Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगरमा सुमेरु कलाको अन्तर विद्यालय नाटक उत्सवमा एउटै मञ्चमा ९० वटा नाटक मञ्चन

2018 May 1 8:16 PM 26

विज्ञापन

Birat Cancer Hospital
विराटनगरमा सुमेरु कलाको अन्तर विद्यालय नाटक उत्सवमा एउटै मञ्चमा ९० वटा नाटक मञ्चन
विराटनगर । विद्यार्थीहरूलाई नाट्य विधाबारे प्रयोगात्मक ज्ञान दिने उद्देश्यले मोरङ जिल्ला स्तरिय अन्तर विद्यालय नाटक प्रतियोगिता तथा उत्सव २०७५ आयोजना गरिने भएको छ । जेठ ४ गते देखि विराटनगरमा आयोजना हुने वाइवाई नाटक उत्सव १० दिनसम्म सञ्चालन हुने भएको हो । सुमेरु कला सरोवर ललितपुरले शनिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी विराटनगरमा १० दिन सम्म वाइवाइ नाटक उत्सवको बारे जानकारी गराएको हो ।  विराटनगरको आरोहण गुरुकुल शुशिला नाटक घरमा १० दिनसम्म चल्ने नाटक उत्सवमा मोरङ जिल्लाका १ सय ८ विद्यालयका कक्षा–६ दखी ९ सम्मका विद्यार्थीहरुको सहभागिता रहने सुमेरु कला सरोवर ललितपुरका अध्यक्ष सुवलमणी सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार प्रत्येक विद्यालयबाट दुुई–दुुई जना विद्यार्थीको सहभागिता रहने छ । साथै विद्यार्थीहरुले अभियान अन्र्तगत एउटै मन्चबाट ९० वटा नाटक मन्चन गर्ने भएका छन् ।  उत्सवको तयारीका लागी विद्यार्थीहरुलाई यतिवेला कार्यशाला तथा प्रशिक्षण दिने काम भईरहेको छ । सहभागीहरु मध्ये उत्कृष्ट १० भित्र पर्ने विद्यार्थीहरूलाई विधागत रुपमा पुरस्कार तथा ट्रफि प्रदान गरिने छ । यस्तै १० जना विद्यार्थीलाई ५ हजार रुपैयाँका दरले छात्रबृत्ती पनि प्रदान गरिने आयोजक सुमेरुकला सरोबरले जनाएको छ । नाटक महोत्सवको वाइवाइ चाउचाउले प्रयोजन गरेको छ भने सहआयोजक प्याब्सन मोरङ रहेको छ । गत बर्ष पनि सुमेरु कला सरोबरले सुनसरीमा नाटक महोत्सवको अयोजना गरेको थियो ।  नाटकको तयारीका लागी सरोवरले गत फागुुन –८ गतेदेखी मोरङ जिल्लाका विभिन्न स्कुलमा पुुगेर नाटक कार्यशाला गरिरहेको अध्यक्ष सापकोटाले वताउनुुभयो । विद्यार्थीहरुलाई कलाकार उद्धव सापकोटा, सुुरभी सापकोटा र सविन कटेलले प्रशिक्षण दिईरहनुु रहेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?