Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

काठमाडौंका सडक सुनसान

2018 Oct 16 11:10 AM 25

विज्ञापन

Birat Cancer Hospital
काठमाडौंका सडक सुनसान

बिराटनगर । मंगलबारसम्म काठमाडौं उपत्यकाबाट दसैं मनाउन २४ लाख यात्रु बाहिरिएका छन् । काठमाडौंका ५ वटा नाकाबाट देशका पूर्वी, मध्ये र पश्चिमी क्षेत्रमा जाने यात्रु दैनिक ठूलो संख्यामा बाहिरिँदै आएका छन् ।

महानगरिय ट्राफिक महाशाखाका एसएसपी वसन्तकुमार पन्तले भने, ‘‘झण्डै २४ लाख बाहिरिएका छन् । दशैंसम्ममा २५ लाखले उपत्यका छोड््ने हाम्रो अनुमान छ ।’’ एसएसपी पन्तले उपत्यकाका सडकहरु सुनसान हुन थालेको बताए । पन्तका अनुसार सवारी साधन चलाउँदा मापसे गर्नेहरु पनि न्यून मात्रामा छन् । उनका अनुसार पछिल्लो ४ दिनमा १ सय निजी सवारी साधन प्रयोगकर्ता र ३३ जना सार्वजनिक यातायतका चालक कारवाहीमा परेका छन् । पन्तले भने,‘‘यो विगतको तुलनामा निकै कम हो । अहिले सबैमा मापसे गरेर सवारी गुडाउनु हुँदैन भन्ने सोचको विकास भएको देखिन्छ ।’’

दसैंको सयमया ट्राफिक जामको अत्याधिक समस्या हुने कलंकी–नागढुङ्गा–नौविसे खण्डमा ट्राफिक जाम हुन नदिन १२ चक्केभन्दा ठूला मालवाहक गाडी सञ्चालनमा रोक लगाइएको छ । कलंकी–नागढुङ्गा–नौविसे खण्डमा ट्राफिक जाम नभएपनि पूर्वी नाकामा भने जाम हुने गरेको छ । कोटेश्वरदेखि बनेपासम्म बिहानको समयमा अत्याधिक जाम हुने गरेको हो ।

उपत्यकाको ट्राफिक जाम र विभिन्न कारण पूर्वनिर्धारित समयमा बसपार्क आइनपुगी छुटेका यात्रुलाई ट्राफिक प्रहरीको सहयोगमा कलंकी, नागढुङ्गा आदि स्थानबाट बसमा चढाइँदै आएको पनि एसएसपी पन्तले बताए ।

पन्तले भने, ‘‘समयकै बसपार्क नआएर गाडी छुटाउने दैनिक ८ देखि १० जना यात्रु ट्राफिक प्रहरीकहाँ आइपुग्ने गरेका छन् । यस्ता यात्रुलााई हामीले विभिन्न स्थानबाट गाडी चढाउने गरेका छौं ।’’ गत वर्ष दसैं मनाउन उपत्यकाबाट २५ लाख यात्रु बाहिरीएका थिए भने यसवर्ष पनि २५ लाखकै हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने महाशाखाको अनुमान छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?