Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

आज विश्व हात धुने दिवस

2018 Oct 15 1:00 PM 25

विज्ञापन

Birat Cancer Hospital
आज विश्व हात धुने दिवस
विराटनगर । विश्व हात धुने दिवस, विभिन्न कार्यक्रम गरी आज नेपालमा पनि मनाइँदैछ । हात धुने बानीको विकास गर्न र यसको महत्वबारे बुझाउन हरेक वर्ष अक्टोबर १५ तारिखलाई विश्व हात धुने दिवसको रुपमा मनाईंदै आएको छ । संयु्क्त राष्ट्रसंघको आह्वानमा सन् २००८ देखि नेपालले पनि यो दिवस मनाउन थालिएको हो । एक अध्ययनले १३ प्रतिशत नेपालीले मात्र राम्रो सँग हात धुने गरेको देखाएको छ । नेपालमा झाडापखालाबाट ज्यान गुमाउनेमध्ये ८८ प्रतिशतको सरसफाइ र खानेपानीको अभाव तथा ठीकसँग हात नधोएकै कारणले हुने गरेको छ । साबुन पानीले मिची मिची हात धोएमा नवजात शिशुको मृत्युदर उल्लेखनीय रुपमा घटाउन सकिने विशेषज्ञले बताएका छन् । साबुन पानीले हात धोएमा झाडापखाला जस्ता रोगलाई ४० प्रतिशत र श्वासप्रश्वाससम्बन्धी संक्रमणलाई २३ प्रतिशतले घटाउन सकिने स्वास्थ्यकर्मीहरुको भनाई छ । विश्वमा सरसफाईमा ध्यान नपुर्‍याउँदा हरेक वर्ष लाखौं बालबालिकाको मृत्यु हुने गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?