Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मेस्सी तीन साता मैदान बाहिर

2018 Oct 21 12:55 PM 27

विज्ञापन

Birat Cancer Hospital
मेस्सी तीन साता मैदान बाहिर
बिराटनगर । लिगको नवौं हप्ताको खेलमा जित निकाल्दै साबिक विजेता बार्सिलोना लिगको शीर्ष स्थानमा फर्किएको छ । आइतबार बिहान आफ्नो घरमा भएको खेलमा उसले सेभिल्लामाथि ४–२ को जित निकाल्यो । यससँगै पछिल्ला ४ खेलमा जितविहीन बनेको बार्सिलोना जितको बाटोमा पनि फर्किन सफल भएको छ । आफ्नो घरमा भएको खेलमा बार्सिलोनाका लागि खेल सुरु भएको दोस्रो मिनेटमै कोउटिन्होले गोल गरेर अग्रता दिलाएका थिए । लगत्तै १२औं मिनेटमा कप्तान लिओनल मेस्सीले गोल गरे । त्यसपछि खेलको ६३औं मिनेटमा पेनाल्टीबाट लुइस स्वारेजले गोल गरेपछि बार्सिलोना ३–० ले अगाडि रह्यो । ८८औं मिनेटमा इभान राकिकिटले चौथो गोल गरे । त्यसअघि ७९औं मिनेटमा बार्सिलोनाका क्लेमेट लेङलेटले आत्मघाती गोल गरेपछि सेभिल्लाले १ गोल उपहार पाएको थियो । त्यसैगरी, ९१औं मिनेटमा लुइस मुरेलले सेभिल्लाका लागि दोस्रो गोल गरे पनि अन्ततः खेलमा बार्सिलोनाले ४–२ को जित निकाल्यो । यो जितपछि बार्सिलोना ९ खेलबाट १८ अंक बनाएर शीर्ष स्थानमा चढेको छ । हारेको सेभिल्ला समान समान ९ खेलबाट १६ अंक बनाएर तेस्रो स्थानमा रहँदा समान ९ खेलबाट अलाभेस १७ अंकसहित दोस्रो स्थानमा बसेको छ । मेस्सीको चोटबारे पूरा विवरण आउन बाँकी छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?