Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिराटनगरका समाजसेवी गोयलसहित पाँच जनालाई काठमाडौंमा सम्मान

2018 May 1 8:10 PM 26

विज्ञापन

Birat Cancer Hospital
बिराटनगरका समाजसेवी गोयलसहित पाँच जनालाई काठमाडौंमा सम्मान
काठमाडौ । झापा मारवाडी समाजले विराटनगरका समाजसेवी दीनबन्धु गोयलसहित मारवाडी समुदायका पाँच जनालाई सम्मान गरेको छ । समाजले काठमाडौंमा भब्य कार्यक्रमको आयोजना गरेको र सो कार्यक्रममा राष्ट्रिय मारवाडी महोत्सवमा गोयलसहित पाँच जनालाई सम्मान गरेको हो । भृकुटी मण्डपमा आयोजित कार्यक्रममा समाजसेवी गोयल, उद्योगी एवम् सांसद् विनोद चौधरी, प्रदेश सभासद् ओेमप्रकाश सरावगी, डाक्टर जगदीशप्रसाद अग्रवाल र साहित्यकार लक्ष्मण नेवटियालाई सम्मान गरिएको थियो । सभामुख कृष्णबहादुर महराले गोयलसहित पाँचै जनालाई दोसल्लासहित सम्मानपत्र प्रदान गरे । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले सम्मानित सबैलाई माला पहि¥याए । झापा मारवाडी समाजका अध्यक्ष मदन मित्तलले भद्रपुरमा जन्मिएर त्यहीँ विद्यार्थी जीवन बिताएका समाजसेवी गोयलको कर्मक्षेत्र विराटनगर रहे पनि झापामा उनले विगत १५ वर्षदेखि सेवाका कार्यलाई निरन्तरता दिएको जानकारी दिए । झापाका एक दर्जन सामुदायिक विद्यालयका छात्रछात्रालाई गोयलले प्रत्येक वर्ष छात्रवृत्रि, पोशाक र छात्रवृत्ति वितरण गरिरहेको अध्यक्ष मित्तलले उल्लेख गरे । कार्यक्रममा मारवाडी संस्कृति झल्काउने विभित्र सांस्कृतिक कार्यक्रम, राजस्थानी कठपुतली नाच, माटाका भाँडा, लाहाका चुरा, मोही पार्ने कला, अत्र पिस्ने जाँतोको प्रदर्शन गरिएको थियो । कार्यक्रममा मारवाडी समुदायले रुचाउने बाजराको रोटी, बाजराकै खिचडी, बिकानेरी पराठा, पञ्चमेलाको साग, दालबाटी चुर्मा, मुङ दालको हलुवा, राजस्थानी छोकुवा भात, कडी लगायतका २० भन्दा बढी राजस्थानी परिकार राखिएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?