Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

तगं–ईल–मो–दो संघको मोरङ जिल्ला कार्यसमिती गठन

2018 May 24 5:50 PM 24

विज्ञापन

Birat Cancer Hospital
तगं–ईल–मो–दो संघको मोरङ जिल्ला कार्यसमिती गठन
बिराटनगर  । तगं–ईल–मो–दो संघको मोरङ जिल्ला कार्यसमिती गठन भएको छ । अशोक चौधरीको अध्यक्षतामा ७ सदस्य रहेको जिल्ला कार्यासमिती गठन भई मोरगं जिल्लामा बिभिन्न कार्यक्रम सन्चालन गर्ने भएको छ । ४ बर्ष देखि नै मोरगंलाई कार्यक्षेत्र बनाएर साना तिना कृयाकलाप गर्दे आइरहेको यो संघले 789बिधिबत दर्ता गरेको थिएन् । स्थानीय जिल्ला प्रशासन कार्यालय मोरगंमा यही बैशाख १५ मा सबै प्रकिया सम्पन्न गरीएको अध्यक्ष अशोक चौधरीले जानकारी गराउनु भयो । कार्यसमितीको उपाध्यक्षमा खड्ग बहादुर दाहाल, सचिबमा लोक बहादुर गिरी, कोषाध्यक्षमा किशन चौधरी, सदस्यहरु आकृति भण्डारी , देव कुमार राजबंशी रहेका छन् भने दुई जना कार्यसदस्य पछि थपिने भएका छन् । खेलकुदको माध्यमबाट आदर्श चरित्र समाज निर्माण गर्न सकिने भएको हुनाले स्वास्थ्यका लागि खेलकुद, शान्तिका लागि खेलकुद मुलमन्त्र रहेको यो तगं–ईल–मो–दो संघले आत्मरक्षा, स्वास्थ्य जिवन र अध्यात्मिक अनुशासन नै मानिसको त्रि–पिलर रहेको बताउदै आएको छ । तगं–ईल–मो–दो संघको केन्द्रिय कार्यालय काठमाडौमा छ भने देशका बिभिन्न ४० जिल्लामा यसको शाखा बिस्तार भैसकेको छ । प्रदेश नं. १ को प्रदेश प्रमुख अशोक चौधरी रहेका छन् । चौधरी यस संघको केन्द्रिय सदस्य पनि हुन् । यसै गरी प्रदेश प्राविधिक इन्चार्ज प्रकाश श्रेष्ठ छन् भने मोरगं जिल्ला प्रशिक्षक किशन चौधरीले जिम्मेवारी सम्हालेका छन् । मोरगं जिल्ला खेलकुद समिती संघ मिलेर बिभिन्न खेलकुदका कार्यक्रम गर्ने योजना रहेको प्रदेश प्रमुख तथा जिल्ला अध्यक्ष अशोक चौधरीले बताउनु भयो । 233 बिराटनगर महानगरपालिकाको वार्ड न. ३ मा ५० जना, वार्ड नं ४ मा ३० जना र बुढीगंगा गाउ पालिकामा ३० जना खेलाडीहरुलाई मार्सल आर्ट तालिममा प्रशिक्षण दिइरहेको जिल्ला प्रशिक्षक किशन चौधरीले बताउनु भयो । यस संघको आगामी असार महिनाको पहिलो साता काठमाडौमा केन्द्रिय अधिबेशन हुदैछ । जस्मा मोरगं जिल्लाबाट २ जना प्रतिनिधी भाग लिन जानका लागि जिल्ला खेलकुद समिती मोरगंले सिफारिस गरे प्रतिनिधीहरुले सो अधिबेशनमा भाग लिनु पाउनेछन् । अन्य जिल्लाबाट पनि यसै प्रकियाबाट प्रतिनिधी आउने प्रदेश नं.१ का प्रदेश प्रमुख अशोक चौधरीले बताउनु भयो ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?