Live
| शनिबार, साउन २, २०८३
EN
arya newro
BiraKhabar
बिचार

‘एक नम्बर प्रदेशको राजधानी विराटनगर हुन्छ’--महेश आचार्य, उम्मेदवार, मोरङ क्षेत्र नम्बर ४, नेपाली कांग्रेस

2017 Nov 20 3:09 PM 85

विज्ञापन

Birat Cancer Hospital
‘एक नम्बर प्रदेशको राजधानी विराटनगर हुन्छ’--महेश आचार्य, उम्मेदवार, मोरङ क्षेत्र नम्बर ४, नेपाली कांग्रेस
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिएसागै दलहरूले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । खासगरी आसन्न निर्वाचनमा नेपाली कांग्रेस र वामगठबन्धबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ नम्बर क्षेत्रमा पनि चुनावी प्रचारलाई तीव्र बनाएका छन् दलहरूले । नेपाली कांग्रेसका प्रभावशाली नेता, पूर्वमन्त्री महेश आचार्य यतिबेला मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकको दिगो आर्थिक समृद्धिका लागि कांग्रेसको जित अपरिहार्य भएको मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका आचार्य बताउछन् । कांग्रेस नेतृत्वले मात्रै जनताका सपना साकार बनाउने उनी दाबी गर्छन् । नेता आचार्यसाग बिराटखबरका सम्पादक अबिजाल बिष्टले गर्नु भएको कुराकानीको  सारांस पाठक सामु प्रस्तुत गरिएको छ : चुनावी प्रचार प्रसार कस्तो चल्दैछ ? प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब २५ दिनमात्रै बााकी छ । मतदाताको बीचमा पुगिरहेको छु । बिहानैदेखि राति अबेरसम्म मतदाताकै बीचमा हुन्छु । घरदैलामा पुग्दा मतदाताहरूबाट पाएको प्रतिक्रियाले निकै उत्साहित पनि छु । ठाउा–ठाउामा अन्य पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूको पनि लहर चलेको छ । यसले मलाई मात्रै होइन समग्र कांग्रेसलाई नै उत्साहित बनाएको छ । समग्रमा हेर्दा कांग्रेसको पक्षमा जनलहर अत्यन्तै बढेको छ । चुनावमा बेला हुने पार्टी प्रवेशलाई कसरी हेर्नु भएको छ ? कांग्रेस भनेको विगत ७ दशकभन्दा लामो समयदेखि प्रजातन्त्र र लोकतन्त्रका लागि संघर्ष गरेको पार्टी हो । देशको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस नै हो । समावेशिताको आवाज पहिलोपटक बुलन्द गर्ने पार्टी पनि कांग्रेस नै हो । यो देशको हरेक राजनीतिक परिवर्तनको नेतृत्व पनि कांग्रेसले नै गरेको छ । यसले गर्दा कांग्रेसप्रति जनताको भरोसा निकै छ । यो देशको आर्थिक समृद्धि यदि कुनै राजनीतिक दलले गर्छ भने कांग्रेस नै हो भन्ने आममतदाताले बुझिसक्नु भएको छ । हिमाल, पहाड र तराईलाई भावनात्मक रूपमा जोड्ने पार्टी पनि कांग्रेस नै भएकाले नेकपा एमाले, माओवादी केन्द्र र मधेसवादी दल परित्याग गरेर कांग्रेसमा प्रवेश गर्नेहरूको लहर चलेको छ । तपाईंको चुनावी एजेण्डा के के हुन ? कसरी मतदातामाझ गइरहनुभएको छ ? संविधान जारी भएसागै अब नेपालमा राजनीतिक क्रान्ति पूरा भएको छ । ७ दशक लामो संघर्षपछि कांग्रेसकै नेतृत्वमा संविधानसभाबाट संविधान जारी भएको छ । अब त्यसको पूर्ण कार्यान्वयन गराउने मुख्य जिम्मेवारी पनि कांग्रेसकै कााधमा छ । संविधानको रक्षा गर्दै मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनु कांग्रेसको दायित्व हो । खासगरी विकास निर्माणसागै आर्थिक समृद्धिका मुद्दाहरू लिएर मतदाताको बीचमा पुगिररहेको छु । पूर्वअर्थमन्त्री पनि हुनुहुन्छ, यो क्षेत्रको विकासका लागि के छ योजना तपार्इंसाग ? नेकपा एमालेले अरुण तेस्रो बन्न नदिनुलाई दुर्भाग्य नै मान्नुपर्छ । यदि त्यतिबेला एमालेले अरुण तेस्रो बनाउन दिएको भए पूर्वमात्रै नभएर मुलुककै आर्थिक समृद्धि निकै माथि पुगिसकेको हुन्थ्यो । पूर्वको विकासमा त अरुण तेस्रोले कायापलट नै सिर्जना गथ्र्यो । यो क्षेत्रको विकासका लागि जोगबनी–किमाथांका सडक निर्माण, विराटनगर विमानस्थलको स्तरोन्नति गरेर क्षेत्रीय विमानस्थल, आईसीपी, विराटनगर जुट मिल सञ्चालन, मोरङ–सुनसरी औद्योगिक क्षेत्र स्थापना, विशेष आर्थिक क्षेत्र (सेज) को निर्माण, रिङ रोडलाई पूर्णता दिने, कटहरीसम्म रेलको लिङ्क जोड्ने, विराटराजाको दरबार क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने, बाहुनी–नेताचोक हुादै विराटनगरसम्मको सडकलाई स्तरोन्नति गरी कालोपत्रे गर्ने, सिंघियाखोलामा तटबन्ध निर्माण गर्नेलगायत थप्रै योजना छन् मसित । यी योजनाहरूलाई मैले चुनावी एजेण्डाका रूपमा प्रस्तुत गरेको छु । विगतमा पदमा छादा तपाईंले आफ्नो क्षेत्रमा के के गर्नुभयो ? तत्कालीन क्षेत्र नम्बर ६ र हालको ४ नम्बर क्षेत्रमा मैले दर्जनौं विकास निर्माणको काम गरेको छु । खासगरी जनताले हामीलाई विकास निर्माणभन्दा पनि संविधान लेख्नका लागि चुनेर पठाउनुभएको थियो । संविधान लेख्ने मुख्य दायित्व हामीले पूरा गर्‍यो । साथमा विकास निर्माणका काम पनि गर्‍यौं । पुष्पलालचोक–विराटचोक सडक निर्माण कांग्रेसले नै गरेको हो । मानगढ खानेपानी आयोजना कांग्रेसकै परिकल्पना हो । बैजनाथपुरको रंगशाला निर्माण, मिलनचोक–कटहरी कालोपत्रे, सिंघिया खोलामा पुल निर्माणलगायत दर्जनौं विकास निर्माणका काम मैले गरेको छु । दर्जनौं चालु अवस्थामा छन् । त्यसलाई पूरा गर्न पनि मेरो उम्मेदवारी हो योपटक । तपाईंको क्षेत्रमा आदिवासीहरूको बाहुल्यता छ, उनीहरूको कला, संस्कृति संरक्षणका लागि के छन् योजना ? नेपाल भनेको विभिन्न जातजाति बसोबास गर्ने सुन्दर फूलबारी हो । सबै जातजातिको भाषा, कला र संस्कृति संरक्षण गर्नु हाम्रो दायित्व हो । हरेक प्रदेशमा एउटा भाषा, कला र साहित्य हेर्ने एकेडेमी स्थापना गर्ने कांग्रेसको घोषणापत्रमै उल्लेख छ । त्यो एकेडेमीले हेर्ने गरी यो क्षेत्रमा आदिवासी, जनजातिको मात्रै होइन अन्य जातजाति र धर्म समुदायका मानिसको कला र संस्कृतिको संरक्षण गर्नेछ । प्रदेशको राजधानीका विषयमा तपाईंको धारणा के छ ? अन्य ठाउाका जनताको भावनालाई उनीहरूको चित्त नदुख्ने गरी प्रादेशिक राजधानी विराटनगर बनाउन कांग्रेस प्रतिबद्ध छ । र, १ नम्बर प्रदेशको राजधानी विराटनगर नै हुन्छ । कांग्रेसको धारणा पनि यही हो । अहिलेको विराटनगरलाई मात्रै समेटेर भन्दा पनि वृहत्तर विराटनगरको अवधारणाअनुसार प्रदेशको राजधानी बनाउनुपर्छ भन्ने हाम्रो सोच छ । दुहबी, इटहरी, विराटचोकलगायतका क्षेत्रलाई समावेश गरेर वृहत्तर विराटनगरको अवधारणासहित विराटनगरलाई १ नम्बर प्रदेशको राजधानी बनाउनुपर्छ । यहााको ऐतिहासिकता र भौतिक संरचनाको विकासका कारणले पनि विराटनगर प्रादेशिक राजधानी हुनेमा निश्चिन्त रहन विराटनगरवासीलाई आग्रह गर्दछु । वामगठबन्धनले र लोकतान्त्रिक शक्तिबीच कस्तो चुनावी प्रतिस्पर्धा हुने आाकलन गर्नु भएको छ ? लोकतन्त्र र कांग्रेस एकअर्काका पर्याय हुन् । कांग्रेसलाई सिध्याउनु भनेको लोकतन्त्रलाई सिध्याउनु हो । यो जनताले बुझेका छन् । मंसिर २१ गतेपछि थाहा भइहाल्छ नि को पत्तासाफ हुन्छ भनेर । नेकपा एमाले र माओवादी केन्द्रबीचको वामगठबन्धन के उद्देश्यका लागि भएको भन्ने जनताले थाहा पाइसकेका छन् । उनीहरूकै एउटै उद्देश्य हो दुई तिहाई ल्याएर संविधान परिवर्तन गरी मुलुकमा अधिनायकवाद लाद्नु हो । मुलुकलाई पुन: पछाडि धकेल्नु हो । नेपाली जनता सजग भइसकेका छन् । सत्ता प्राप्तिको गठबन्धन हो उनीहरूको ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?