Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

महिला उपसभामुख सातै प्रदेशमा

2018 Feb 19 8:33 AM 26

विज्ञापन

Birat Cancer Hospital
महिला उपसभामुख सातै प्रदेशमा

आइतबार प्रदेश ४, ५ र ७ मा  निर्वाचित भएसँगै सातै प्रदेशका उपसभामुख महिला भएका छन् ।एमालेकी सिर्जना शर्मा प्रदेश ४ को उपसभामुखमा निर्वाचित भइन् । अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव शर्मा प्रदेश संसद्को मत विभाजनका आधारमा निर्वाचित भएकी हुन् । शर्माले संविधानको परिधिभित्र रहेर सबैलाई समेट्ने बताइन् । ‘यो संसदीय अभ्यास हो,’ उनले भनिन्, ‘देशलाई सुख र समृद्धिको लक्ष्यमा लैजान भूमिका खेल्नेछु ।’ उनले संविधानले महिलालाई दिएका अधिकार व्यवहारमा कार्यान्वयन गर्नआफ्नो सबैभन्दा ठूलो प्रयास रहने प्रतिक्रिया दिइन् । उनलाई आइतबार नै सभामुख नेत्रनाथ अधिकारीले शपथग्रहण गराए । २००९ सालमा धरानमा जन्मिएकी उनी २०२६ देखि विद्यार्थी राजनीतिमा सक्रिय थिइन् । उनी अनेमसंघको पोखरा नगर कमिटी, कास्की अध्यक्ष, केन्द्रीय सदस्य हुँदै केन्द्रीय सचिव भएकी हुन् ।पूर्वकमलरी बर्दियाकी ४२ वर्षीया कृष्णी थारू प्रदेश ५ को उपसभामुखमा निर्वाचित भइन् । एमालेले  राजापुर नगरपालिका–४ बर्दियाकी थारूलाई उपसभामुखको उम्मेदवार बनाएको थियो । करिब १७ वर्ष कमलरी र बुक्रेनी बनेकी बर्दिया राजापुर–४ संघर्षनगरकी उनको ८ वर्ष कमलरी बस्दाबस्दै १५ वर्षको उमेरमा विवाह भयो । श्रीमान् पनि कमैया थिए । ‘कमैया बस्दा म बुक्रेनी (पतिसँगै घरेलु कामदार) भएर काम गरेँ,’ उनले भनिन्, ‘साहुले नपढाउँदा विद्यालय जान पाइनँ ।’ ‘मैले कमलरी बस्दा एक रुपैयाँ पनि पाइनँ,’ उनले भनिन्, ‘गरिबीका कारण अब कसैले पनि अर्काको घरमा बन्धक भएर काम गर्न नपरोस् ।’प्रदेश ७ को उपसभामुखमा निर्मला बडाल जोशी निर्वाचित भएकी छन् । उनी दार्चुलाबाट माओवादी केन्द्रको समानुपातिक प्रदेशसभा सदस्य हुन् । पूर्वलडाकु जोशी माओवादी प्रदेश ७ का संयोजक एवं पूर्वसांसद लक्ष्मण जोशीकी पत्नी हुन् । माध्यमिक तह पढ्दै गर्दा उनी माओवादीमा लागेकी थिइन् । प्रदेश १, २, ३ र ६ मा यसअघि नै उपसभामुख चुनिइसकेका छन् । प्रदेश १ को उपसभामुखमा सरस्वती पोखरेलको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध भएकी थिइन् । सुनसरीकी पोखरेल २०३२ सालमा प्यूठानमा जन्मिएकी हुन् ।२०४६ सालदेखि राजनीतिमा लागेकी उनी समाजशास्त्रमा स्नातकोत्तर छिन् । २०५४ सालमा एमाले विभाजनपछि माले पार्टीमा काम गरेकी पोखरेल २०५८ देखि माओवादी ‘जनयुद्ध’ मा लागेकी थिइन् । हाल उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा सुनसरी जिल्ला संयोजक हुन् । पोखरेल समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य भएकी हुन् ।प्रदेश २ मा उपसभामुख बनेकी सप्तरीकी उपमा देव सामान्य पारिवारिक पृष्ठभूमिकी हुन् । उनी समानुपातिक सूचीबाट प्रदेशसभा सदस्य भएकी हुन् । भारत, बिहारको फारबिसगन्ज माइती भएकी देव सन् १९९२ मा बिहेपछि नेपाली नागरिक भएकी थिइन् । स्नातक गरेकी देवले ८ वर्षअघि संघीय समाजवादी फोरम नेपाल प्रवेश गरी राजनीतिक यात्रा सुरु गरेकी थिइन् ।प्रदेश ३ की उपसभामुखमा नुवाकोटकी राधिका तामाङ २०५४ मा तत्कालीन माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा आबद्ध थिइन् । उनी २०६१ सालमा जिल्ला ‘जनसरकार’ प्रमुख भइन् । २०७० सालको दोस्रो संविधानसभामा समानुपातिक सांसद थिइन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उनले कृषि राज्यमन्त्रीको जिम्मेवारी पाएकी थिइन् । प्रदेश ६ की उपसभामुखमा माओवादी केन्द्रकी सांसद पुष्पा घर्ती विष्ट निर्विरोध भएकी हुन् । उनी समानुपातिकबाट प्रदेशसभा सदस्य बनेकी हुन् । माओवादी पार्टी पोलिटब्युरो सदस्य घर्ती चौकुने गाउँपालिका–१० घाटगाउँमा २०३४ सालमा जन्मेकी हुन् । उनी एसएलसी दिएर माओवादी युद्धमा लागेकी थिइन् । उनी पूर्वसांसद नरबहादुर बिष्टकी पत्नी हुन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?