Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कांग्रेस कार्यकर्ताहरुमा चरम निरासा, युवासंघ र वाइसिएलले दस्ता खटाउदै

2017 Dec 4 9:08 PM 38

विज्ञापन

Birat Cancer Hospital
कांग्रेस कार्यकर्ताहरुमा चरम निरासा, युवासंघ र वाइसिएलले दस्ता खटाउदै
उर्लाबारी  । उर्लाबारी चोकमा शिक्षक समेत रहेका कांग्रेसका एक जना सक्रिय कार्यकर्ताले भेटेजति सबैलाई एउटै प्रश्न गरिरहेका थिए ।    उनको सवाल थियो–‘मोरंग क्षेत्र नम्बर–१मा वाम गठबन्धनले कति मतको अन्तरले जित हात पार्छ ? ’ उनको यही सोधाइबाट कांग्रेस हार्दैछ भन्ने मनोविज्ञान बुझन  सकिन्थ्यो । ‘बृहत आमसभा’भनेर गाँउगाँउबाट कार्यकर्ता र समर्थक जुटाउदा पनि क्षेत्र नम्बर १ को उर्लाबारी,राजघाट,मधुमल्ला र लेटाङमा भएका सभाहरु दयनीय देखिएपछि कांग्रेसको स्थानीय नेतृत्व झस्किएको हो । जबकी कांग्रेसको मुख्य प्रतिस्पर्धी ठानिएको एमाले–माओवादीको संयुक्त गठबन्धनले शनिबार मात्र उर्लाबारी चोकमा हजारौँको उपस्थितिमा आमसभा आयोजना गरिसकेको छ । अझ,वाम गठबन्धनको शक्ति प्रदर्शन देखेपछि कांग्रेसका कार्यकर्ताहरु झनै हतोत्सायी बनेका स्थानीय चिया पसलहरुमा चर्चाको विषय बनेको छ । गत स्थानीय चुनावमा रुखमा भोट हालेका केही व्यक्तिहरुलाई पार्टी प्रवेश गराएर ‘पार्टीले जात्रा देखाएको’ भन्दै कांग्रेसकै कार्यकर्ताहरुले आलोचना गरेका छन् । केही दिनअघि राजघाटमा भएको चुनावी सभामा उर्लाबारीका गोपाल कट्वाल र राजघाटका नरबाहादुर मोक्तानसहित आधा दर्जनलाई टिका लगाइ कांग्रेस प्रवेश गराइएको थियो । स्थानीय चुनावमा कट्वाल उर्लाबारी–४मा राप्रपाका तर्पmबाट वडाध्यक्ष पदका उम्मेदवार थिए भने मोक्तान उर्लाबारी–९मा स्वतन्त्र रुपमा वडाध्यक्ष पदमा उठेका थिए । उनीहरु वडाध्यक्षका उम्मेदवार रहेपनि मेयरमा भने रुखलाई खुल्मखुल्ला भोट माग्दै हिडेको राप्रपाका नेता÷कार्यकर्ताहरुले बताएका छन् । स्थानीय चुनावमा रुखलाई भोट माग्दै हिड्ने व्यक्ति उर्लाबारी–७ का विमल निरौला पनि हुन्,जो देखावटी रुपमा राप्रपाका ‘प्राज्ञिक व्यक्ति’को रुपमा चिनिदै आएका थिए । उनले पनि कांग्रेस प्रवेश गरेर फेसबुकमा सगर्व लेख्न भ्याए–‘लोकतन्त्रको हिमायती कांग्रेसमा प्रवेश गरियो ।’ उनीहरुको पार्टी प्रवेश स्थानीय स्तरमा हाँसोको विषय बनेको छ । मोरंग क्षेत्र नम्बर–१ को माहोल एकाएक वाम गठबन्धनतर्पm मोडिएपछि नेपाली कांग्रेसले चुनावी तरंग ल्याउन अनेक फण्डा सिर्जना गरिरहेको धेरैको बुझाइ छ । चुनाव हार्ने संकेत बुझेपछि कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार डिगबहादुर लिम्बूले कार्यकर्तालाई यस्तो जुक्ति सिकाएका छन्–‘तपाईहरु हरेक चिया पसलमा जानुहोस् । चिया मज्जाले खानुस्÷ख्वाउनुहोस्,पैसा म तिर्छु । डिगबहादुरले लगो लगो भनेर हौवा मच्चाइदिनुहोस् । ’ कांग्रेसको चुनाव जित्ने अर्को हथकण्डा यस्तो पनि पाइयो । माओवादी समर्थकलाई भेट्दा ‘सूर्य चिन्हमा भोट हाल्न तिमीहरुको हात कसरी लाग्छ ? ’ भन्ने अर्कातर्पm एमाले समर्थकलाई भेट्दा ‘तिमीहरुले कसरी हसियाँ हथौडामा भोट हाल्न सक्छौ भनेर सोध्दै भ्रम सिर्जना गर्ने गरेको भेटिएको छ । यस सम्बन्धनमा वामगठबन्धन निर्वाचन परिचालन कमिटीका प्रदेश सभा १ ‘क’सह–संयोजक मानबहादुर श्रेष्ठ भन्छन्–‘कांग्रेसको यो पराजित मानसिकताको उपज हो । एमालेले बकाइदा माओवादीलाई भोट हाल्छ,कोही भ्रममा पर्न जरुरी छैन । ’ हसियाँ हथौडामा कसरी भोट हाल्ने भन्ने सन्दर्भमा श्रेष्ठले भने–‘जसरी गोरखामा बाबुराम भट्टराईलाई कांग्रेसले भोट हाल्यो त्यसरी नै देशैभर एमालेले हसियाँ हथौडामा भोट हाल्छ । र,माओवादीले सूर्यमा भोट हाल्छ । ’ माओवादीबाट विगतमा एमाले कार्यकर्ता पीडित रहेको भन्दै कांग्रेसले एमाले समर्थकलाई भड्काउन खोजेको विषयप्रति एमाले नेता भूपालसिं जिमीले भने–‘विगतमा भएका द्वन्दका घटनाको जननी बाबुराम भट्टराई हुन् , कुशल लिम्बू होइनन् । कांग्रेसले बाबुरामलाई बोकेर हिडिरहेको अवस्थामा यस्तो तर्कको कुनै अर्थ रहदैन । ’ यसैबीच कांग्रेसलाई जिताउनका स्थानीय डुम्रे,भट्टा,बाँधडाडा लगायतका सुकुम्वासी बस्तीमा पैसाका पोको बोकेर मतदाता खरिद गर्ने प्रयास थालिएको विश्वस्त स्रोतले बताएको छ । यस्तो हर्कत थाहा पाएपछि सुकुम्वासी वस्तीहरुमा त्यस्ता भिजिलान्ते र माफियालाई रंगेहात समात्न युवा संघ र वाइसिएलको संयुक्त दस्ता तयार पारिएकोे छ । मतदाता खरिद गर्न उर्लाबारीका नामुद वन माफिया र केही सुन व्यापारी रातिराति लागि परेको स्रोतको भनाइ छ । केहीको पहिचान भइसकेकोले उनीहरुको हर्कत जनतासामू उदांगो पारिने युवा दस्ताको भनाइ छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न