Live
| सोमबार, भदौ २१, २०८३
EN
arya newro
BiraKhabar
मनोरञ्जन

नेपालको पुर्बी क्षेत्रका कलाकारहरुको बेजोड़ प्रस्तुति

2018 Mar 23 6:45 AM 220

विज्ञापन

Birat Cancer Hospital
नेपालको पुर्बी क्षेत्रका कलाकारहरुको बेजोड़ प्रस्तुति
बिराटनगर । जी. एण्ड. जी. प्रोडक्सनले फेरी अर्को नयां ‘ज्योतिष हाउगुजीनेस’ नामक सर्ट फिल्म यूटुव मार्फत् रिलिज गरेको छ । मोफसलमा रहेर पनि चलचित्रकोे क्षेत्रमा त्रियाशिल यूवा अनोज गौतम र सुजन दाहालले एक पछि अर्को गर्दै सर्ट फिल्मको निर्माण गरेका हुन् । समाजमा रहेका विकृति विसंगतीलाई जस्ताको त्यस्तै चलचित्रमा उतार्ने काम द्धय कलाकारले गरेका छन् । समाजमा घटीरहेका घटना, मानवीय स्वभाव र चरित्रलाई सर्ट फिल्मको पर्दा मार्फत् दर्शक सामु पु–याउनु हाम्रो लक्ष्य रहेको फिल्म निर्देशक अनोज गौतमले बताएका छन् । सामाजिक परिवेश र रहनसहनमा आधारित भएर मूभी तयार गरिरहेको र यस्ता मूभीले हरेक दर्शकको मन छोइरहेको बताउने निर्देशक गौतमको समुहले यस अधि ‘ल्याङल्याङे देउसी‘ र ‘बेरोगारी लभ’ जस्ता रुचाइएका सर्ट फिल्म निर्माण गरीसकेको छ । चलचित्र निर्माणको क्षेत्रमा विशेष अभिरुची र लगाव रहेका निर्दैशक गौतम चलचित्रको क्षेत्रमा कार्य गर्न चुनौति धेरै रहेको थाहा पाउदा पाउदै पनि आफना टिमलाई अगाडि बढाई भविश्यमा केही गरौ भन्ने उदेश्यका साथ लागि रहेको बताएका छन् । वर्तमान समय इन्टरनेटको समय भएकाले यूटुभ मार्फत विश्वभरका दर्शकले हेर्न मन पराउने त्यसमा पनि दैनिकको व्यस्तताले गर्दा लामा पट्यारलाग्दा चलचित्र हेर्न समय नपाउने दर्शकले यस्ता सर्ट फिल्म मार्फत् छोटो समयमा भरपुर आनन्द लिन सक्ने अर्का कलाकार तथा प्रोडक्सन कन्ट्रोलर सुजन दाहालले बताएका छन् । यस अधि केही म्युजिक भिडियो र विज्ञापनमा आफ्नो कला तथा मोडलिङ प्रस्तुत गरिसकेका कलाकार सुजन एक आशालाग्दा मोफसलका उदयमान कलाकार समेत हुन । सर्ट फिल्मको बढ्दो क्रेजसंगै दर्शकका लागि नयां नया रोचक तथा घोचक सर्ट फिल्म भविश्यमा पस्कदै जाने तथा आर्थिक पक्ष दरिलो बनाउने, कलाकारहरुको टिम खडा गर्ने साथै सर्ट फिल्म पनि स्थापित विधा हो र यसको बजार विश्वभरी छ भन्ने कुरा बुझाउन आवश्यक रहेको कलाकार दाहालले बताएका छन् । ‘ज्योतिष हाउगुजीनेस’ फिल्मको कलाकारमा बर्षा न्यौपाने, सम्झना आचार्य, सविन चौधरी, केशव रिजाल र रविन पोखरेल रहेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक  नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति