Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पश्चिम नेपालमा बाढि पहिरोका कारण मृत्यु हुनेको सँख्यामा बृद्धि

2018 Sep 13 10:41 PM 30

विज्ञापन

Birat Cancer Hospital
पश्चिम नेपालमा बाढि पहिरोका कारण मृत्यु हुनेको सँख्यामा बृद्धि
पोखरा । नेपालको पश्चिम क्षेत्र पोखरा, पाल्पा लमजुङ लगायत अन्य इलाकामा केही दिन देखि आएको अबिरल बर्षाका कारणले बाढि पहिरोमा परी मृत्यु हुनेको सँख्या बृद्धि हुदै गएको छ । पहिरोमा परेर हराएकी एक बृद्धाको शव समेत फेला परेपछि मृत्यु हुनेको सँख्या बृद्धि भएको हो । मस्र्याङदी गाउँपालिका–३, अर्खलेमा पहिरोमा परी बेपत्ता भएकी ७० वर्षियाा ललितमाया गुुरुङको शव विहान फेला परेको हो । पहिरोमा पुरिएर मस्र्याङ्दी–३ खुदी पल्लोटारीमा दुइृजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ६० बर्षकी अभिरुपा थापा र १० बर्षकी सिराक थापालाई रहेका छन् । यसै गरी पहिरोमा परी मस्र्याङदी–४, श्रीचौरीकी अन्दाजी ४५ वर्षिया विष्णु गुरुङको पनि मृत्यु भएको थियो । दिउसो बाख्रा चराउनेक्रममा पहिरो सँगै आएको ढुंगाले लागेर गम्भीर घाईते भएकी गुरुङको साँझ निधन भएको हो । baddi बाढी र पहिरोमा परी जिल्लामा अझै तिनजना बेपत्ता भएका छन् । लमजुङको दोर्दी जलविद्युत आयोजनामा काम गर्दै गरेका दुई जनालाई मस्र्याङदीले बगाएको हो । बेसीशहर नगरपालिका–१० चितिमा निर्माणाधिन तल्लो दोर्दी जलविद्युत आयोजनाका श्रमिक बलिराम चौधरी र लक्षमण थारुलाई मस्र्याङ्दीको भेलले बगाएको हो । उनिहरु बर्दिया जिल्ला ठाकुरद्धार नगरपालिकाका हुन् । यसै गरी इन्द्रवती नदिमा पौडि खेल्ने क्रममा एकजना बेपत्ता भएका छन् । इन्द्रवती नदिमा पौडी खेल्दा तेमाल गाउपालीका ४ कल्लेरीका ५२ वर्षिय रामबहादुर दमाईलाइ इन्द्रवती खोलाले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । दमाइ मण्डनदेउपुर ७ स्थित बुद्धिमान दनुवारको इट्टाभट्टामा काम गर्दै आएका थिए । इन्द्रवती नदिमा बेपत्ता भएका दमाइको खेजी कार्य भैरहेको जिल्ला प्रहरी प्रमुख रविराज खड््काले बताए । दिनहुं हुने बर्षाका कारण पश्चिम नेपालका अन्य जिल्लाहरुमा समेत मानबीय क्षति सगैं भौतिक क्षति समेत हुन पुगेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?