Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिमस्टेक शिखर सम्मेलनमा कुन राष्ट्रका राष्ट्र प्रमुखहरु कहिले आउने, प्रधानमन्त्रि ओलीले संघिय प्रतिनिधी संसदलाई बिमस्टेकको जानकारी

2018 Aug 28 3:25 PM 40

विज्ञापन

Birat Cancer Hospital
बिमस्टेक शिखर सम्मेलनमा कुन राष्ट्रका राष्ट्र प्रमुखहरु कहिले आउने, प्रधानमन्त्रि ओलीले संघिय प्रतिनिधी संसदलाई बिमस्टेकको जानकारी
संघिय प्रतिनिधि सभा बैठकमा भदौ १४ र १५ गते काठमाडौं अबिजाल बिष्ट, बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकलाई क्षेत्रीय विकास र सहयोग तथा पारस्परिकताका लागि प्रभावकारी ढंगले बढाउनु पर्नेमा जोड दिनु भएको छ । संघिय प्रतिनिधि सभा बैठकमा भदौ १४ र १५ गते काठमाडौंमा हुन लागेको बिमस्टेकको शिखर सम्मेलनबारे जानकारी गराउँदै प्रधानमन्त्रि ओलीले बिमस्टेकलाई प्रभावकारी संगठनका रुपमा लैजानुपर्ने बताए । उनले बिमस्टेकको ढिला गरि सचिवालय स्थापना भएको उल्लेख गर्दै क्रियाशिल बनाउनुपर्ने बताए । ‘सक्रिय तथा प्रभावकारी सचिवालय अपेक्षा गरिएको छ’, ओलीले भने, ‘बडापत्र निर्माणको प्रक्रिया अगाडि बढाइने छ ।’ बिमस्टेकको हालसम्म बडापत्र समेत तयार भएको छैन । स्थापनाको बीस वर्ष पुग्दा सन् २०१४ मा मात्र ढाकामा बिमस्टेकको सचिवालय स्थापना भएको छ । तर त्यसले दु्रतरुपमा काम गरेको छैन् यी यावतलाई द्रुत गतिमा लैजान आबश्यक भएकोले बिभिन्न देशबाट आउने हुने भिआइपीहरुको स्वागत त्यतिकै महत्वपुर्ण रहेको छ । तसर्थ कुन देशका भिआईपीहरु कहिले आउनु हुने भन्ने बारे जानकारी आबश्यक रहेको देखिन्छ । कुन देशका भिआईपी कहिले आउने ? बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका राष्ट्र प्रमुखहरु (भीभीआईपी) मंगलबारदेखि काठमाडौ आउँदैछन् ।bbim2 सबैभन्दा पहिला म्यान्मारका राष्ट्रपति विन मिन्ट मंगलबार दिउँसो २ः४५ बजे काठमाडौ आइपुग्नेछन् । त्यसैगरी बुधबार श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना, भुटानको काम चलाउ सरकारका प्रमुख छिरिङ वाङचुक र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत काठमाडौं आइपुग्नेछन् । यसै सिरिसेना बुधबार २ः३५ बजे तथा छिरिङ वाङचुक बिहान ८ः०५ र प्रयुत बिहान १०ः १५ बजे काठमाडौ अवतरण हुनेछन् । त्यस्तै भदौ १४ गते बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौं आउने छन् । मोदी बिहीबार बिहान ८ः३० बजे विशेष विमानमार्फत काठमाडौ आइपुग्नेछन् भने हसिना पनि बिहीबारै बिहान ९ः१५ बजे त्रिभुवन अन्तरािष्ट्रय विमानस्थलमा अवतरण हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बिमस्टेकका सदस्य राष्ट्रका वरिष्ठ पदाधिकारीहरुको बैठक मंगलबार काठमाडौँमा शुरु भएको छ । सदस्य देशका परराष्ट्ररबाह्य मामिला र विदेश मन्त्रालयका सचिवहरुको उक्त बैठकमा व्यापार तथा लगानी, यातायात र सञ्चार, प्रविधि, आतङ्कवादको प्रतिरोध र अन्तर्रा्ष्ट्रिय अपराध, कृषि, गरिबी निवारण, जनस्वास्थ्यमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र सचिव शङ्करदास वैरागीले राससलाई जानकारी दिएका छन् । नेपाल बिम्स्टेकको अध्यक्ष मुलुक भएकाले उक्त बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसँगै अध्यक्षता समेत गर्नुभएका सचिव वैरागीले चौथो शिखर सम्मेलनपछि जारी हुने काठमाडौँ घोषणापत्रका मस्यौदामा गहन छलफल हुनेछ । बिमस्टेक सम्मेलनका लागि बुधबार र बिहीबार काठमाडौँ उपत्याकामा जोररविजोर प्रणालीमा सवारी सञ्चालन हुनेछन् भने त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा यात्रुबाहेक अरुलाई प्रवेश निषेध गरिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला