Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पथरी युवा वाम गठवन्धन घोषणा– पथरीशनिश्चरे

2017 Nov 17 1:54 PM 28

विज्ञापन

Birat Cancer Hospital
पथरी युवा वाम गठवन्धन घोषणा– पथरीशनिश्चरे
मोरङ । वाम गठवन्धनका उम्मेदवारलाई जिताउन पथरी नगरपालिकाका युवाहरुले पथरी युवा वाम गठबन्धन निर्माण गरी घोषणा गरेका छन् । वाम गठवन्धनका उम्मेदवारलाई जिताउन पार्टी समेत एकीकरण गर्नुपर्ने खवरदारी सन्देशका साथ नेकपा एमाले र माओवादी केन्द्र आवद्ध मोरङको पथरीशनिश्चरे नगरका युवाहरुले निर्वाचन प्रचारप्रसार सहितका विभिन्न उपसमिति निर्माण गरेका छन् । मोरङको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत ‘क’ उपक्षेत्रमा पर्ने पथरीशनिश्चरेको वडा नम्बर १, २, ३, ४, ७, ८, ९ र १० नम्बर वडाका दुवै पार्टीका युवाको भेलाले निर्वाचन प्रचार प्रसार सहितका उपसमिति गठन अभियान अघि बढाएका छन् । जस अन्तर्गत बुधबार पथरीशनिश्चरे १ मा एमाले १ नम्बर शाखा अध्यक्ष भीमकुमार राईको संयोजकत्वमा ५ सय १ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ । समितिको सहसंयोजकमा माओवादी केन्द्रका जिल्ला सदस्यमा जयमान लिम्बू र सचिवमा एमालेका १ नम्बर शंखा सचिव भूमिनन्द ढकाल रहेका छन् । त्यस्तै, भीमकुमार राई संयोजक र भूवनसिंह लिम्बू सहसंयोजक रहेको ५१ सदस्यीय सचिवालय गठन भएको छ । तुलसीराम ढकाल इञ्चार्ज, जयमान लिम्बू सहइञ्चार्ज र भूवनसिंह लिम्बू संयोजक रहेको ११ सदस्यीय निर्वाचन परिचालन समिति समेत गठन भएको छ । अवको बैठकले आर्थिक व्यवस्थापन, युवा परिचालन, महिला परिचालन, वाणिज्य विभाग, श्रमिक परिचालन, मतदाता शिक्षा, होटल व्यवसायी परिचालन उपसमिति समेत गठन गरी निर्वाचन अभियानलाई प्रभावकारी बनाइने योजना रहेको मुल संयोजक भीमकुमार राईले जनाए । युवा भेलामा, एमालेका जिल्ला सल्लाहकार मानप्रसाद लिम्बू, माओवादी केन्ऽका केन्ऽीय आयोजक समिति सदस्य दिनानाथ तिम्सिना, एमालेकी समानुपातिक उम्मेदवार कृष्णकुमारी राईले वाम गठबन्धनलाई प्रभावकारी बनाई बहुमत हाासिल गर्दै पार्टी एकीकरण कार्यमा सवैलाई सक्रिय बनाउनु पर्ने धारणा राखेका छन् । पैसा र स्वास्थ्य शिविरको क्षणिक भ्रममा नपरी देश विकासका लागि आवश्यक रहेको वामपन्थीहरुको सरकार निर्माण गर्नु आवश्यक रहेको कुरा गाउागाउामा प्रष्ट्याउनु पर्नेमा उनीहरुको जोड छ । सो क्षेत्रमा प्रतिनिधिसभाका लागि एमालेका प्रभावशाली नेता भानुभक्त ढकाल तथा प्रदेशसभा ‘क’ उपक्षेत्रमा माओवादीकी युवा नेतृ गीता तिम्सिना र ‘ख’ उपक्षेत्रमा एमालेका युवा नेता राजकुमार ओझा उम्मेदवार रहेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?