Live
| शनिबार, जेठ १६, २०८३
EN
arya newro
BiraKhabar
बिचार

कुशल लिम्बू चुनाबी मैदानमा– जनताको सेवक भएर काम गर्ने मन छ

2017 Nov 25 8:29 PM 80

विज्ञापन

Birat Cancer Hospital
कुशल लिम्बू चुनाबी मैदानमा– जनताको सेवक भएर काम गर्ने मन छ
उर्लाबारी । मोरङ जिल्लामा सुपरिचित नाम हो, कुलप्रसाद साम्बा (कुशल लिम्बू) । नेकपा माओबादी केन्ऽ मोरङको इन्चार्ज तथा पोलिटब्यूरो सदस्यसमेत रहेका कुशल यतिबेला मोरङ क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका छन् । एमाले र माओबादीको संयुक्त वाम गठबन्धनबाट साझा उम्मेद्वार बनेका कुशल चुनाबी मैदानमा उत्रिएका छन् । मोरङ जिल्लाकै दोस्रो ठूलो शहर उर्लाबारी र मिक्लाजुङ गाउापालिका वडा नं. २, ३, ६ , ७, ८ र ९ समेटेर मोङ क्षेत्र नं. १ को (क) निर्धारण गरिएको छ । उक्त क्षेत्रमा चुनाबी कोण सभा र घरदैलो गरिरहेका मिक्लाजुङ–३ निवासी जुझारु, गतिशिल युवा नेता कुशल जनताको सेवक बन्न आएको बताउाछन् । ‘जनताको सेवक भएर काम गर्ने मन छ’ उनी भन्छन्,‘सेवक भएर काम गर्न दिने वा नदिने त्यो अधिकार आम जनताको हातमा छ ।’ चुनाबी सेरोफेरोमा रहेर उनीसाग गरिएको कुराकानी: तपाईको उम्मेद्वारी किन र के का लागि ? –संविधानमा व्यवस्था भएका जनताको मौलिक अधिकार सुनिश्चितता, देशको विकास र जनताको समृद्धिका लागि मेरो उम्मेद्वारी हो । पााच बर्षसम्म स्थायी सरकार र दिगो विकासका लागि बामपन्थीहरुको सरकार बनाउनु पर्छ । ६/६ महिनामा फेरिने सरकारले दिगो विकास हुादैन । तसर्थ देशको आमूल परिर्वतन र आर्थिक विकासका लागि दिगो स्थायी सरकार चाहिन्छ । त्यसैका लागि वामपन्थी शक्तिहरु एक भएका छन् । यस पटक जनताले वामपन्थीहरुको नेतृत्वमा स्थायी सरकार र दिगो विकास चाहेका छन्, त्यो पूरा गर्नका लागि पनि मेरो उम्मेद्वारी हो । चुनाव कस्तो लागिरहेको छ ? –चुनावमय देश बनिरहेको छ । कृषकहरु यतिबेला बाली भित्र्याउने कार्यमा जुटिरहनु भएको छ । तर, पनि उहााहरुले समय मिलाएर देश बनाउने सवाल भएकाले निर्वाचनमा जुटिरहनु भएको । पार्टीका नेता–कार्यकर्ता सबैलाई चुनाव लागेको छ । सबै जनताको घरदैलोमा जान व्यस्त छन् । म स्वयं नै उम्मेदवार छु । त्यसैले पनि चुनाव र भोटबाहेक मेरो दिमागमा अरू केही छैन । म जनताको घरदैलोमा पुगेर भोट मागिरहेको छु । यस क्षेत्रको समस्या र सम्भावना के के देख्नु भएको छ ? – यहााको मुख्य कुरा आयआर्जनको समस्या छ । पर्यटन र औद्योगिक क्षेत्रको सम्भावना भएर पनि यहााका जनताले त्यो उपयोग गर्न पाएका छैनन् । शिक्षा, स्वास्थ्य, रोजगारका समस्याहरु छन् । सडक, विजुली वत्तीदेखि गाउामा स्वास्थ्यको पहुाच पुर्याउन सकिरहेको छैन । सुकुम्बासीको समस्या छ भने बर्षौदेखि जोतभोग गर्दै आएको जग्गाको अभफैसम्म लालपूर्जा छैन । यहााका जनता लामो समयदेखि खोलाको समस्यामा छन् । मावा र वक्राहा खोलाबाट पीडितहरुको समस्या अहिलेसम्म पनि सम्वोधन हुन सकेको छैन । तटबन्धनको काम प्रभावकारी भएको छैन । यस क्षेत्रलाई अन्तराष्ट्रिय दातृ निकायको पनि सहयोग जुटाएर सम्वृद्ध बनाउन जरुरी छ । त्यसका लागि म मुखले बोलेर होइन । काम गरेर देखाउाछु । पााच वर्ष भित्रमा यस क्षेत्रलाई म मोरङकै नमुना क्षेत्र बनाउने छु । यहाा औद्योगिक क्षेत्र बनाउने योजना पनि छ । अन्य विकास निर्माणका कुराहरु पनि छन् । त्यसलाई निरन्तता दिादै थप योजना अघि सारेको छु । त्यो सम्भव छ र म पााच वर्ष भित्रमा मोरङ क्षेत्र नम्वर १ लाई नमुना क्षेत्र बनाउन चाहन्छु । तपाईका चुनावी एजेण्डा के के छन् ? – समग्र मोरङ १ नम्वर क्षेत्रको विकासको लागि मैले काम गर्दै आएको छु । शिक्षा, स्वास्थ्य, रोजगारमा जनताको पहुाच हुने योजना ल्याउने छु । त्यसो त यहाा लामो समयदेखि खोलाको समस्या छ । बक्राहा खोला पीडितहरुको समस्या समाधान अहिलेसम्म पनि हुन सकेको छैन । उनीहरुलाई स्थायी समाधान गर्नु कर्तव्यको रुपमा लिएको छु । यस क्षेत्रलाई औद्योगिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ अघि बढेको छु । यहाा सडकको कुरा छ, नदी नियनन्त्रणको कुरा छ । साथै वाम गठबन्धनका उम्मेद्वारहरुले स्थानीय स्तरको घोषणा पत्र तयार गरेको छ । घोषणा पत्रमा भएका प्रतिबद्धताहरु अक्षरस पालाना गर्दै जनताको हित हुने कार्यमा सदैव अग्रपंक्तिमा रहेर काम गर्ने छु । मंसिर २१ को सन्दर्भमा तपाईको उम्मेदवारी र विजय हुने आधारहरु के के हुन सक्छन् ? – आम जनताले स्थायी सरकार र दिगो विकास चाहेका छन्, त्यसैले पनि मेरो र सम्पूर्ण वाम गठबन्धनका उम्मेद्वारहरुलाई मतदाताहरुले अत्याधिक मत दिई विजयी गराउनु हुनेछ छ भन्ने मैले विश्वास लिएको छु । यस क्षेत्रको स्थानीय तहको निर्वाचनमा पहिलो एमाले र तेस्रो बनेको माओबादी केन्ऽ एक ठाउामा मिलेपछि पराजित हुने त सम्भावना नै छैन । अर्को कुरा जनताको अधिकार स्थापित गराउन सवालमा वामपन्थी गठबन्धनका उम्मेद्वारवाहेक अरुबाट सम्भव पनि छैन, त्यसअर्थ पनि मेरो र वाम गठबन्धनको जीत सुनिश्चित छ । नेताहरुबीच बामगठबन्धन त भयो । तर, कार्यकर्तामाझ अझै गठबन्धन हुन सकेको छैन नि ? –आम पार्टी कार्यकर्ता र जनताहरुले वाम गठबन्धनका बारेमा धेरै बुझिसक्नु भएको छ । बाम गठबन्धन स्थायी सरकार र दिगो विकासका लागि हो । लामो समयदेखि राजनीतिक अस्थिरता सिर्जना हुादा देशको विकास हुन सकेन । र, परिवर्तनशील शक्ति, केही गर्न सक्ने शक्तिको आवश्यकता महसुस भएर वाम तालमेल भएको हो । यो बामगठबन्धनमा मात्रै सिमित छैन् । पार्टी एकिकरण पनि हुन्छ । देशको आर्थिक विकासका लागि पनि यो गठबन्धन हो । त्यसैले पार्टी कार्यकर्ताहरुले इमान्दारका साथ वाम गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गरी अत्याधिक मतका साथ विजयी गराउनेमा म ढुक्क छु । कसैबाट पनि अन्तरघात हुने छैन । यो एक जना उम्मेद्वारको सवाल होइन, देश र जनताको सवाल हो । त्यसअर्थ पनि वाम गठबन्धनलाई आम पार्टी कार्यकर्ता र जनताले बुझ्नु हुनेछ भन्ने मैले अपेक्षा दिएको छु । मोरङ १ (क) का जनतालाई के भन्न चाहानुहुन्छ ? –मोरङ क्षेत्र नं. १ (क) लाई मात्रै हैन, देशभरीका जनतालाई के भन्छु भने परिवर्तनको निम्ति, परिवर्तन मुलुकले चाहेको छ । जनताले चाहेको छ । देशको विकास, देशलाई समृद्धि ल्याउनु आवश्यक छ । बापपन्थीहरुको तालमेलबाट मात्रै सम्भव छ । त्यसकारण मतदान गर्ने बेलामा जनता र देशलाई सोचेर भोट दिनु हुन मेरो अपिल छ । अन्त्यमा केही भन्नु छ की ? –बषौंदेखिको गरिबी र पछौटेपन अन्त्य गर्दै गौरवपूर्ण हतिहासलाई जोगाउादै वर्तमानको सदुपयोग गरी भबिष्य सुनिश्चित गर्नु छ । हाम्रा दुई मूल उद्देश्य छन्, धर्तीको संरक्षण र मानव जातिको सुख–सम्मृद्धि । सम्मृद्ध, समानतायुक्त र सभ्य समाज निर्माण गर्नु छ । छरिएको वामपन्थी शक्तिलाई एक ढिक्का बनाएर निर्वाचनमा विजय प्राप्त गरी राजनैतिक अस्थिरता समाप्त गर्दै मुलुकको विकासलाई तीब्र गतिमा अगाडि बढाउनका लागि यसपालि हामी नेकपा एमाले र नेकपा माओबादी केन्ऽ एकजुट भएका छौं । तपाईहरु सबैले कुनै प्रकारको अलमल नगरी, झठा आश्वासन र प्रलोभनमा नपरी निर्धक्कसाथ वाम गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गरी विजयी गराउनु हुन अनुरोध गर्दछु । साथै मलाई मोरङ क्षेत्र नं. १ (क) बाट गोलाकारभित्रको हसिया हथौडा चुनाव चिन्हमा मतदान गरी अत्याधिक मतका साथ विजयी गराउनु हुन सम्पूर्ण आम मतदाता महानुभावहरुमा अपिल गर्दछु ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो