Live
| शुक्रबार, चैत २१, २०८२
EN
arya newro
BiraKhabar
समाचार

ग्यास बिक्रेताको आन्दोलन रोकियो

Jan 11, 2018 3:13 AM
ग्यास बिक्रेताको आन्दोलन रोकियो

एकसातादेखि कमिसन वृद्धिको माग गर्दै  आन्दोलनरत ग्यास बिक्रेताहरूले मंगलबारदेखि आन्दोलन स्थगित गरेका छन् ।बिक्रेताहरूको मागका विषयमा ग्यास उद्योगीहरू सकारात्मक भएपछि आन्दोलन स्थगित गरिएको हो ।मंगलबार स्थानीय प्रशासनको पहलमा हात्तीमुडामा भएको ग्यास उद्योगी र बिक्रेताहरूको वार्तामा पाँच दिनभित्र माग पूरा गर्ने विषयमा सहमति भएको बताइएको छ ।ग्यास बिक्रेता संघ मोरङका सचिव सरलराज पोखरेलले व्यवसायीका मागबारे उद्योगी सकारात्मक भएपछि घोषित सबै आन्दोलन स्थगित गरिएको बताए|

Dhoni Sabuun