Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

धनकुटा नगरपालिका–१ हिले स्थित निशानदेवी फ्यूल सेन्टरको कालोबजारी

2018 May 22 8:52 PM 26

विज्ञापन

Birat Cancer Hospital
धनकुटा नगरपालिका–१ हिले स्थित निशानदेवी फ्यूल सेन्टरको कालोबजारी
धनकुटा । धनकुटा नगरपालिका–१ हिले स्थित निशानदेवी फ्यूल सेन्टरले आयल निगम बिराटनगरले तोकेको मुल्य भन्दा बढी लिएर उपभोक्ताहरुलाई ठगी तथा कालोबजारी गर्दै आईरहेको खुलासा भएको छ । हिले बजार नजिक रहेको सो पम्पले केही महिना अघि देखि नै इन्धनको मुल्यमा एक रुपैया देखि तीन रुपैया सम्म बढी लिएको ग्राहकहरुले गुनासो गर्न थाले पछि सो पम्पले गरेको कालोबजारीको कर्तुत बाहिर आएको हो । दैनिक १५ हजार देखि २० हजार लिटर पेट्रोलियम  पदार्थ बिक्री हुने सो पम्पले दैनिक ३० हजार रुपैया भन्दा बढी उपभोक्ताहरुबाट ठगी गरिरहेको छoil-3oil-2

गत जेष्ठ ७ गते सोमबारको बिक्री गरेको बिलमा आयल निगम बिराटनगरले तोकेको मुल्य भन्दा डिजेलमा ७५ पैसा बढी लिएको देखिन्छ । जुन नेपाल सरकारले तोकेको मुल्य प्रतिलिटर डिजेलमा ९२ रुर्पैया पच्चिस पैसा रहेको छ । यसै गरी पेट्रोलमा ५५ पैसा बढी लिएको छ । जुन नेपाल सरकारले तोकेको मुल्य एक सय १० रुपैया पच्चिस पैसामा बिक्री गर्नु पर्नेछ । सामान्यतया खुद्रामा केही लिटर खरिद गर्नेलाई त केही थाहा नहुन सक्छ तर धेरै परिणाममा लिनेलाई यसको ठुलो भार पर्न जान्छ । बढी मुल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्दा पनि स्थानीय प्रशासन चुप लागेर बसेको छ । यसै गरी काफले सप्लार्यस प्रा.लि. सिधुवा धनकुटाले बिक्री गर्नु पर्ने डिजेलको मुल्य ९२ रुपैया ७५ पैसा तर उपभोक्तालाई रु ९४ रुपैया बिस पैसामा बिक्री गर्दा एक रुपैया ४५ पैसा बढी लिएर उपभोक्तालाई ठगी गरेको खुल्न आएको छ । यसै गरी पेट्रोलमा एक रुपैया २५ पैसा बढी मुल्यमा ठगी गरेको देखिन्छ । तोकिएको मुल्य भन्दा बढीमा मुल्य राखेर बिक्री गर्दा पम्पको इज्जाजत समेत खारेज हुने र केही समयका लागि पम्प निलम्बनमा पर्ने ऐनमा उल्लेख छ । पहाडी क्षेत्रमा पम्पहरुले बिक्री गर्ने मुल्य तथा लिटरमा घटी हुने परिणाममा फितलो हुने अनुगमनका कारण उपभोक्ता मारमा पर्ने र पम्पहरुले कालोबजारी गर्ने परिपाटी मौलाएको स्थानीयबासीहरुको गुनासो छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?