Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

युएईमा रहेका नेपाली घरेलु कामदार स्वदेश फर्किन डराउँदै

2018 Oct 15 4:06 PM 11

विज्ञापन

Biratkhavar
युएईमा रहेका नेपाली घरेलु कामदार स्वदेश फर्किन डराउँदै
अबुधाबी । युनाइटेड अरब इमिरेट्स (युएई)मा रहेका नेपाली घरेलु कामदारले विदामा स्वदेश फर्किन नसक्ने अवस्थामा रहेको गुनासो गरेका छन् । गल्फ न्यूजका अनुसार सयौं नेपाली घरेलु महिला कामदारहरु नेपाल फर्किएपछि कामका लागि फेरि युएई फर्किन नपाउने भएकोले उनीहरुले गुनासो गरेका हुन् । उनीहरु वैध रुपमा नै युएई गएको भएपनि पछिल्लो समय नेपाल सरकारले श्रम सम्झौता नभएका मुलुकमा घरेलु कामदारको रुपमा जानका लागि रोक लगाएको थियो । एक घरेलु कामदार महिलाले भनिन्, ‘‘म दुई वर्षदेखि घर जान पाएको छैन । विदाको बेलामा जान मन छ । तर, सरकारले फर्किन नदिने भएकोले जान पाइएको छैन ।’’ विगत ५ वर्षदेखि भारतीय परिवारको घरमा काम गर्दै आएकी ४५ वर्षिया अर्की एक नेपाली महिलाले भनिन्, ‘‘म परिवारसँग दसैं मनाउनका लागि नेपाल जान चाहन्छु । तर गएपछि काम छोड्नुपर्ने भएकोले अप्ठेरो परेको छ ।” उनले आफूलाई रोजगारदाताले राम्रो व्यवहार गरिरहेकाले अझै काम गर्न इच्छुक रहेको बताइन् । उनीजस्तै समस्यामा सयौंको संख्यामा नेपाली घरेलु कामदारहरु रहेका छन् । नेपालका एक वरिष्ठ कूटनीतिज्ञले बताए अनुसार नेपाल सरकारले अध्यागमनमा रोक लगाउने निर्णय अप्रिल २०१७ मा गरेको हो । यो निर्णय पुरुष र महिला दुवैको हकमा लागु हुन्छ । नेपाली दूतावास अबुधाबीका चार्ज डि अफेयर्स सागरप्रसाद फुयाँलले श्रमिकहरुकै हक हितलाई ध्यान दिँदै समझदारी नभएका मुलुकमा घरेलु कामदार पठाउन रोक लगाइएको बताए । उनले समझादारीका लागि युएईसँग पहल भइरहेको र यो चाँडै पूरा हुने आशा आफूले लिएको बताए । युएईका एक वरिष्ठ अधिकारीले पनि नेपालसँग घरेलु कामदारलाई रोजगारीको बारेमा नेपालसँग समझदारी पत्रमा हस्ताक्षरका लागि पहल भइरहेको र त्यो काम सन् २०१९को सुरुमा हुन सक्ने बताए । युएइका अधिकारीले नेपाली घरेलु कामदारको समश्याका बारेमा आफूहरुले बुझ्ने प्रयास भइरहेको जनाएका छन् ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु