Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिराटनगर राउण्ड टेबल नं. ५ बाट भब्य होलीको कार्यक्रम

2018 Feb 28 9:00 AM 29

विज्ञापन

Birat Cancer Hospital
बिराटनगर राउण्ड टेबल नं. ५ बाट भब्य होलीको कार्यक्रम
यस बर्ष दुई जना मोरगंकी चेली सेलिब्रेटी– भावना घिमिरे र मिस नेपाल निकिता चाण्डक मोरगं । बिराटनगर राउण्ड टेबल नं. ५ बिराटनगरले भब्यरुपमा होली मनाउने भएको छ । भावना घिमिरे र मिस नेपाल निकिता चाण्डक यस बर्षको होलीको मुख्य आर्कषक ब्यक्तित्व रहेका छन् । उनीहरुबाट उदघाटन गरिने सो होली म्याथुनमा ५ किल्लो मिटरको दुरी तय गरेको छ । गत बर्ष महानायक राजेश हमालबाट उदघाटन भएको होली मिलन कार्यक्रम यस बर्ष दुई जना महिलाबाट नै शुरुआत गरी छोरीचेलीलाई पढाउ भन्ने उदघोषका लागि यो अभियान चालिएको आयोजक कमिती तथा पुर्ब अध्यक्ष सुनिल धनावतले बताउनु भयो । गत बर्ष झै यस बर्ष पनि चेलीबेटीलाई अनिबार्य पढाउ भन्ने नाराका साथ यस बर्षको होली कार्यक्रम शुरु गर्न लागेको आयोजक समितीका संयोजक संन्दिप अग्रवालले बताउनु भयो ।

new2राउण्ड टेबल नेपाल अन्तर्गत बिराटनगर राउण्ड टेबल नं. ५ को आयोजनामा सन्चालन हुन लागेको यस बर्षको रंगहरुको होलीले सबैलाई समेटेर लैजाने र देशको आर्थिक बिकासमा सहयोग पुराउन सहयोग पुगोस भन्ने हेतुले नै यो कार्यक्रम मनाउन लागेको राउण्ड टेबलका केन्द्रिय कोषाध्यक्ष आश्विनी बंशलले जानकारी गराउनु भयो । उहांले थप्नु भयो– हामी बिभिन्न धर्म जातजातिका भए पनि सबैलाई एक बनाएर सबै रमाउने होली पर्ब नै हो । तसर्थ फ्रिडम थ्रो इजुकेशन मुल मन्त्र रहेको राउण्ड टेबलले नेपालको पूर्बि क्षेत्रमा १५ वटा सामुदायिक बिद्यालयको भौतिक पुर्वाधार र शैक्षिक सुधारलाई समेत ध्यान दिएको छ । बार्षिक रुपमा बिभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ । गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई किताब, कपि तथा अन्य पुरुस्कार समेत उपलब्ध गराउदै आएको राउण्ड टेबलका कार्यकारी सदस्य पियुस लोनियाले बताउनु भयो । बिराटनगर हाटखोला स्थित सुशिक्षा निकुञ्ज आधारभुत बिद्यालयमा अध्ययरत जेहेन्दार उत्कृष्ट ३ जना बिद्यार्थीहरुलाई पुरुस्कार स्वरुप साईकल प्रदान गरिने कार्यक्रम रहेको कार्यकारी सदस्य लोनियाले जानकारी गराउनु भयो । यसै गरी राउण्ड टेबल बिराटनगर नं. ५ ले रंगेलीमा रहेको अर्काे सामुदायिक बिद्यालयमा समेत यो कार्यक्रम भैरहेको छ । मोरगं जिल्लामा २५ सय बिद्यार्थीहरुलाई सहयोग पुगेको र उनीहरुलाई बिराटनगर राउण्ड टेबल नं. ५ले बिभिन्न सहयोग गरी सामाजिक क्षेत्रमा उत्तिकै उत्तरदायित्व पुरा गरेको छ । यस होलीमा सबै आउ र सबै रमाउ भन्ने मुलसारमा सबैको उपस्थिती अनिबार्य रहेकोले सक्रिय उपस्थितीका लागि आयोजक संस्था बिराटनगर राउण्ड टेबल नं. ५ले अनुरोध समेत गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?