Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

डा. केसीले आज अनसन तोड्ने, केसी र सरकारबीच ५ बुँदे सहमति

2018 Jan 13 9:22 AM 30

विज्ञापन

Birat Cancer Hospital
डा. केसीले आज अनसन तोड्ने, केसी र सरकारबीच ५ बुँदे सहमति
गएराति  करिब २ घन्टासम्म चलेको वार्तापछि अनसनरत डा गोविन्द केसी र सरकारबीच गएराती पाँचबुँदे सहमति भएको छ ,  सहमतिसँगै डा केसीले आज बिहान १० बजे अनसन तोड्नुहुने भएको छ । सहमतीअनुसार चिकित्सा शिक्षा आयोग एक साताभित्रमा गठन गर्ने, सर्वोच्च अदालतको आदेश अनुसार आइओएमका डीनमा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिने, त्रिवि शिक्षण अस्पतालको भौतिक पूर्वाधारको सुधार र अभिवृद्धि, जनशक्तिको उचित व्यवस्था, सर्वसाधारणलाई दिइने सेवा र सुविधा लगायतका ५ वटा बुँदा समेटिएका छन् । स्वास्थ्यमन्त्री दीपक बोहराले नेतृत्व गर्नुभएको टोलीमा  स्वर्णिम वाग्ले, डा गोविन्द पोखरेल समेत सहभागी हुनुहुन्थ्यो भने डा केसीका पक्षबाट डा अभिषेश सिंह, डा सुमन आचार्य, अधिवक्ता ओमप्रकाश अर्याल लगायतको सहभागिता थियो । मन्त्री बोहोराले सर्वोच्च अदालतको पछिल्लो आदेशले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताको विषयमा फाइल मगाएको र थप छानबिनको प्रक्रिया समेत अघि बढ्ने भएकाले अनसन अन्त्य गर्न आग्रह गर्नुभएको थियो  ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?