Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मतदातालाई आफ्नो पार्न चुनाबलाई कहिले पिढी र कहिले कोण सभा गर्दै क. कुशल

2017 Nov 20 3:03 PM 30

विज्ञापन

Birat Cancer Hospital
मतदातालाई आफ्नो पार्न चुनाबलाई कहिले पिढी र कहिले कोण सभा गर्दै क. कुशल
उर्लाबारी । वाम गठबन्धन मोरङ क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल लिम्बू) यतिबेला पिढी सभा र कोण सभामा ब्यस्त रहेका छन् । शनिबार पनि उर्लाबारीका विभिन्न वडाहरुमा पिढी सभा तथा कोण सभामा प्रदेश सभाका उम्मेद्वार कुशल लिम्बुले सम्बोधन गर्दै वाम गठबन्धनको पक्षमा मतदान गर्न अपिल गरेका छन् । नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ, मोरङ सचिवालय सदस्य मानबहादुर श्रेष्ठ, माओबादीका पोलिटब्यूरो सदस्य महेन्द्रजंग तामाङसहितको टोली पिढी सभा र कोण सभामा सक्रिय रहेको छ । उर्लाबारी–७ को नमूना चौक, मूनाल टोल, बरगाछी, कुलुङ चौकमा पिढी सभा भएको छ । त्यस्तै, उर्लाबारी–१, ५, ६ र ९ को संयुक्त वडा भेला कार्यक्रम भएको छ । उक्त कार्यक्रममा प्रदेश सभा (क) का उम्मेद्वार कुशल, प्रदेश सभा सदस्य समानुपातिक उम्मेद्वार ममता राजवंशीलगायतको सहभागिता रहेको थियो । उम्मेद्वारहरुले स्थायी सरकार र दिगो विकासका लागि एक पटक वामपन्थी गठबन्धनलाई मतदान गरी विजयी गराउन अपिल गरेका छन् । क्षेत्रको सम्रग विकासका लागि आफूले उम्मेद्वारी दिएको प्रष्ट पार्दै कुशलले भने–‘ पााच बर्षमा मोरङ क्षेत्र नं.–१ लाई विकसित र समृद्ध क्षेत्रका रुपमा विकसित गराउने छौं ।’ जनतालाई झुटो आश्वसन आफूले नदिएको उल्लेख गर्दै मोरङ क्षेत्र नंं. १ मा वामगठबन्धनले जिते विकासको लहर लाग्ने उनको दाबी छ । ‘जनताले अब विकास र समृद्धी चाहेका छन्, त्यो वाम गठबन्धनको नेतृत्वमा मात्र पूरा हुन सक्छ’ उनले भने–‘ अब आमूल परिर्वतनका लागि वाम गठबन्धनलाई मत दिनुहोस् ।’

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?