागिपर्ने बताए । प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त आयोजनामा आगामी कात्तिक २७ सम्म हरेक दिन फरक–फरक क्षेत्रका प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारसँग छलफल कार्यक्रम गरिने प्रेस चौतारी मोरङका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए ।बुधबार क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शिवकुमार मण्डल, प्रदेशसभा सदस्य उम्मेदवार ज्ञानेश्वर राजवंशी र सुभाम मियाँसँग छलफल हुने बताइएको छ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु