तमोर नदीको लुम्वुघाटमा निर्माणाधीन तेह्रथुम र पाँचथर जोड्ने पुल निर्माणको काम रोकिएको छ । निर्माण कम्पनीले कमसल सामाग्रीको प्रयोग गरेको जनगुनासो आएर दुवै जिल्लाका जनप्रतिनिधीले पुलको स्थलगत अनुगमन गरेका थिए । पुलमा प्रयोग गरिएका सामग्रीको ल्याव टेष्ट रिपोर्ट नआउन्जेलसम्म काम रोक्न जनप्रतिनिधीले निर्माण कम्पनीलाई निर्देशन दिए पछि काम रोकिएको हो । पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बसन्तकुमार नेम्वाङ सहितको जनप्रतिनिधी र तेह्रथुमबाट म्याङलुङ नगरपालिकाका मेयर संजय तुम्वाहाम्फे नेतृत्वको टोलीले फरक फरक मितिमा पुलको स्थलगत अनुगमन निरीक्षण गरेका थिए । ३ वर्षमा काम सम्पन्न गर्नेगरी ५ वर्ष अघि ठेक्का सम्झौता गरेको भएपनि अहिलेसम्म ४० प्रतिशत पनि काम पुरा नभएको सडक डिभिजन प्रमुख विष्णुप्रसाद काफ्लेले बताउनुभयो । पुल निर्माणका लागि १५ करोड ३६ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो । पुलले पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिकालाई जोड्नेछ ।
तेह्रथुम र पाँचथर जोड्ने निर्माणाधीन पुल निर्माणको काम रोकियो
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2
