Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगरलाई राजधानी बनाउन संघर्ष गर्ने :– क्षेत्र.४ का प्रतिनिधी सभा उम्मेदवार मोदी

2017 Nov 12 1:30 PM 29

विज्ञापन

Birat Cancer Hospital
विराटनगरलाई राजधानी बनाउन संघर्ष गर्ने :– क्षेत्र.४ का प्रतिनिधी सभा उम्मेदवार मोदी
विराटनगर । निवर्तमान सांसद तथा मोरंग क्षेत्र नम्वर ४ का उम्मेदवार अमनलाल मोदीले विराटनगरलाई राजधानी बनाउन जस्तो सुकै संघर्ष गर्न तयार रहेको बताउनु भएको छ । जस्तो सुकै संघर्ष गर्न पनि तयार रहेको भन्दै उहााले भन्नुभयो,‘ सहिद हुनु परे पनि होउला ।’ प्रेस चौतारी मोरंग र प्रेस सेन्टर मोरंगको संयुक्त आयोजनामा आज विराटनगरमा आयोजित पत्रकारसाग उम्मेदवार कार्यक्रममा उम्मेदवार निधिले विराटनगर विमानस्थललाई अन्र्तराष्ट्रिय स्तरको बनाईने बताउनुभयो । ४–४ पटक मन्त्री भईसकेका व्यक्तिले क्षेत्र नंवर ४ को विकास नगरेको भन्दै उहााले जनता आफ्नो पक्षमा बताउनुभयो । ५ वर्ष भित्रमा क्षेत्र भित्रका सम्पूर्ण सडकको स्तरोन्नती गरिसक्ने उहााको भनाई छ । स्थानीय पर्यटकीय स्थलहरुको विकास गर्ने आफ्नो प्राथमिकता भित्र रहेको मोदीले बताउनुभयो । कार्यक्रममा क्षेत्र नं ४ ख का उम्मेदवार जीवन घिमिरेले प्रदेश सभा मार्फत विराटनगरलाई राजधानी बनाउन भूमिका खेल्ने बताउनुभयो । प्रदेश नं १ को राजधानी विराटनगर बाहेक अन्यत्र हुनै नसक्ने उहााले बताउनुभयो । उहााले भन्नुभयो,‘ विराटनगरलाई राजधानी बनाउनका लागि जीवन मरणको लडाई लड्न तयार छु ।’ उहााले विराटनगरमा व्यवस्थित बधशाला निर्माण, कृषि बजारको निर्माण, रिङरोडको निर्माण सम्पन्न गर्ने लगायतका कार्यहरु आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । क्षेत्र नं ४ क का उम्मेदवार विजय विश्वासले कृषिमा यान्त्रीकरण र यूवा स्वरोजगार आफ्नो मुख्य एजेण्डा भएको बताउनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?