Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको बिशाल शवयात्रा, अन्तिम श्रद्धाञ्जलि अर्पण

2018 Jul 21 2:29 PM 35

विज्ञापन

Birat Cancer Hospital
धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको बिशाल शवयात्रा,  अन्तिम श्रद्धाञ्जलि अर्पण
बिराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको शनिबार धरान बजारमा बिशाल शवयात्रा सकिए पछि अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहसंस्कार गरिएको छ । यति खेर धरानमा सामान्य मान्छे देखि रक्षामन्त्रि सम्मका नेपाली नागरीकहरु शबयात्रामा लामबद्ध भएर हिडिरहेका छन् । शबयात्रा सडकमात्र नभएर समाजिक सञ्जालका भित्ताभरी उनलाई श्रद्धाञ्जलीका शब्द लेखिएका छन् । तीन बर्ष अघि मात्र मृगौला प्रत्यारोपन गरि महगो औषधी सेवन गरिरहेका सुब्वालाई चिकित्सकले आराम गर्ने सल्लाहा दिएका थिए । तर उनी चिकित्सकको सल्लाह पालन गर्न पाएनन् । 52 २०३६ सालदेखि विद्यार्थी आन्दोलनमा होमिएका सुब्वा धरानको मेयर भएर जनताको सेवा गर्ने अठोट गरेका थिए । जनताबीच रहेर काम गर्ने उनको धोको पुरा गर्ने अवसर एक बर्ष अघिको स्थानीय निर्वाचनले मेयरमा निर्वा्चित भएर धरानलाई सम्वृद्ध शहर बनाउने खाका बनाए । तर उनले देखेको सपना अधुरै बन्यो । नगर प्रमुख निर्वा्चित भएको एक वर्षपछि ५२ वर्षको उमेरमा मंगलबार दिउँसो सदाका लागि विदा लिए ।  सुव्वाले धरान उपमहानगरलाई पुर्वको पर्यटीय स्थलको केन्द्र, स्मार्ट सिटि, बस्ती विकास, धरान खानेपानी आयोजना, जनसहभागिताको स्फुर्त योजना, वगैचाको शहर र व्यापारिक ट्रान्जिट सिटि तथा इकोनोमिक करिडोर बनाउन ‘मास्टर प्लान’ बनाएका थिए । निर्वा्चित भएर धरानका सुकुम्वासीहरुलाई जग्गाधनी पूर्जा वितरण गर्ने प्रतिवत्ताता अनुसार सुकुम्वासी बस्तीमा घर नं. वितरण गरिसकेका थिए । सुकुम्वासीहरुलाई जग्गाधनी बनाउने उनको अभियान अधुरो रहेको छ । नेकपा एमालेमा रहेर काम गर्दा निष्ठावान, दृढ निश्चयी, हरेक कुराको तत्काल निर्णय गर्न सक्ने, दुरदर्शी सोच उनमा थियो । निष्ठाको राजनीतिमा टिकेका सुब्वा हरेक युवा, विद्यार्थीको मन मष्तिकमा थिए । कसैलाई समस्या पर्दा अघि सरेर समाधान गर्ने, अठ्यारो काममा कायकर्ताहरुलाई हौसाला दिन्थ्ये । ‘केहि प¥यो भने तारा सुब्वालाई सम्झनु’ भन्ने उनको हौसालाले युवा, विद्यार्थी र राजनीतिक कार्यकर्ताहरुलाई हौसला प्रदान गरि रहन्थ्ये । सबैका प्रिय नेता भएर जनताको काम गर्ने केही असल नेताहरुको समुहमा सुव्वा पनि थिए । युवा विद्यार्थीहरु नै देशका खम्वा हुन भन्ने उनको सोच बनाएर काम गथ्ये । त्यही भएर मेयर हुने वितिकै आफ्नो सचिवालयमा विद्यार्थी र युवालाई अवसर दिएका थिए ।543 मेयर भए पछि बसपार्क निर्माण, डाँडाघोपामा एयरपोट, चिण्डेडाडा र विष्णुपादुकामा भ्युटावर निर्माणसँगै धरानलाई पर्यटकीय हव बनाउन योजना अघि सारेका थिए । स्मार्ट सिटी बनाउने, धरानका चारवटै नाकामा सांस्कृतिक पहिचानसहितको प्रवेशद्वार बनाउने, सुकम्बासी नमुना बस्ती बनाउने, सुकुम्बासीहरुलाई सहुलियत दरमा ऋण उपलव्ध गराउने र धरान, विष्णुपादुका, विजयपुर, भडेटार केवलकार सञ्चालन गर्ने उनको सपना थियो । विडम्बना उनको सपना पुरा भएन । धरान उपमहानगरको मुख्य मुख्य स्थानमा शव यात्रासहित धरान १८ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहद्वारा संरक्षित वन क्षेत्रमा जातीय परम्परा अनुसार उहाँको अन्तिम श्रद्धाञ्जलिसहित दाहसंस्कार गर्ने कार्यक्रम सम्मपन भएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न