Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

उदयपुरको टाईपब्रेकरमा चर्चब्वाईजलाई १ का विरुद्ध ४ गोल गर्दै संकटा विजयी

2018 Mar 28 12:27 PM 50

विज्ञापन

Birat Cancer Hospital
उदयपुरको टाईपब्रेकरमा चर्चब्वाईजलाई १ का विरुद्ध ४ गोल गर्दै संकटा विजयी
उदयपुर  । चर्चब्वाईज युनाईटेडलाई टाईपब्रेकरमा १ का विरुद्ध ४ गोल गर्दै संकटा क्लव कटारीमा जारी चौथो कटारी मेयर गोल्डकपको सेमी फाईनलमा प्रवेश गरेको छ । खेल अवधिमा २–२ गोलको बराबरी भएपछि टाईब्रेकरबाट नतिजा निकालिएको हो । खेलको ४६ औं मिनेटमा चर्चका भुवन वस्नेतले गोल गर्दै चर्चलाई अग्रता दिलाएका थिए । ६० औं मिनेटमा चर्चका नाईजेरियन खेलाडी साईला ईल्भाले संकटाका म्याक्सवेललाई लडाएपछि पाएको फ्रिकलाई डिबक्समा नियन्त्रणमा लिएर संकटाका टम्पी ईरनेटले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ६९ औं मिनेटमा भुषण सुब्बाले आकर्षक गोल गर्दै चर्चलाई फेरी अग्रता दिलाए । तर ९२ औं मिनेटमा टम्पीले नै अर्को गोल फर्काएपछि खेल बराबरीमा सकियो । अन्तत टाईपब्रेकरमा संकटाका अनिल गुरुङ्ग , प्रकाश बुढाथोकी , विश्व अधिकारी र सरोज विश्वकर्माले गोल गरे । चर्चका लागि विश्वास श्रेष्ठको प्रहार मात्रै गोलमा परिणत भयो । चर्चका रोशन पहाडीको पेनाल्टी संकटाका गोल रक्षक विनय श्रेष्ठले नियन्त्रणमा लिए , पाल्साङ्ग लामाको पेनाल्टी गोलपोष्टभन्दा माथिबाट बाहिरियो । मंगलबारको खेलमा संकटाका टम्पी ईरनेट म्यान अफ द म्याच भए । उनले नगद ५ हजार पाए ।जित संगै संकटा अन्तिम चारमा प्रवेश गरेको छ । बुधबार पहिलो सेमी फाईनल खेल झापा ११ र सहारा क्लब पोखराबीच हुनेछ ।संकटाले विहिबार गोर्खाब्वाईज रुपन्देहीसँग प्रतिष्पर्धा गर्नेछ । ८ टिम सहभागी गोल्डकपको विजेताले नगद ५ लाख ट्रफी हात पार्नेछ । उपविजेताले नगद २ लाख ५१ हजार हात पार्ने मूल आयोजक समितिका अध्यक्ष दिवश कटुवालले बताए । गोल्डकप आगामी चैत्र १७ गते सकिनेछ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला